Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #लोचाखोला
  • #रावाबेँसी
  • #हौँचुर
  • #नेत्रज्योति दिवस
  • #सीता वादी
  • #सोविता गौतम
  • #गीता_चौधरी
Search Here
प्रवास
  • Home
  • प्रवास
  • जीवन धान्न गिट्टीको सहारा
जीवन धान्न गिट्टीको सहारा
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, माघ १५, २०७६
HemantKC_Jajarkot_RSS_IMG_1471(1)
Hardik health
जाजरकोट– माघको चिसो, सडकको छेउमा एकाबिहानै रुकुमपश्चिम आठबिसकोट नगरपालिका–१४ छेपारेस्थित ६५ वर्षीय पुतली परियार गिट्टी कुट्दै भेटिन्छिन् । उमेर जति बुढो भए पनि उनका कर्मशील हात भने गिट्टीमा कुदिरहेका छन् । गिट्टी कुटेर दैनिक छ हजारभन्दा बढी कमाउने गरेको उनको भनाइ छ । छोराछोरीले पालनपोषण गर्ने उमेरमा उनलाई गिट्टी कुट्न रहर नभई बाध्यता रहेको छ । दर्जन बढी परिवारको संख्या भएकी पुतली अहिले बाँच्नका लागि गिट्टीको सहारा लिन बाध्य भएको बताईन् । उनले भनिन्, ‘रेडियोबाट यो बाटो कालोपत्र गर्ने समाचार सुनेपछि म यहाँ गिट्टी कुट्न आएकी हुँ, नाति, नतिनालाई कापीकलम र मलाई घर खर्च टार्न केही पैसा आउला भन्ने आशा छ ।’ ‘छोराहरू कमाइ गर्न भारत गएका छन्, छोरी सबैको विवाह भइसकेको छ’ उनले भने, ‘अहिले मर्ने बेला पनि ढुङ्गा कुटेर जीवन पाल्ने पेशा नछुट्ने भो । हात नचलाए खान पाइँदैन ।’ उनीजस्तै आठविसकोट नगरपालिका–११ रिठास्थित छ बच्चाकी आमा २७ वर्षीय कमला सिर्पाइली दुई बच्चा च्यापेर गिट्टी कुट्दै हुनछिन् । १५ वर्षकै उमेरमा उनको विवाह भयो । छोराको आस गर्दागर्दै पाँच छोरी जन्म हुँदा अन्तिममा छोरा जन्मिएको छ । कमलाले भनिन्, ‘श्रीमान् भारतमा कमाइ गर्न गएको दुई महिना भयो, म दुई छोराछोरी च्यापेर गिट्टी कुट्दैछु । दिनभरि कुटेको गिट्टीबाट मुस्किलले छ हजार हुन्छ ।’ दैनिक गिट्टी कुटेको रकमबाट छोराछोरीको लालनपालनदेखि घरायसी खर्च जुटाउन सजिलो भएको उनको भनाइ छ । त्रिभुवन मावि नलगाड–७ दल्लीमा कक्षा ४ मा पढ्ने आशिष पुन विद्यालय जाने समयसम्म गिट्टी कुट्ने गरेका छन् । बिहान ६ बजे रिठास्थित सडकमा हातमा हथौडा लिएर गिट्टीसँग पौठेजोडी खोज्ने आशिष यही कमाइबाट पढाइ खर्च जुटाउँछन् । बिहान चार घण्टा गिट्टी कुटेर विद्यालय जाने पुनलाई दैनिक गृहकार्य गर्ने समय नभएर समस्या पर्ने गर्दछ । उनी भन्छन्, ‘दैनिक गिट्टी कुट्दा गृहकार्य गर्ने समय नै हुँदैन, सरले किन गृहकार्य नगरेको भन्दै साथीको अगाडि उभ्याउनुहुन्छ, मेरो समस्या भने अर्कै छ ।’ यी त प्रतिनिधिमूलक घटना मात्र हुन् । जाजरकोट–डोल्पा सडकखण्डभित्र अहिले जीवन धान्नकै लागि गिट्टी कुट्ने मानिसको ठूलो भीड लाग्ने गरेको छ । दुधेबच्चा बोकेर सडकमा गिट्टी कुट्दै दैनिकी चलाउनेदेखि ६० वर्ष उमेर पार गरेका ज्येष्ठ नागरिकको जीवन धान्ने गतिलो माध्यम यही गिट्टी बनेको छ । रोजगारीका कुनै वैकल्पिक माध्यम नभएको भित्री पहाडीमा यहाँका अधिकांश स्थानीयवासी भारत जाने गर्दछन् । भारत जानबाट रोकिएका अधिकांश मानिस सडकमा गिट्टी कुटेर दैनिक जीवनरूपी रथलाई गति दिन बाध्य छन् । पुसको चिसो सिरेटो र पातलो एकसरो कपडाको सहारामा हातमा हथौडा लिएर गिट्टी कुट्दै जीवन खोज्नेहरू आजभोलि सडकमै भेटिने गरेका छन् । जाजरकोट–डोल्पा सडकखण्डअन्तर्गत पासागाड–चिसापानीसम्म पक्की गर्ने काम शुरु भएसँगै यहाँका अधिकांश गरीब परिवारका स्थानीयवासी सडकमा गिट्टीको सहारा लिन थालेका हुन् । छोराछोरीको पढाइदेखि वृद्धावस्थाको सहारा गर्नका लागि आर्थिक जोहो सडकमै हुने गरेको छ । खेतबारीमा उत्पादन हुने अन्नले छ महिना खाना नपुग्ने यहाँका स्थानीयवासी कोही भारत गएर कमाइ गर्छन् भने कोही यसरी सडकमा काम गरिरहेका छन् । गाउँगाउँमा विकास निर्माणका काममा समेत अधिकांश महिला नै सहभागी हुने गरेको नलगाड नगरपालिकाका नगरप्रमुख टेकबहादुर रावलले बताए । युवाहरू विदेशी भूमिमा छन्, गाउँमा वृद्ध तथा कम ऊर्जाशील सर्वसाधारण बढी भएका कारण विकास निर्माणका काम गर्न समस्या भएको यहाँका स्थानीय सरकारले बताएका छन् । रासस
प्रकाशित मिति: बुधबार, माघ १५, २०७६  १०:११
प्रतिक्रिया दिनुहोस्
थप प्रवास
थाइल्याण्डमा एएनओको समिति गठन
थाइल्याण्डमा एएनओको समिति गठन सोमबार, चैत १६, २०८२
एनआरएनए फ्रान्सको विवाद मिल्यो, अध्यक्ष डा. शर्मा पेरिसमा
एनआरएनए फ्रान्सको विवाद मिल्यो, अध्यक्ष डा. शर्मा पेरिसमा सोमबार, चैत ९, २०८२
नेपालको समृद्धिमा योगदान गर्न गैरआवासीय नेपालीलाई परराष्ट्रमन्त्री शर्माको आह्वान
नेपालको समृद्धिमा योगदान गर्न गैरआवासीय नेपालीलाई परराष्ट्रमन्त्री शर्माको आह्वान मंगलबार, चैत ३, २०८२
एनआरएनए नागरिकता कार्यान्वयन हुनेगरी कानुन संशोधन गर्न माग
एनआरएनए नागरिकता कार्यान्वयन हुनेगरी कानुन संशोधन गर्न माग आइतबार, चैत १, २०८२
एनआरएनएकाे उम्मेदवारहरूको पहिलो नामावली सार्वजनिक
एनआरएनएकाे उम्मेदवारहरूको पहिलो नामावली सार्वजनिक बिहीबार, फागुन २८, २०८२
एनआरएनएकाे १२ औं बृहत एकताको अन्तर्राष्ट्रिय महाधिवेशन हुँदै
एनआरएनएकाे १२ औं बृहत एकताको अन्तर्राष्ट्रिय महाधिवेशन हुँदै मंगलबार, फागुन १२, २०८२
एनआरएनए अध्यक्षका उम्मेदवार रोविन शेरचन विश्व दौडाहामा
एनआरएनए अध्यक्षका उम्मेदवार रोविन शेरचन विश्व दौडाहामा बिहीबार, फागुन ७, २०८२
लोकप्रिय
  • Week
  • Month
विश्व क्षयरोग दिवस: नेपालको अवस्था 
विश्व क्षयरोग दिवस: नेपालको अवस्था 
स्ट्रेट अफ होरमुजमा इरानको नियन्त्रण, विश्व बजारमा तेल संकट
स्ट्रेट अफ होरमुजमा इरानको नियन्त्रण, विश्व बजारमा तेल संकट
विभागमा पुनः श्रम स्वीकृति लिनेको चाप, नयाँ न्यून 
विभागमा पुनः श्रम स्वीकृति लिनेको चाप, नयाँ न्यून 
रास्वपाको वाचा पूरा गर्ने जिम्मेवारीमा श्रममन्त्री साह, यी हुन् चुनौती
रास्वपाको वाचा पूरा गर्ने जिम्मेवारीमा श्रममन्त्री साह, यी हुन् चुनौती
नवनियुक्त प्रधानमन्त्री साहबाट शपथ ग्रहण सम्पन्न
नवनियुक्त प्रधानमन्त्री साहबाट शपथ ग्रहण सम्पन्न
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP