Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #लोचाखोला
  • #रावाबेँसी
  • #हौँचुर
  • #नेत्रज्योति दिवस
  • #सीता वादी
  • #सोविता गौतम
  • #गीता_चौधरी
Search Here
प्रवास
  • Home
  • प्रवास
  • लोकतन्त्रका लागि अनुकूल वातावरण छैनः वरिष्ठ नेता पौडेल
लोकतन्त्रका लागि अनुकूल वातावरण छैनः वरिष्ठ नेता पौडेल
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, माघ १५, २०७६
Hardik health
काठमाडौं–नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अझै पनि लोकतन्त्रका लागि अनुकूल वातावरण नभएकाले सतर्क रहन आग्रह गरेका छन् । नेपाल प्रेस युनियनले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा उनले यस्तो आग्रह गरेका हुन् । उनले भने, ‘लोकतान्त्रिक शक्तिहरू सतर्क र जागरुक हुनु जरुरी छ, अझै पनि लोकतन्त्रका लागि अनुकूल वातावरण छैन् ।’ उनले जनता र प्रेस सचेत भए मात्र लोकतन्त्र बचाउन मद्दत मिल्ने विश्वास व्यक्त गरे । उनले नेपालको संविधान निर्माण गर्दा पनि ठूलो विरोधाभास भएको र त्यसको लागी छ वर्षसम्म लड्नु परेको जानकारी गराए । उनले कम्युनिष्ट पार्टी आफ्नो दर्शन जनतामा लाद्न खोज्ने र त्यहीअनुरूप संविधान दिन चाहने भएकोले पनि लोकतन्त्रमा सुरक्षित नभएको बताए । उनले आफु र आफ्नो पार्टी भने लोकतन्त्रका लागि ठूलो संघर्ष गरेकोले र त्यसअनुसार संविधान बनाउनुपर्ने अवस्था भएको बताए । उनले आफूले लोकतन्त्रको मान्यतालाई बचाउन प्रत्येक धारामा बहस गरेर लड्नु परेको बताए । संविधानसभाको बनावटअनुसार लोकतान्त्रिक संविधान आउने अवस्था नभएको परिस्थितिमा कांग्रेसको ठूलो प्रयासले नेपालको संविधानमा लोकतान्त्रिक मूल्यमान्यता उल्लेख गर्न सफल भएको उनको भनाइ थियो । उनले कांग्रेस पार्टीलाई पद्दतिमा अघि बढाउन र आवधिक आन्तरिक निर्वाचनका लागि पनि लडाइँ गर्नुपरेको बताउँदै पार्टीमा भागबन्डा नभई शक्ति बाँडफाँट गरिएको जानकारी गराए । राष्ट्रियसभामा कांग्रेसका नेता सुरेन्द्र पाण्डेले नागरिक अधिकार सङ्कुचन गर्ने कुनै पनि विधेयक आफूहरूलाई मान्य नहुने बताएका छन् । उनले यसबारेमा प्रेस जगतले पनि समयमै खबरदारी गर्नुपर्ने सुझाव दिएका थिए । नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष डा. सुरेश आचार्यले ‘लोकतन्त्रका लागि प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको अपरिहार्यता’ विषयक कार्यपत्र प्रस्तुत गर्दै प्रतिबन्धात्मक वाक्यले संविधानका मौलिक हकलाई सङ्कुचन गर्नेसक्ने खतरा रहेको बताए । कार्यक्रममा नेपाल बार एसोसिएसनका पूर्वमहासचिव सुनिल पोखरेल, नेपाल ट्रेड युनियन कांग्रेसका अध्यक्ष पुष्कर आचार्य, फ्रिड्रिक इबर्ट स्टिङ्खटुङका कार्यक्रम निर्देशक डा. चन्द्रदेव भट्ट, युनियनका संस्थापक तथा संविधानसभा सदस्य डा. शोभाकर पराजुली, युनियनका अध्यक्ष बद्री सिग्देल, नेपाल पत्रकार महासंघका महासचिव रमेश विष्ट, युनियनका वरिष्ठ उपाध्यक्ष दीपक आचार्य, उपाध्यक्ष रमेश पौडेललगायतले संविधानको भावना र मर्मविपरीत अघि बढाइएका कुनै पनि विधेयक आफूहरूलाई मान्य नहुने बताएका थिए ।
प्रकाशित मिति: बुधबार, माघ १५, २०७६  ०९:५९
प्रतिक्रिया दिनुहोस्
थप प्रवास
थाइल्याण्डमा एएनओको समिति गठन
थाइल्याण्डमा एएनओको समिति गठन सोमबार, चैत १६, २०८२
एनआरएनए फ्रान्सको विवाद मिल्यो, अध्यक्ष डा. शर्मा पेरिसमा
एनआरएनए फ्रान्सको विवाद मिल्यो, अध्यक्ष डा. शर्मा पेरिसमा सोमबार, चैत ९, २०८२
नेपालको समृद्धिमा योगदान गर्न गैरआवासीय नेपालीलाई परराष्ट्रमन्त्री शर्माको आह्वान
नेपालको समृद्धिमा योगदान गर्न गैरआवासीय नेपालीलाई परराष्ट्रमन्त्री शर्माको आह्वान मंगलबार, चैत ३, २०८२
एनआरएनए नागरिकता कार्यान्वयन हुनेगरी कानुन संशोधन गर्न माग
एनआरएनए नागरिकता कार्यान्वयन हुनेगरी कानुन संशोधन गर्न माग आइतबार, चैत १, २०८२
एनआरएनएकाे उम्मेदवारहरूको पहिलो नामावली सार्वजनिक
एनआरएनएकाे उम्मेदवारहरूको पहिलो नामावली सार्वजनिक बिहीबार, फागुन २८, २०८२
एनआरएनएकाे १२ औं बृहत एकताको अन्तर्राष्ट्रिय महाधिवेशन हुँदै
एनआरएनएकाे १२ औं बृहत एकताको अन्तर्राष्ट्रिय महाधिवेशन हुँदै मंगलबार, फागुन १२, २०८२
एनआरएनए अध्यक्षका उम्मेदवार रोविन शेरचन विश्व दौडाहामा
एनआरएनए अध्यक्षका उम्मेदवार रोविन शेरचन विश्व दौडाहामा बिहीबार, फागुन ७, २०८२
लोकप्रिय
  • Week
  • Month
विश्व क्षयरोग दिवस: नेपालको अवस्था 
विश्व क्षयरोग दिवस: नेपालको अवस्था 
स्ट्रेट अफ होरमुजमा इरानको नियन्त्रण, विश्व बजारमा तेल संकट
स्ट्रेट अफ होरमुजमा इरानको नियन्त्रण, विश्व बजारमा तेल संकट
विभागमा पुनः श्रम स्वीकृति लिनेको चाप, नयाँ न्यून 
विभागमा पुनः श्रम स्वीकृति लिनेको चाप, नयाँ न्यून 
रास्वपाको वाचा पूरा गर्ने जिम्मेवारीमा श्रममन्त्री साह, यी हुन् चुनौती
रास्वपाको वाचा पूरा गर्ने जिम्मेवारीमा श्रममन्त्री साह, यी हुन् चुनौती
नवनियुक्त प्रधानमन्त्री साहबाट शपथ ग्रहण सम्पन्न
नवनियुक्त प्रधानमन्त्री साहबाट शपथ ग्रहण सम्पन्न
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP