Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मलेसियान_सिण्डिकेट
  • #The Fun२sss Show
  • #कमेडी शो
  • #एनसेल
  • #नेपाल स्टक एक्सचेञ्‍ज
  • #अन्तरराष्ट्रिय_दिवस
  • #मेटलाइफ
  • #फ्रेन्च_फ्राइज
  • #नेपाली_फ्रोजन_फ्रेन्च_फ्राइज
Search Here
प्रवास
  • Home
  • प्रवास
  • पूर्वमेयर लामामाथि १० लाख ठगीको आरोप
पूर्वमेयर लामामाथि १० लाख ठगीको आरोप
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, माघ १५, २०७६
dhanamaya tamang
Hardik health
काठमाडौं–आफूलाई बेलायत पठाइदिने प्रलोभन देखाएर बिदुर नगरपालिकाका पूर्व मेयर तथा राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्वकेन्द्रीय सदस्य कमानसिंह लामाले ठगी गरेको भन्दै नुवाकोटकी धनमाया तामाङले कारबाहीको माग गरेकी छिन् । मंगलबार पत्रकार सम्मेलन गर्दै तामाङले ठगीको रकम फिर्ता दिलाइदिन र दोषीलाई कारबाहीको माग गरेकी हुन् । ‘मलाई बेलायत लैजान्छु भन्दै कमानसिंह लामाले नौ लाख ५२ हजार रूपैयाँ ठगी गरे,’ धनमायाले भनिन्, ‘मैंले न्याय पाउनुपर्छ र दोषीमाथि कारबाही हुनुपर्छ ।’ आफ्नो आर्थिक अवस्था कमजोर भएपनि विदेश गएर अवस्था सुधार्न सकिन्छ कि भनेर आफन्तसँग सरसापटक गरेर रकम जोहो गरेर लामालाई दिएको र ठगीमा परेर समस्यामा परेको बताइन् । आफूलाई दुई पटक गरी एक लाख मात्र फिर्ता गरेको भन्दै बाँकी रकम जतिसक्दो छिटो फिर्ता दिलाइदिन जिम्मेवार निकायसँग सहयोगको आग्रह समेत गरिन् । रकम फिर्ता गरिसकेको भन्ने नक्कली प्रमाण देखाएर हिँडेको भन्दै कमानसिंह लामालाई किर्ते हस्ताक्षर समेत गरेको बताइन् । लिएको रकम फिर्ता गर्न लामाले चेक दिएको तर चेक साट्न जाँदा बैंकमा रकम नभएर बाउन्स भएको बताइन् । आफूसँग रकम लिएर विदेश पठाउन नसकेको र रकम फिर्ता माग्दा अनेकन बहाना झिकेको उनको भनाई थियो । पटक पटक टेलिफोन सम्पर्क गरी रकम फिर्ता गर्न भन्दा मोबाइल समेत ब्लक गरिदिएको र भेट्न समेत नदिएको गुनासो गरिन् । पत्रकार सम्मेलनमा पूर्व मेयर कमानसिंह लामाविरुद्ध कडा रूपमा प्रस्तुत भएकी उनले चर्को आलोचना गरिन् । निकै खोजीपछि मात्र बल्ल भेट्न पाएको र पैसा फिर्ता दिन १५ दिनको म्याद राखेपछि चेक दिएको तर चेकमा रकम नभएको उनको भनाई थियो । तामाङले चेक बाउन्स भएको पीडा सुनाइन् । आफूलाई पटक पटक झुक्याएपछि ७ मंसिरमा मुद्दा दर्ता गरेको जानकारी गराइन् । आफू जस्तो कमजोर आर्थिक अवस्थाका मानिसबाट रकम ठगी गरेर कमानसिंह लामाले अपराध गरेको आरोप लगाइन् । आफूमाथि ठगी गरेको सबै तथ्य प्रमाणहरू सुरक्षित रहेको उनको भनाई थियो । कमानसिंह लामालाई आफ्नो अगाडि ठगी गरेको होइन भनी प्रमाणित गर्न चुनौती समेत दिइन् । तामाङले छिटो भन्दा छिटो आफूले न्याय पाउनु पर्छ भन्दै सरकार र सरोकारवालासित सहयोगको अपिल गरेकी छिन् । आफूले दुईपटक गरी एक लाख रूपैयाँ मात्र बुझेको स्वीकार्दै बाँकी रकम नपाएको प्रमाण समेत प्रस्तुत गरिन् । कार्यक्रममा किरण सिंहले धनमाया तामाङले छिटो भन्दा छिटो न्याय पाउनु पर्नेमा जोड दिए । यस्तै किसिमको ठगीमा विभिन्न मानिसहरू चपेटामा परेको भन्दै न्याय दिलाउन जिम्मेवारी निकायसँग आग्रह गरे । धनमायाको कीर्ते हस्ताक्षर लिएर चार लाख ५२ हजार तिरिसकेको लामाले बताउँदै हिंडेको भन्दै धनमायाले केवल ५०–५० हजार गरी दुई पटक मात्र रकम दिएको प्रमाण रहेको जानकारी समेत दिए । कीर्ते हस्ताक्षर गर्ने कार्यमा विदुर नगरपालिका तरुण दल इकाई सदस्य आशिष थापा संलग्न रहेको उनको भनाई थियो । आफूमाथि ज्यान मार्ने धम्की दिएको आरोप आएको भन्दै त्यसलाई प्रमाणित गर्न चुनौती दिए ।
प्रकाशित मिति: बुधबार, माघ १५, २०७६  ०९:५१
प्रतिक्रिया दिनुहोस्
थप प्रवास
एनआरएनएको एकताकाे रोडम्याप प्रस्ताव पारित
एनआरएनएको एकताकाे रोडम्याप प्रस्ताव पारित सोमबार, कात्तिक १७, २०८२
आदिवासी जनजाति महासंघ क्यालिफोर्नियाको अध्यक्षमा दोङ 
आदिवासी जनजाति महासंघ क्यालिफोर्नियाको अध्यक्षमा दोङ  मंगलबार, कात्तिक ११, २०८२
उपत्यका ट्राफिक प्रहरी ‘कन्ट्रोल रुम’ पुनः निर्माण सम्पन्न
उपत्यका ट्राफिक प्रहरी ‘कन्ट्रोल रुम’ पुनः निर्माण सम्पन्न मंगलबार, कात्तिक ११, २०८२
आयुसिएनको क्षेत्रीय परिषद् सदस्यमा अधिकारी निर्वाचित
आयुसिएनको क्षेत्रीय परिषद् सदस्यमा अधिकारी निर्वाचित बिहीबार, असोज ३०, २०८२
बाढी–पहिरो प्रभावित इलाममा  एनआरएनएकाे राहत
बाढी–पहिरो प्रभावित इलाममा एनआरएनएकाे राहत आइतबार, असोज २६, २०८२
गैरआवासीय नेपाली संघले मनायो २२ औं स्थापना दिवस
गैरआवासीय नेपाली संघले मनायो २२ औं स्थापना दिवस आइतबार, असोज २६, २०८२
एनआरएनएको टोलीको जनाए प्रधानमन्त्री तथा वरिष्ठ मन्त्रहरूसँग पुनर्निर्माणमा सघाउने प्रतिबद्धता
एनआरएनएको टोलीको जनाए प्रधानमन्त्री तथा वरिष्ठ मन्त्रहरूसँग पुनर्निर्माणमा सघाउने प्रतिबद्धता शुक्रबार, असोज १०, २०८२
लोकप्रिय
  • Week
  • Month
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
जेन–जी आन्दोलनः सुधार र पुनर्जागरणको संकेत
जेन–जी आन्दोलनः सुधार र पुनर्जागरणको संकेत
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध  ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
सिण्डिकेडविरुद्ध संघको खबरदारी
सिण्डिकेडविरुद्ध संघको खबरदारी
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP