Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #लोचाखोला
  • #रावाबेँसी
  • #हौँचुर
  • #नेत्रज्योति दिवस
  • #सीता वादी
  • #सोविता गौतम
  • #गीता_चौधरी
Search Here
प्रवास
  • Home
  • प्रवास
  • पूर्वमेयर लामामाथि १० लाख ठगीको आरोप
पूर्वमेयर लामामाथि १० लाख ठगीको आरोप
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, माघ १५, २०७६
dhanamaya tamang
Hardik health
काठमाडौं–आफूलाई बेलायत पठाइदिने प्रलोभन देखाएर बिदुर नगरपालिकाका पूर्व मेयर तथा राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्वकेन्द्रीय सदस्य कमानसिंह लामाले ठगी गरेको भन्दै नुवाकोटकी धनमाया तामाङले कारबाहीको माग गरेकी छिन् । मंगलबार पत्रकार सम्मेलन गर्दै तामाङले ठगीको रकम फिर्ता दिलाइदिन र दोषीलाई कारबाहीको माग गरेकी हुन् । ‘मलाई बेलायत लैजान्छु भन्दै कमानसिंह लामाले नौ लाख ५२ हजार रूपैयाँ ठगी गरे,’ धनमायाले भनिन्, ‘मैंले न्याय पाउनुपर्छ र दोषीमाथि कारबाही हुनुपर्छ ।’ आफ्नो आर्थिक अवस्था कमजोर भएपनि विदेश गएर अवस्था सुधार्न सकिन्छ कि भनेर आफन्तसँग सरसापटक गरेर रकम जोहो गरेर लामालाई दिएको र ठगीमा परेर समस्यामा परेको बताइन् । आफूलाई दुई पटक गरी एक लाख मात्र फिर्ता गरेको भन्दै बाँकी रकम जतिसक्दो छिटो फिर्ता दिलाइदिन जिम्मेवार निकायसँग सहयोगको आग्रह समेत गरिन् । रकम फिर्ता गरिसकेको भन्ने नक्कली प्रमाण देखाएर हिँडेको भन्दै कमानसिंह लामालाई किर्ते हस्ताक्षर समेत गरेको बताइन् । लिएको रकम फिर्ता गर्न लामाले चेक दिएको तर चेक साट्न जाँदा बैंकमा रकम नभएर बाउन्स भएको बताइन् । आफूसँग रकम लिएर विदेश पठाउन नसकेको र रकम फिर्ता माग्दा अनेकन बहाना झिकेको उनको भनाई थियो । पटक पटक टेलिफोन सम्पर्क गरी रकम फिर्ता गर्न भन्दा मोबाइल समेत ब्लक गरिदिएको र भेट्न समेत नदिएको गुनासो गरिन् । पत्रकार सम्मेलनमा पूर्व मेयर कमानसिंह लामाविरुद्ध कडा रूपमा प्रस्तुत भएकी उनले चर्को आलोचना गरिन् । निकै खोजीपछि मात्र बल्ल भेट्न पाएको र पैसा फिर्ता दिन १५ दिनको म्याद राखेपछि चेक दिएको तर चेकमा रकम नभएको उनको भनाई थियो । तामाङले चेक बाउन्स भएको पीडा सुनाइन् । आफूलाई पटक पटक झुक्याएपछि ७ मंसिरमा मुद्दा दर्ता गरेको जानकारी गराइन् । आफू जस्तो कमजोर आर्थिक अवस्थाका मानिसबाट रकम ठगी गरेर कमानसिंह लामाले अपराध गरेको आरोप लगाइन् । आफूमाथि ठगी गरेको सबै तथ्य प्रमाणहरू सुरक्षित रहेको उनको भनाई थियो । कमानसिंह लामालाई आफ्नो अगाडि ठगी गरेको होइन भनी प्रमाणित गर्न चुनौती समेत दिइन् । तामाङले छिटो भन्दा छिटो आफूले न्याय पाउनु पर्छ भन्दै सरकार र सरोकारवालासित सहयोगको अपिल गरेकी छिन् । आफूले दुईपटक गरी एक लाख रूपैयाँ मात्र बुझेको स्वीकार्दै बाँकी रकम नपाएको प्रमाण समेत प्रस्तुत गरिन् । कार्यक्रममा किरण सिंहले धनमाया तामाङले छिटो भन्दा छिटो न्याय पाउनु पर्नेमा जोड दिए । यस्तै किसिमको ठगीमा विभिन्न मानिसहरू चपेटामा परेको भन्दै न्याय दिलाउन जिम्मेवारी निकायसँग आग्रह गरे । धनमायाको कीर्ते हस्ताक्षर लिएर चार लाख ५२ हजार तिरिसकेको लामाले बताउँदै हिंडेको भन्दै धनमायाले केवल ५०–५० हजार गरी दुई पटक मात्र रकम दिएको प्रमाण रहेको जानकारी समेत दिए । कीर्ते हस्ताक्षर गर्ने कार्यमा विदुर नगरपालिका तरुण दल इकाई सदस्य आशिष थापा संलग्न रहेको उनको भनाई थियो । आफूमाथि ज्यान मार्ने धम्की दिएको आरोप आएको भन्दै त्यसलाई प्रमाणित गर्न चुनौती दिए ।
प्रकाशित मिति: बुधबार, माघ १५, २०७६  ०९:५१
प्रतिक्रिया दिनुहोस्
थप प्रवास
थाइल्याण्डमा एएनओको समिति गठन
थाइल्याण्डमा एएनओको समिति गठन सोमबार, चैत १६, २०८२
एनआरएनए फ्रान्सको विवाद मिल्यो, अध्यक्ष डा. शर्मा पेरिसमा
एनआरएनए फ्रान्सको विवाद मिल्यो, अध्यक्ष डा. शर्मा पेरिसमा सोमबार, चैत ९, २०८२
नेपालको समृद्धिमा योगदान गर्न गैरआवासीय नेपालीलाई परराष्ट्रमन्त्री शर्माको आह्वान
नेपालको समृद्धिमा योगदान गर्न गैरआवासीय नेपालीलाई परराष्ट्रमन्त्री शर्माको आह्वान मंगलबार, चैत ३, २०८२
एनआरएनए नागरिकता कार्यान्वयन हुनेगरी कानुन संशोधन गर्न माग
एनआरएनए नागरिकता कार्यान्वयन हुनेगरी कानुन संशोधन गर्न माग आइतबार, चैत १, २०८२
एनआरएनएकाे उम्मेदवारहरूको पहिलो नामावली सार्वजनिक
एनआरएनएकाे उम्मेदवारहरूको पहिलो नामावली सार्वजनिक बिहीबार, फागुन २८, २०८२
एनआरएनएकाे १२ औं बृहत एकताको अन्तर्राष्ट्रिय महाधिवेशन हुँदै
एनआरएनएकाे १२ औं बृहत एकताको अन्तर्राष्ट्रिय महाधिवेशन हुँदै मंगलबार, फागुन १२, २०८२
एनआरएनए अध्यक्षका उम्मेदवार रोविन शेरचन विश्व दौडाहामा
एनआरएनए अध्यक्षका उम्मेदवार रोविन शेरचन विश्व दौडाहामा बिहीबार, फागुन ७, २०८२
लोकप्रिय
  • Week
  • Month
विश्व क्षयरोग दिवस: नेपालको अवस्था 
विश्व क्षयरोग दिवस: नेपालको अवस्था 
स्ट्रेट अफ होरमुजमा इरानको नियन्त्रण, विश्व बजारमा तेल संकट
स्ट्रेट अफ होरमुजमा इरानको नियन्त्रण, विश्व बजारमा तेल संकट
विभागमा पुनः श्रम स्वीकृति लिनेको चाप, नयाँ न्यून 
विभागमा पुनः श्रम स्वीकृति लिनेको चाप, नयाँ न्यून 
रास्वपाको वाचा पूरा गर्ने जिम्मेवारीमा श्रममन्त्री साह, यी हुन् चुनौती
रास्वपाको वाचा पूरा गर्ने जिम्मेवारीमा श्रममन्त्री साह, यी हुन् चुनौती
नवनियुक्त प्रधानमन्त्री साहबाट शपथ ग्रहण सम्पन्न
नवनियुक्त प्रधानमन्त्री साहबाट शपथ ग्रहण सम्पन्न
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP