Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #रवि लामिछाने
  • #राहदानी
  • #एनएफपिजे
  • #निर्वाचन_आयोग
  • #फाउल_पोक्स
  • #महिला टी-२० विश्वकप ग्लोबल छनोट
  • #महिला टी-२०
  • #रामप्रसादराई
  • #रास्वपा
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • कन्सल्टेन्सीद्वारा वैदेशिक रोजगारका नाममा ठगी
कन्सल्टेन्सीद्वारा वैदेशिक रोजगारका नाममा ठगी
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, माघ १५, २०७६
Hardik health
काठमाडौं– वैदेशिक रोजगारीका लागि माल्टा पठाइदिने भनी ब्लुबर्ड कन्सल्टेन्सीले ७५ जनाभन्दा बढी युवालाई ठगेको छ । भरतपुर महानगरपालिकामा रहेको ब्लुबर्ड कन्सल्टेन्सीका सञ्चालक नगेन्द्र कुँवरले रोजगारीमा माल्टा पठाइदिने भन्दै करिब १ करोड ५० लाख रूपैयाँ उठाएर फरार भएको पीडितहरूको भनाइ छ । सञ्चालक अहिले सम्पर्कविहीन छन् । पीडितहरू भने आफ्नो पैसा उठाउन प्रहरी र वैदेशिक रोजगार विभाग धाइरहेका छन् । कन्सलटेन्सीका सञ्चालक कुँवरले टेलिभिजन विज्ञापनमार्फत माल्टामा राम्रो काम भएको भनी प्रचार गरेका थिए । रोजगारीका लागि भौतारिरहेका युवाहरूले विज्ञापनमार्फत नै कुँवरकोे कन्सल्टेन्सीको सम्पर्कमा पुगेको उनीहरू बताउँछन् । उनीहरूका अनुसार विदेश जान चर्को ब्याजमा ऋण लिएको पैसा त्यहाँ बुझाएका हुन् । अहिले पीडितहरू दिनहुँ कन्सल्टेन्सी धाइरहेका छन् । उनीहरूको पासपोर्ट पनि कन्सल्टेन्सीमा भएको तर सञ्चालक भने सम्पर्कविहीन भएको उनीहरू बताउँछन् । वैदेशिक रोजगार ऐन, ०६४ अनुसार वैदेशिक रोजगारीमा कामदार पठाउनका लागि वैदेशिक रोजगार विभागबाट अनुमति लिनु पर्ने हुन्छ । विभागबाट वैदेशिक रोजगारीमा कामदार पठाउनका लागि स्विकृती लिएका म्यानपावर कम्पनीहरू ८ सय ५४ छन् । विभागले अनुमति दिएका म्यानपावर कम्पनीबाहेक अन्यले त्यसरी कसैलाई पनि वैदेशिक रोजगारीमा पठाउन नपाउने व्यवस्था कानुनमा छ । तर सरकारले तोकेको व्यवस्थालाई लत्याउँदै ब्लुवर्ड कन्सल्टेन्सीले आकर्षक मागपत्र देखाई युवाहरूसँग रकम उठाएको हो । पीडितहरू अनिलकुमार श्रेष्ठ, रमेश बराल, पुकार भुजेल, दिनेश लामा, भुवन ओझा, खड्कप्रसाद चौलागाइँ माल्टामा दिइने भनेको प्रतिमहिना १ लाख रूपैयाँ तलबको प्रलोभनमा परी कुँवरलाई विश्वास गरेको उनीहरू बताउँछन् । ८ लाख लागत लाग्ने बताउँदै प्रक्रिया सुरु गर्न उनीहरूसँग प्रतिव्यक्ति २ लाख रूपैयाँ माग गरेको उनीहरूको भनाइ छ । यसअघि नै जिल्ला प्रशासन कार्यालयका साथै जिल्ला प्रहरी कार्यालय चितवनमा निवेदन दिएको र प्रशासन, प्रहरीले पटक–पटक उपस्थिति हुन ताकेता गर्दा पनि सञ्चालक कुँवर उपस्थित नभएको उनीहरूले बताएका छन् । हाल एजुकेसन कन्सल्टेन्सीका नाममा प्रतिव्यक्ति लाखौँको ठगी गरी मानव निर्यात गर्ने काम भइरहेको आरोप लागिरहेको छ । यसको कुनै तथ्यांक भने उपलब्ध छैन । यस किसिमका संस्थाको नियमन गर्ने भूमिका शिक्षा मन्त्रालयको हो । तर, पर्याप्त किसिमले अनुगमन तथा नियमन गर्न सकेको नदेखिएको भनी पछिल्लो समय पीडितहरूले बताउँदै आएका छन् । कतिपय कन्सल्टेन्सी वैदेशिक रोजगार कै काम गर्दै आएको पनि देखिएको छ । यस किसिमका संस्थाहरूको अनुगमनका लागि वैदेशिक रोजगार र शिक्षा मन्त्रालयबीचमा सहकार्य हुनुपर्ने आवश्यकता देखिएको आवाज उठ्न थालेको छ ।
प्रकाशित मिति: बुधबार, माघ १५, २०७६  ०६:२५
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
साउदीसँग जनवरीभित्रै श्रम सम्झौता गर्ने तयारी
साउदीसँग जनवरीभित्रै श्रम सम्झौता गर्ने तयारी बिहीबार, पुस १०, २०८२
विदेसिने महिला बढ्नुमा सामाजिक मूल्यमान्यता प्रमुख कारण 
विदेसिने महिला बढ्नुमा सामाजिक मूल्यमान्यता प्रमुख कारण  बुधबार, पुस ९, २०८२
दुई दिनभित्रै राहदानी उपलब्ध गराइने
दुई दिनभित्रै राहदानी उपलब्ध गराइने बुधबार, पुस ९, २०८२
सरकारले गर्‍याे वृद्धि गरिएको  स्वास्थ्य परीक्षण शुल्क   खारेज
सरकारले गर्‍याे वृद्धि गरिएको स्वास्थ्य परीक्षण शुल्क खारेज मंगलबार, पुस ८, २०८२
पोर्चुगल र रोमानिया पठाइदिन्छु भनी ठगी गर्ने दुई जना पक्राउ
पोर्चुगल र रोमानिया पठाइदिन्छु भनी ठगी गर्ने दुई जना पक्राउ मंगलबार, पुस ८, २०८२
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति मंगलबार, पुस ८, २०८२
अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ सोमबार, पुस ७, २०८२
लोकप्रिय
  • Week
  • Month
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
ज्याक काड्रो खेलको नेपालका लागि राष्ट्रिय राजदूत नियुक्त  
ज्याक काड्रो खेलको नेपालका लागि राष्ट्रिय राजदूत नियुक्त  
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP