Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #रवि लामिछाने
  • #राहदानी
  • #एनएफपिजे
  • #निर्वाचन_आयोग
  • #फाउल_पोक्स
  • #महिला टी-२० विश्वकप ग्लोबल छनोट
  • #महिला टी-२०
  • #रामप्रसादराई
  • #रास्वपा
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • रेमिट्यान्स घट्दै
रेमिट्यान्स घट्दै
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, माघ १५, २०७६
Hardik health
काठमाडौं– नेपालमा पछिल्ला वर्षहरूमा वृद्धि भइरहेको रेमिट्यान्सको वृद्धिदर घट्दै गएको देखिएको छ । नेपाल राष्ट्र बैंकले भर्खरै सार्वजनिक गरेको तथ्यांकअनुसार आर्थिक वर्ष ०६५÷६६ मा २ सय ९ अर्ब बाट क्रमशः बढ्दै ०७५÷७६ मा आइपुग्दा ८ सय ७९ अर्ब रूपैयाँ पुगेको रेमिटयान्सको स्थिति वृद्धिदरको आधारमा हेर्दा पछिल्ला वर्षमा घट्दै गएका देखिएको हो । तथ्यांकअनुसार आर्थिक वर्ष ०७०÷७१ मा २५ प्रतिशतले बढेको रेमिट्यान्स वृद्धिदर त्यसपछिका वर्षहरूमा क्रमशः घट्दै गई आर्थिक वर्ष ०७१÷७२ मा १३ दशमलव ६ प्रतिशत, आर्थिक वर्ष ०७२÷७३ मा ७ दशमलव ७ प्रतिशत, आर्थिक वर्ष ०७३÷७४ मा ४ दशमलव ६ प्रतिशत, आर्थिक वर्ष ०७४÷७५ मा ८ दशमलव ६ प्रतिशत र आर्थिक वर्ष ०७५÷७६ मा १६ दशमलव ५ प्रतिशतले बढेको देखिएको छ । जसमध्ये आर्थिक वर्ष ०७६÷७७ को पहिलो चार महिनामा रेमिट्यान्स अघिल्लो वर्षको सोही अवधिको तुलनामा २.३ प्रतिशतले कमी आई ३ सय ४ अर्ब ७ करोड कायम भएको राष्ट्र बैंकको तथ्यांकले जनाएको छ । आर्थिक वर्ष ०६५÷६६ मा कुल रेमिट्यान्स आप्रवाहको कुल गाह्र्रस्थ उत्पादनसँगको अनुपात २१ दशमलव २ प्रतिशत रहेकामा उक्त अनुपात क्रमशः बढ्दै आर्थिक वर्ष ०७२÷७३ मा २९ दशमलव ६ प्रतिशत पुगेको थियो । आर्थिक वर्ष ०७५÷७६ मा यो अनुपात २५ दशमलव ४ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ । त्यस्तै, आर्थिक वर्ष ०७६÷७७ को पहिलो चार महिनाको देशगत तयार पारिएको तथ्यांकअनुसार कुल रोजगारीमा जाने कामदारमध्ये ७५ दशलमव ३ प्रतिशत खाडी देशतर्फ गएका छन् भने खाडी देशबाट प्राप्त हुने रेमिट्यान्स कुल रेमिट्यान्सको झन्डै ५० दशमलव ३ प्रतिशत रहेको छ । त्यस्तै, खाडी मुलुकहरूमध्ये पनि नेपालमा सबैभन्दा धेरै कतारबाट ५३ अर्ब ९३ करोड रूपैयाँ रेमिट्यान्स भित्रिएको तथ्यांकले देखाएको छ । तथ्यांकअनुसार कतारपछि दोस्रोमा भारतबाट ४३ अर्ब १६ करोड, तेस्रोमा युएईबाट ४० अर्ब ८७ करोड, चौथोमा मलेसियाबाट २९ अर्ब ६६ करोड, पाँचौँमा अमेरिकाबाट २५ अर्ब ४२ करोड, छैटौँमा जापानबाट २२ अर्ब ८७ करोड, सातौँमा कुवेतबाट ११ अर्ब ५२ करोड, आठौँमा बहराइनबाट ८ अर्ब ७९ करोड, नवौँमा कोरियाबाट ६ अर्ब १५ करोड, दशौँमा बेलायतबाट ५ अर्ब ४ करोड, एघारौँमा अस्ट्रेलियाबाट १ अर्ब ३४ करोड र अन्यबाट १८ अर्ब ७ करोड रेमिट्यान्स भित्रिएको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ । तर, आर्थिक वर्ष ०७५÷७६ मा नेपालीहरूको प्रमुख श्रम गन्तव्य मलेसियामा रूपमा कामदार लाने क्रम रोकिँदा मलेसियाबाट आउने रेमिट्यान्स कम भएको जानकारहरू बताउँछन् ।
प्रकाशित मिति: बुधबार, माघ १५, २०७६  ०६:१९
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
साउदीसँग जनवरीभित्रै श्रम सम्झौता गर्ने तयारी
साउदीसँग जनवरीभित्रै श्रम सम्झौता गर्ने तयारी बिहीबार, पुस १०, २०८२
विदेसिने महिला बढ्नुमा सामाजिक मूल्यमान्यता प्रमुख कारण 
विदेसिने महिला बढ्नुमा सामाजिक मूल्यमान्यता प्रमुख कारण  बुधबार, पुस ९, २०८२
दुई दिनभित्रै राहदानी उपलब्ध गराइने
दुई दिनभित्रै राहदानी उपलब्ध गराइने बुधबार, पुस ९, २०८२
सरकारले गर्‍याे वृद्धि गरिएको  स्वास्थ्य परीक्षण शुल्क   खारेज
सरकारले गर्‍याे वृद्धि गरिएको स्वास्थ्य परीक्षण शुल्क खारेज मंगलबार, पुस ८, २०८२
पोर्चुगल र रोमानिया पठाइदिन्छु भनी ठगी गर्ने दुई जना पक्राउ
पोर्चुगल र रोमानिया पठाइदिन्छु भनी ठगी गर्ने दुई जना पक्राउ मंगलबार, पुस ८, २०८२
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति मंगलबार, पुस ८, २०८२
अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ सोमबार, पुस ७, २०८२
लोकप्रिय
  • Week
  • Month
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
ज्याक काड्रो खेलको नेपालका लागि राष्ट्रिय राजदूत नियुक्त  
ज्याक काड्रो खेलको नेपालका लागि राष्ट्रिय राजदूत नियुक्त  
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP