Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मलेसियान_सिण्डिकेट
  • #The Fun२sss Show
  • #कमेडी शो
  • #एनसेल
  • #नेपाल स्टक एक्सचेञ्‍ज
  • #अन्तरराष्ट्रिय_दिवस
  • #मेटलाइफ
  • #फ्रेन्च_फ्राइज
  • #नेपाली_फ्रोजन_फ्रेन्च_फ्राइज
Search Here
प्रवास
  • Home
  • प्रवास
  • गणित विषयलाई हटाइए देशव्यापी आन्दोलन गरिने
गणित विषयलाई हटाइए देशव्यापी आन्दोलन गरिने
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, माघ १४, २०७६
mathemetics ko news
Hardik health
काठमाडौं–गणित विषयलाई नयाँ पाठ्यक्रम प्रारूपबाट हटाईएपछि त्यसको विरोध सुरु हुन थालेको छ । सोमबार पत्रकार सम्मेलनको आयोजना गरेर सरोकारवालाहरूले गणित विषयलाई नयाँ पाठ्यक्रम प्रारूप–२०७६ बाट ओझेल पारिएको भन्दै विरोध गरेका हुन् । गणितका विज्ञहरूले गणितलाई अनिवार्य गरिनुपर्ने माग गरेका छन् । उनीहरूले ‘गणित विज्ञानको पनि विज्ञान’ भएको भन्दै पाठ्यक्रम प्रारूपमा समेट्नुपर्नेमा जोड दिएका छन् । कार्यक्रममा पाठ्यक्रम विकास केन्द्र विषय समितिका अध्यक्ष प्रा.डा. राममान श्रेष्ठले आफूसँग कुनै परामर्शसमेत नगरी पाठ्यक्रम प्रारूपको समितिमा विज्ञको रूपमा राखेको भन्दै कडा आपत्ति जनाए । उनले भने,‘मलाई थाहै नदिईकन समितिमा राखिएको रहेछ, मैले प्रारूप आएपछिमात्रै थाहा पाएँ । यस्तो बैठकमा मलाई कहिल्यै पनि बोलाईएन, र म गएको पनि छैन् ।’ कार्यक्रममा त्रि.वि. गणित केन्द्रीय विभागका प्रमुख प्रा.डा. टंकनाथ धमलाले कम्तिमा विज्ञान पढ्ने विद्यार्थीलाई गणित अनिवार्य र अरु विषयलाई ऐच्छिक राख्नुपर्नेमा जोड दिए । प्राध्यापक धमलाले भने, ‘स्कुलमा गणित विषयमा अनुतिर्ण भएको डेटा देखाउँदै ११ र १२ कक्षामा गणित कठिन भयो भन्नु लज्जास्पद विषय हो ।’ त्यस्तै, नेपाल गणित समाजका सभापति प्रा.डा. चेतराज भट्टले अहिले ल्याईएको प्रारूपमा गणित तथा विज्ञानका विद्यालाई ओझेलमा पार्नु दुःखको विषय भएको टिप्पणी गरे । उनले दातृ संस्थाले दिएका अनुदानलाई हेरेर उत्तिर्ण प्रतिशत बढाउने नाममा गणितलाई यसरी ओझेलमा पार्नु गलत भएको स्पष्ट पारे । त्यस्तै, त्रि.वि. ईन्जिनियरिङ संस्थानका सहायक डिन प्रा.डा. ज्ञानबहादुर थापाले हालै त्रि.वि.को अध्ययन संस्थानमा प्रवेश परीक्षामा गणितको भार ४० बाट ५० अंक बनाईएको जनाउँदै गणितको महत्व ईन्जिनियरिङ पढ्ने विद्यार्थीको लागि कति छ भन्ने कुरा पुष्टि भएको बताए । कार्यक्रममा त्रि.वि. गणित शिक्षा केन्द्रीय विभागका विभागीय प्रमुख प्रा.डा. वेदराज आचार्यले गणित विषयलाई अनिवार्य रूपमा पाठ्यक्रममा नसमेटिँदा गणित पढ्न ईच्छुक विद्यार्थी बञ्चित हुनुपर्ने बाध्यता औंल्याए । कार्यक्रममा नेपाल गणित समाजका सह–सचिव तथा केन्द्रीय गणित विभागका उपप्रध्यापक डा. जिवन काफ्लेले गणित प्राकृतिक र सामाजिक विज्ञानको अध्ययनमा अधिकतम उपयोग हुने विषय भएको सुनाउँदै यो विषयको जगबिना अन्य कुनैपनि विषयको दक्षता हाँसिल गर्छु भन्नु जगबिनाको गगनचुम्बी महलको कल्पना गर्नुमात्रै भएको टिप्पणी गरे । उनले भने,‘पाठ्यक्रम विकास केन्द्रले अहिले ल्याएको पाठ्यक्रम प्रारूप खच्चडजस्तो भयो । यो पाठ्यक्रम प्रारूपले सिर्जना र आविष्कार गर्न सक्दैन् । अझ सरकारले ल्याएको राष्ट्रिय शिक्षा नीतिमा सबै तहको शिक्षामा विज्ञान, प्रविधि, ईन्जिनियरिङ र गणित शिक्षा (स्टिम एजुकेशन) लाई पाठ्यक्रमको अभिन्न अंग बनाउने कुरा उल्लेख गरिएको छ । सिडिसीले ल्याउन खोजेको पाठ्यक्रमको प्रारूपमा यो नीतिलाई पुर्ण रूपमा बेवास्ता गरेको देखिन्छ । यो सुहाउँदो कुरा होइन् ।’ कार्यक्रममा वुमन अफ नेपाल ईन म्याथमेटिकल साईन्स (ओनिम्स्) का उपाध्यक्ष डा. नीलम सुवेदीले विगत दुई वर्षभन्दा अघिदेखि आफूहरूले पाठ्यक्रम प्रारूपको बारेमा बारम्बार सचेत गराएको बताउँदै भनिन्,‘हामीले सचेत गराउँदा गराउँदै गणित विषयलाई पाठ्यक्रम प्रारूपबाट बेवास्ता गरियो, यो दुःखदायी कुरा हो ।’
प्रकाशित मिति: मंगलबार, माघ १४, २०७६  १०:००
प्रतिक्रिया दिनुहोस्
थप प्रवास
एनआरएनएको एकताकाे रोडम्याप प्रस्ताव पारित
एनआरएनएको एकताकाे रोडम्याप प्रस्ताव पारित सोमबार, कात्तिक १७, २०८२
आदिवासी जनजाति महासंघ क्यालिफोर्नियाको अध्यक्षमा दोङ 
आदिवासी जनजाति महासंघ क्यालिफोर्नियाको अध्यक्षमा दोङ  मंगलबार, कात्तिक ११, २०८२
उपत्यका ट्राफिक प्रहरी ‘कन्ट्रोल रुम’ पुनः निर्माण सम्पन्न
उपत्यका ट्राफिक प्रहरी ‘कन्ट्रोल रुम’ पुनः निर्माण सम्पन्न मंगलबार, कात्तिक ११, २०८२
आयुसिएनको क्षेत्रीय परिषद् सदस्यमा अधिकारी निर्वाचित
आयुसिएनको क्षेत्रीय परिषद् सदस्यमा अधिकारी निर्वाचित बिहीबार, असोज ३०, २०८२
बाढी–पहिरो प्रभावित इलाममा  एनआरएनएकाे राहत
बाढी–पहिरो प्रभावित इलाममा एनआरएनएकाे राहत आइतबार, असोज २६, २०८२
गैरआवासीय नेपाली संघले मनायो २२ औं स्थापना दिवस
गैरआवासीय नेपाली संघले मनायो २२ औं स्थापना दिवस आइतबार, असोज २६, २०८२
एनआरएनएको टोलीको जनाए प्रधानमन्त्री तथा वरिष्ठ मन्त्रहरूसँग पुनर्निर्माणमा सघाउने प्रतिबद्धता
एनआरएनएको टोलीको जनाए प्रधानमन्त्री तथा वरिष्ठ मन्त्रहरूसँग पुनर्निर्माणमा सघाउने प्रतिबद्धता शुक्रबार, असोज १०, २०८२
लोकप्रिय
  • Week
  • Month
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
जेन–जी आन्दोलनः सुधार र पुनर्जागरणको संकेत
जेन–जी आन्दोलनः सुधार र पुनर्जागरणको संकेत
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध  ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
सिण्डिकेडविरुद्ध संघको खबरदारी
सिण्डिकेडविरुद्ध संघको खबरदारी
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP