Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मलेसियान_सिण्डिकेट
  • #The Fun२sss Show
  • #कमेडी शो
  • #एनसेल
  • #नेपाल स्टक एक्सचेञ्‍ज
  • #अन्तरराष्ट्रिय_दिवस
  • #मेटलाइफ
  • #फ्रेन्च_फ्राइज
  • #नेपाली_फ्रोजन_फ्रेन्च_फ्राइज
Search Here
प्रवास
  • Home
  • प्रवास
  • जनजातिलाई सरकारबाट धोकाः सांसद लामा
जनजातिलाई सरकारबाट धोकाः सांसद लामा
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, माघ १३, २०७६
83385436_221785835522391_903584428142362624_n
Hardik health
चितवन– सरकारले जनजातिलाई धोका दिएको नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं सांसद बहादुरसिंह लामाले बताएका छन् । आइतबार चितवनको राप्ती नगरपालिका–९ मा तामाङ समुदायले आयोजना गरेको सोनाम ल्होछार कार्यक्रमलाई सम्बोधन गर्दै सांसद लामाले कम्युनिस्टले पहिचानको आश्वासन दिएर आदिवासी जनजातिहरूबाट भोट बटुलेर जितेपछि कम्युनिस्ट सरकारले नै प्रदेशको नामांकन वागमती राखेर धोका दिएको बताए । यसरी नै सरकारले दुई वर्षभित्र समृद्धि ल्याउने नारा अघि सारे पनि विकासको नाममा सिन्का नभाँचेको उनले आरोप लगाएका छन् । कार्यक्रममा पूर्वराज्यमन्त्री सावित्री बोगटीले नेपाली समाजले सामाजिक सहअस्तित्व स्विकारेर अघि बढेकाले आफूले विगतमा यहाँका निर्मित गुम्बाको निर्माणार्थ लागिपरेको स्मरण गर्दै मन्त्रालयबाट सहयोग गराउन सक्ने आधारहरू तयार पारेको बताइन् । नेपाली कांग्रेसका महासमिति सदस्य भीमप्रसाद थपलियाले केहीवर्ष अगाडि नेपाली समाजको संस्कृति विथोल्न र रोकावट गर्न राजनीतिक चट्याङ आएपनि त्यसले बिथोल्न नसकेको बताएका छन् । कार्यक्रममा वडाध्यक्ष देवेन्द्र लामाले आफ्नो कार्यकालमा सबै समुदायको सांस्कृतिक पर्व विशेषलाई संरक्षण गर्दै लैजाने बताए । यसैगरी १२ नं. वडाका अध्यक्ष अर्जुन प्रजाले जात जातिको संस्कृतिले नै नेपाललाई सुन्दर बनाएको बताएका छन् । च्योमदेन देधाच्योम बौद्ध गुम्बाका अध्यक्ष कृष्णबहादुर तामाङको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा सुवास मोक्तान, मेलिना राईले गीत गाएका थिए । यसैगरी आस्था कला केन्द्र मनहरीका कलाकारहरू स्वस्तिका नेगी, अस्मिता स्याङतान, मिना लामा, सन्ध्या लामा, निरुता थिङ, मैमा चेपाङ, निरज श्रेष्ठ, ईमान लामा, सुवास मोक्तान, रिता गोलेलगायतले नृत्य प्रस्तुत गरेका थिए । कार्यक्रमको संचालन स्मारिका थिङले गरेका थिए । कार्यक्रममा गाउँका जेष्ठनागरिक ९६ वर्षीया धम्बु तामाङ र ९१ वर्षीय कृष्णबहादुर तामाङलाई आयोजक कमिटिले अभिनन्दन गरेको थियो ।
प्रकाशित मिति: सोमबार, माघ १३, २०७६  १०:०८
प्रतिक्रिया दिनुहोस्
थप प्रवास
एनआरएनएको एकताकाे रोडम्याप प्रस्ताव पारित
एनआरएनएको एकताकाे रोडम्याप प्रस्ताव पारित सोमबार, कात्तिक १७, २०८२
आदिवासी जनजाति महासंघ क्यालिफोर्नियाको अध्यक्षमा दोङ 
आदिवासी जनजाति महासंघ क्यालिफोर्नियाको अध्यक्षमा दोङ  मंगलबार, कात्तिक ११, २०८२
उपत्यका ट्राफिक प्रहरी ‘कन्ट्रोल रुम’ पुनः निर्माण सम्पन्न
उपत्यका ट्राफिक प्रहरी ‘कन्ट्रोल रुम’ पुनः निर्माण सम्पन्न मंगलबार, कात्तिक ११, २०८२
आयुसिएनको क्षेत्रीय परिषद् सदस्यमा अधिकारी निर्वाचित
आयुसिएनको क्षेत्रीय परिषद् सदस्यमा अधिकारी निर्वाचित बिहीबार, असोज ३०, २०८२
बाढी–पहिरो प्रभावित इलाममा  एनआरएनएकाे राहत
बाढी–पहिरो प्रभावित इलाममा एनआरएनएकाे राहत आइतबार, असोज २६, २०८२
गैरआवासीय नेपाली संघले मनायो २२ औं स्थापना दिवस
गैरआवासीय नेपाली संघले मनायो २२ औं स्थापना दिवस आइतबार, असोज २६, २०८२
एनआरएनएको टोलीको जनाए प्रधानमन्त्री तथा वरिष्ठ मन्त्रहरूसँग पुनर्निर्माणमा सघाउने प्रतिबद्धता
एनआरएनएको टोलीको जनाए प्रधानमन्त्री तथा वरिष्ठ मन्त्रहरूसँग पुनर्निर्माणमा सघाउने प्रतिबद्धता शुक्रबार, असोज १०, २०८२
लोकप्रिय
  • Week
  • Month
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
जेन–जी आन्दोलनः सुधार र पुनर्जागरणको संकेत
जेन–जी आन्दोलनः सुधार र पुनर्जागरणको संकेत
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध  ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
सिण्डिकेडविरुद्ध संघको खबरदारी
सिण्डिकेडविरुद्ध संघको खबरदारी
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP