Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #‘रिमै’ चलचित्र
  • #न्वांगी_पर्व
  • #इजरायल_रोजगार
  • #किम_जु
  • #किम_जोङ_उन
  • #सामाजिक सञ्जाल
  • #तामाखानी
  • #महालक्ष्मी _बैंक
  • #त्रिभुवन_अन्तर्राष्ट्रिय_विमानस्थल
Search Here
प्रवास
  • Home
  • प्रवास
  • माटो सुहाउँदो समाजवादको बहस गरौँः नेता गौतम
माटो सुहाउँदो समाजवादको बहस गरौँः नेता गौतम
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, माघ १३, २०७६
Hardik health
काठमाडौं– सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सचिवालय सदस्य वामदेव गौतमले पार्टीले कार्यकर्ताका लागि हालै जारी गरेको आचारसंहिता संस्कृति सुधारका लागि एउटा पहल भएको बताएका छन् । आइताबार पार्टीको जनवर्गीय संगठन जनसांस्कृतिक महासंघ नेपाल र यसका सात घटक संगठनको केन्द्रीय कमिटीको शपथ कार्यक्रममा नेता गौतमले समाज रूपान्तरणको तल्लो एकाइ परिवारलाई सुधार गर्न नसक्नेले समाजलाई बदल्न नसक्ने बताए । उनले नेकपाले भर्खरमात्रै आचारसंहिता जारी गरेको भन्दै संस्कृति सुधारको पछिल्लो प्रयासलाई ‘सार्थक प्रयास’ हुने बताए । उनले नेपालको आवश्यकता र औचित्यअनुरूप वैज्ञानिक समाजवाद ल्याउनुपर्नेमा जोड दिँदै अन्य मुलुकको जस्तै शासन व्यवस्था यहाँ हुनुपर्छ भन्ने नरहेको स्पष्ट पारेका छन् । नेता गौतमले सांस्कृतिक क्रान्ति आर्थिक क्रान्तिको वाहक भएको बताउँदै संस्कृतिकर्मीले देश निर्माणको युगमा होमिन सघाउने खालका साहित्य सिर्जना हुनुपर्नेमा जोड दिए । उनले भने, ‘साम्राज्यवाद रहँदासम्म समाजवाद आउन सक्दैन । साम्राज्यवादलाई परास्त पार्दै नेपालको माटो सुहाउँदो समाजवादका विषयमा बहस गरौँ ।’ नेकपा नेतृत्वको करीब दुई तिहाइको सरकारले परिवर्तनलाई संस्थागत गर्नुपर्ने बताउँदै उनले राष्ट्रियसभाको निर्वाचनपछि नेकपाले सो सदनमा दुई तिहाइ स्थान हासिल गरेको जनाए । उनले भने, ‘जनताले परिवर्तनको स्वाद चाख्न पाउने गरी सरकारले काम गर्नुपर्छ । अर्को निर्वाचनमा जनताले अघिल्लो निर्वाचनको घोषणापत्र पल्टाएर प्रश्न गर्ने स्थिति सिर्जना गर्नुहुँदैन । परिणाम दिन सकेनौँ भने भयावह हुनेछ, त्यसको फाइदा प्रतिस्पर्धी दलले लिनेछ ।’ यसै अवसरमा नेकपाका महासचिव विष्णुप्रसाद पौडेलले क्रान्ति सम्पन्न गर्न जति कठिन हुन्छ उपलब्धि जोगाउन झनै गाह्रो हुने भन्दै सांस्कृतिक रूपान्तरणका लागि धेरै कार्य गर्नुपर्नेमा जोड दिएका छन् । नेकपा स्थायी कमिटी सदस्य तथा संस्कृति विभागका प्रमुख मणि थापाले संस्कृतिकर्मीले गरेको कार्यलाई तल्लो तप्काका नागरिकले समेत अनुभूति गर्ने बताउँदै कलाकार र साहित्यकारको भूमिकालाई राज्यले कदर गर्नुपर्ने बताए । उनले प्रत्येक व्यक्तिले आफ्नो चरित्र सुधार गर्नुपर्नेमा जोड दिँदै पार्टीभित्र हावी भएको व्यक्तिवादी सोचको अन्त्य गरिनुपर्ने बताए ।
प्रकाशित मिति: सोमबार, माघ १३, २०७६  ०९:४७
प्रतिक्रिया दिनुहोस्
थप प्रवास
गैरआवासीय नेपाली संघकाे गम्भीर चिन्ता व्यक्त
गैरआवासीय नेपाली संघकाे गम्भीर चिन्ता व्यक्त बिहीबार, भदौ २६, २०८२
एनआरएनए मलेसियाको अधिवेशन सम्पन्न
एनआरएनए मलेसियाको अधिवेशन सम्पन्न सोमबार, भदौ १६, २०८२
 प्रधानमन्त्री ओलीद्वारा चाउ एनलाई र तेङ यिङ्चाओ स्मृति सङ्ग्रहालयको अवलोकन
 प्रधानमन्त्री ओलीद्वारा चाउ एनलाई र तेङ यिङ्चाओ स्मृति सङ्ग्रहालयको अवलोकन आइतबार, भदौ १५, २०८२
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार आइतबार, भदौ १, २०८२
एनआरएनए बेलायतका अध्यक्षमा पुडासैनी चयन
एनआरएनए बेलायतका अध्यक्षमा पुडासैनी चयन आइतबार, साउन ११, २०८२
अक्टोबरमा 'एनआरएन लगानी सम्मेलन' गरिने
अक्टोबरमा 'एनआरएन लगानी सम्मेलन' गरिने सोमबार, साउन ५, २०८२
एनआरएनए जापानको महासचिव पदमा खगराज गौतमको उम्मेदवारी
एनआरएनए जापानको महासचिव पदमा खगराज गौतमको उम्मेदवारी मंगलबार, असार ३१, २०८२
लोकप्रिय
  • Week
  • Month
पाँच हजारभन्दा बढी गीत गाएर अस्ताइन् गायिका गोले, अन्तिम संस्कारमा राज्यको बेवास्ता
पाँच हजारभन्दा बढी गीत गाएर अस्ताइन् गायिका गोले, अन्तिम संस्कारमा राज्यको बेवास्ता
बन्द गरेका २६ सामाजिक सञ्जालमध्ये ८ वटा सम्पर्क
बन्द गरेका २६ सामाजिक सञ्जालमध्ये ८ वटा सम्पर्क
 नयाँ दल खोल्ने  ‘वार्मअप’
 नयाँ दल खोल्ने  ‘वार्मअप’
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
सिटिजन्स बैंकको लिडरसिप कार्यक्रम  लुम्बिनीमा सम्पन्न
सिटिजन्स बैंकको लिडरसिप कार्यक्रम लुम्बिनीमा सम्पन्न
राप्रपाले प्राइमरी इलेक्सनबाट उम्मेदवार छनौट गर्दै , छ जनाकाे नाम सिफारिस
राप्रपाले प्राइमरी इलेक्सनबाट उम्मेदवार छनौट गर्दै , छ जनाकाे नाम सिफारिस
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
राष्ट्रिय समृद्धिका लागि युवा
राष्ट्रिय समृद्धिका लागि युवा
 अन्नपूर्ण, मालिका र मङ्गलाका प्रशासकीय भवन बन्न सकेनन्
 अन्नपूर्ण, मालिका र मङ्गलाका प्रशासकीय भवन बन्न सकेनन्
एनएमएको  निर्वाचनमा चार जना सदस्य पदका उम्मेदवारको संयुक्त सन्देश
एनएमएको  निर्वाचनमा चार जना सदस्य पदका उम्मेदवारको संयुक्त सन्देश
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP