Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #लोचाखोला
  • #रावाबेँसी
  • #हौँचुर
  • #नेत्रज्योति दिवस
  • #सीता वादी
  • #सोविता गौतम
  • #गीता_चौधरी
Search Here
प्रवास
  • Home
  • प्रवास
  • माटो सुहाउँदो समाजवादको बहस गरौँः नेता गौतम
माटो सुहाउँदो समाजवादको बहस गरौँः नेता गौतम
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, माघ १३, २०७६
Hardik health
काठमाडौं– सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सचिवालय सदस्य वामदेव गौतमले पार्टीले कार्यकर्ताका लागि हालै जारी गरेको आचारसंहिता संस्कृति सुधारका लागि एउटा पहल भएको बताएका छन् । आइताबार पार्टीको जनवर्गीय संगठन जनसांस्कृतिक महासंघ नेपाल र यसका सात घटक संगठनको केन्द्रीय कमिटीको शपथ कार्यक्रममा नेता गौतमले समाज रूपान्तरणको तल्लो एकाइ परिवारलाई सुधार गर्न नसक्नेले समाजलाई बदल्न नसक्ने बताए । उनले नेकपाले भर्खरमात्रै आचारसंहिता जारी गरेको भन्दै संस्कृति सुधारको पछिल्लो प्रयासलाई ‘सार्थक प्रयास’ हुने बताए । उनले नेपालको आवश्यकता र औचित्यअनुरूप वैज्ञानिक समाजवाद ल्याउनुपर्नेमा जोड दिँदै अन्य मुलुकको जस्तै शासन व्यवस्था यहाँ हुनुपर्छ भन्ने नरहेको स्पष्ट पारेका छन् । नेता गौतमले सांस्कृतिक क्रान्ति आर्थिक क्रान्तिको वाहक भएको बताउँदै संस्कृतिकर्मीले देश निर्माणको युगमा होमिन सघाउने खालका साहित्य सिर्जना हुनुपर्नेमा जोड दिए । उनले भने, ‘साम्राज्यवाद रहँदासम्म समाजवाद आउन सक्दैन । साम्राज्यवादलाई परास्त पार्दै नेपालको माटो सुहाउँदो समाजवादका विषयमा बहस गरौँ ।’ नेकपा नेतृत्वको करीब दुई तिहाइको सरकारले परिवर्तनलाई संस्थागत गर्नुपर्ने बताउँदै उनले राष्ट्रियसभाको निर्वाचनपछि नेकपाले सो सदनमा दुई तिहाइ स्थान हासिल गरेको जनाए । उनले भने, ‘जनताले परिवर्तनको स्वाद चाख्न पाउने गरी सरकारले काम गर्नुपर्छ । अर्को निर्वाचनमा जनताले अघिल्लो निर्वाचनको घोषणापत्र पल्टाएर प्रश्न गर्ने स्थिति सिर्जना गर्नुहुँदैन । परिणाम दिन सकेनौँ भने भयावह हुनेछ, त्यसको फाइदा प्रतिस्पर्धी दलले लिनेछ ।’ यसै अवसरमा नेकपाका महासचिव विष्णुप्रसाद पौडेलले क्रान्ति सम्पन्न गर्न जति कठिन हुन्छ उपलब्धि जोगाउन झनै गाह्रो हुने भन्दै सांस्कृतिक रूपान्तरणका लागि धेरै कार्य गर्नुपर्नेमा जोड दिएका छन् । नेकपा स्थायी कमिटी सदस्य तथा संस्कृति विभागका प्रमुख मणि थापाले संस्कृतिकर्मीले गरेको कार्यलाई तल्लो तप्काका नागरिकले समेत अनुभूति गर्ने बताउँदै कलाकार र साहित्यकारको भूमिकालाई राज्यले कदर गर्नुपर्ने बताए । उनले प्रत्येक व्यक्तिले आफ्नो चरित्र सुधार गर्नुपर्नेमा जोड दिँदै पार्टीभित्र हावी भएको व्यक्तिवादी सोचको अन्त्य गरिनुपर्ने बताए ।
प्रकाशित मिति: सोमबार, माघ १३, २०७६  ०९:४७
प्रतिक्रिया दिनुहोस्
थप प्रवास
थाइल्याण्डमा एएनओको समिति गठन
थाइल्याण्डमा एएनओको समिति गठन सोमबार, चैत १६, २०८२
एनआरएनए फ्रान्सको विवाद मिल्यो, अध्यक्ष डा. शर्मा पेरिसमा
एनआरएनए फ्रान्सको विवाद मिल्यो, अध्यक्ष डा. शर्मा पेरिसमा सोमबार, चैत ९, २०८२
नेपालको समृद्धिमा योगदान गर्न गैरआवासीय नेपालीलाई परराष्ट्रमन्त्री शर्माको आह्वान
नेपालको समृद्धिमा योगदान गर्न गैरआवासीय नेपालीलाई परराष्ट्रमन्त्री शर्माको आह्वान मंगलबार, चैत ३, २०८२
एनआरएनए नागरिकता कार्यान्वयन हुनेगरी कानुन संशोधन गर्न माग
एनआरएनए नागरिकता कार्यान्वयन हुनेगरी कानुन संशोधन गर्न माग आइतबार, चैत १, २०८२
एनआरएनएकाे उम्मेदवारहरूको पहिलो नामावली सार्वजनिक
एनआरएनएकाे उम्मेदवारहरूको पहिलो नामावली सार्वजनिक बिहीबार, फागुन २८, २०८२
एनआरएनएकाे १२ औं बृहत एकताको अन्तर्राष्ट्रिय महाधिवेशन हुँदै
एनआरएनएकाे १२ औं बृहत एकताको अन्तर्राष्ट्रिय महाधिवेशन हुँदै मंगलबार, फागुन १२, २०८२
एनआरएनए अध्यक्षका उम्मेदवार रोविन शेरचन विश्व दौडाहामा
एनआरएनए अध्यक्षका उम्मेदवार रोविन शेरचन विश्व दौडाहामा बिहीबार, फागुन ७, २०८२
लोकप्रिय
  • Week
  • Month
विश्व क्षयरोग दिवस: नेपालको अवस्था 
विश्व क्षयरोग दिवस: नेपालको अवस्था 
स्ट्रेट अफ होरमुजमा इरानको नियन्त्रण, विश्व बजारमा तेल संकट
स्ट्रेट अफ होरमुजमा इरानको नियन्त्रण, विश्व बजारमा तेल संकट
विभागमा पुनः श्रम स्वीकृति लिनेको चाप, नयाँ न्यून 
विभागमा पुनः श्रम स्वीकृति लिनेको चाप, नयाँ न्यून 
रास्वपाको वाचा पूरा गर्ने जिम्मेवारीमा श्रममन्त्री साह, यी हुन् चुनौती
रास्वपाको वाचा पूरा गर्ने जिम्मेवारीमा श्रममन्त्री साह, यी हुन् चुनौती
नवनियुक्त प्रधानमन्त्री साहबाट शपथ ग्रहण सम्पन्न
नवनियुक्त प्रधानमन्त्री साहबाट शपथ ग्रहण सम्पन्न
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP