Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #कांग्रेसका संस्थाइतर
  • #सिएन थारु/आरके तामाङ
  • #दीपक बन्जारा
  • #‘हृदयांश’
  • #गगनकुमार थापा
  • #नेपाली कांग्रेसको संस्थापनइतर
  • #जाइका
  • #तानाका अकिहिको
  • #सुनिल लम्साल
Search Here
प्रवास
  • Home
  • प्रवास
  • प्रवासी नेपालीको सहयोगमा कम्प्युटर ल्याब स्थापना
प्रवासी नेपालीको सहयोगमा कम्प्युटर ल्याब स्थापना
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, माघ ८, २०७९
Hardik health
म्याग्दी - म्याग्दीको रघुगङ्गा गाउँपालिका–७ चिमखोलामा रहेको अमर माध्यमिक विद्यालयमा ‘एक प्रदेश, एक कम्प्युटर ल्याब’ स्थापना गरिएको छ । सन् २०२१ मा कोलम्बस म्याराथन गर्नुभएका ओम दाहालको नेतृत्वमा अमेरिकामा रहेका नेपालीको संस्था एशोसिएशन अफ नेपलिजइन मिडवेष्ट अमेरिका ९आन्मा०को सहयोगमा सङ्कलन गरिएको सहयोग रकमबाट उक्त विद्यालयमा कम्प्युटर ल्याब स्थापना गरिएको हो । कोलम्बस म्याराथनको अभियान ‘एक प्रदेश एक कम्प्युटर ल्याब’अन्तर्गत अमर माविसहित देशका विभिन्न १० सरकारी विद्यालयमा कम्प्युटर ल्याब स्थापना गरिएको अभियान्ता दाहालले बताए । उनका अनुसार १० वटा कम्प्युटर ल्याब स्थापनाका लागि तीन सय आठ सहयोगदातामार्फत रु ३८ लाख चार सय ४४सङ्कलन भएको थियो । अमर माविको ल्याब स्थापनामा कार्यसमिति सदस्य सन्दिप सिंहले मात्रै रु तीन हजार अमेरिकी डलर सहयोग गरेका थिए  । विद्यालयमा आयोजित कार्यक्रममा समन्वयकर्ता कमला दाहाल र संस्थाका नेपाल प्रतिनिधि कुन्दन शर्माले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष इन्द्रबहादुर बुढा र प्रधानध्यापक पृर्थबहादुर थापालाई १० थान कम्प्युटर, एक सेट प्रोजेक्टर र एक थान प्रिन्टर प्रदान गरेका थिए । उक्त कम्प्युटर ल्याबको नाम मुख्य सहयोगदाता सन्दिप सिंहकै नामबाट नामाकरणसमेत गरिएको छ । समन्वयकर्ता कमला दाहालले ग्रामीण भेगमा रहेको विद्यालयमा कम्प्युटर ल्याब स्थापना भएपछि आधुनिक सूचना प्रविधिकको पहुँच र प्रयोगबाट विद्यालयका शैक्षिक प्रगति र विद्यार्थीलाई कम्प्युटर शिक्षा लिन सहयोग पुग्ने विश्वास व्यक्त गरे । उक्त विद्यालयले २०६७ सालदेखि नै कम्प्युटर विषयको पठनपाठन सञ्चालन गर्दै आएको थियो । काठमाडौँस्थित चिमखोले सहयोग समितिबाट प्राप्त भएका कम्प्युटरमार्फत पठनपाठन सुरु गरिएपनि पछिल्लो समय पुराना कम्प्युटर जीर्ण भएकाले आन्मा संस्थामार्फत ल्याब नै स्थापना भएपछि राहतभएको विद्यालयले जनाएको छ । एकसय ३० विद्यार्थी अध्ययनरत उक्त विद्यालयमा कक्षा ५ देखि १० सम्म कम्प्युटर विषयको पठनपाठन हुँदै आएको छ । विद्यालयमा दिवङ्गत सुवेदार नरजङ पुनको नाममा क्याप्टेन पदमबहादुर पुन र क्याप्टेन लोकबहादुर पुनको परिवारले कम्प्युटर कक्ष निर्माण गरिदिएका  थिए । आन्मा संस्थाले म्याग्दीको अमरमाविसँगै बैतडीमा दुई, दैलेखमा दुई, प्यूठानमा एक, सिन्धुपाल्चोकमा एक, सप्तरीमा एक, तेह्रथुममा एक र इलाममा एक सामुदायिक विद्यालयमा कम्प्युटर ल्याब स्थापना गरिसकेको जनाएको छ ।
प्रकाशित मिति: आइतबार, माघ ८, २०७९  १७:१५
प्रतिक्रिया दिनुहोस्
थप प्रवास
विदेशी लगानीकर्ताहरूलाई पूर्व एनआरएनए अध्यक्ष आचार्यकाे आह्वान
विदेशी लगानीकर्ताहरूलाई पूर्व एनआरएनए अध्यक्ष आचार्यकाे आह्वान आइतबार, असार २१, २०८३
प्रवासमा नेपाली भाषा र संस्कृतिको संरक्षण गर्दै इनास मेरिल्यान्डको ‘किड्स ट्यालेन्ट शो–२०२६’ सम्पन्न
प्रवासमा नेपाली भाषा र संस्कृतिको संरक्षण गर्दै इनास मेरिल्यान्डको ‘किड्स ट्यालेन्ट शो–२०२६’ सम्पन्न बिहीबार, जेठ २१, २०८३
भुटानी राजबन्दीबाट चतुरमान तामाङ र हस्तबहादुर राई रिहा
भुटानी राजबन्दीबाट चतुरमान तामाङ र हस्तबहादुर राई रिहा बिहीबार, जेठ २१, २०८३
दक्षिण अफ्रिका र ब्राजिलस्थित नेपाली दूतावास बन्द गर्ने निर्णय पुनर्विचार गर्न एनआरएन अभियन्ताहरूको माग
दक्षिण अफ्रिका र ब्राजिलस्थित नेपाली दूतावास बन्द गर्ने निर्णय पुनर्विचार गर्न एनआरएन अभियन्ताहरूको माग आइतबार, जेठ १७, २०८३
एनआरएनएद्वारा सरकारको नीति तथा कार्यक्रमको स्वागत
एनआरएनएद्वारा सरकारको नीति तथा कार्यक्रमको स्वागत मंगलबार, वैशाख २९, २०८३
एएनओको नवौँ अन्तरराष्ट्रिय शाखा क्यानाडामा
एएनओको नवौँ अन्तरराष्ट्रिय शाखा क्यानाडामा सोमबार, वैशाख २८, २०८३
परराष्ट्रमा एनआरएनएको सुझाव: गैरआवासीय नेपाली विधेयकमा व्यापक संशोधन माग
परराष्ट्रमा एनआरएनएको सुझाव: गैरआवासीय नेपाली विधेयकमा व्यापक संशोधन माग बुधबार, वैशाख १६, २०८३
लोकप्रिय
  • Week
  • Month
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
‘अव्यावहारिक कानुन नबदलिए व्यवसाय बन्द गर्न बाध्य हुन्छौं’
‘अव्यावहारिक कानुन नबदलिए व्यवसाय बन्द गर्न बाध्य हुन्छौं’
पूर्वउपसभामुख  राना मगरद्वारा  ‘हृदयांश’ उपन्यासकाे  विमोचन
पूर्वउपसभामुख राना मगरद्वारा ‘हृदयांश’ उपन्यासकाे विमोचन
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
तीन म्यानपावरमाथि विभागको कारबाही
तीन म्यानपावरमाथि विभागको कारबाही
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP