Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #काठमाडौं निर्वाचन क्षेत्र नम्बर-२
  • #डा.विश्वास बस्नेत
  • #पुतली_नाच
  • #टाइगर कप
  • #मनोनयन_दर्ता
  • #तामाङ_घेदुङ
  • #सोनाम_ल्होछार
  • #शेरबहादुर देउवा
  • #सोनाम_ल्होच्छार
Search Here
विश्व
  • Home
  • विश्व
  • बेलायती नर्सहरूले सुरु गरे दुई दिने हडताल
बेलायती नर्सहरूले सुरु गरे दुई दिने हडताल
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, माघ ५, २०७९
Hardik health
एजेन्सी -  इङ्गल्याण्डका नर्सहरूले तलबको विषयलाई लिएर बुधबारदेखि दुई दिने हडताल सुरु गरेका छन् । नर्सहरूले बढ्दो मूल्यवृद्धिका कारण जीवनयापनको लागतको सङ्कटबाट प्रभावित बेलायती सार्वजनिक क्षेत्रका कामदारहरूको लहरमा सामेल हुँदै हडतालमा उत्रिएका हुन् । बुधबार सार्वजनिक गरिएको मुद्रास्फीतिबारे पछिल्लो वार्षिक तथ्याङ्कले देखाएअनुसार यो मुद्रास्फीति ऐतिहासिकरूपमा उच्च तहमा पुगेको छ । नोभेम्बरमा अघिल्लो महिना १०.७ प्रतिशत रहेको दरहरू डिसेम्बरमा केही कम भएर १०.५ प्रतिशतमा झरेका छन् । मुख्य नर्सिङ युनियनले सरकारले चालू आर्थिक वर्षका लागि आफ्नो तलब सम्झौता सुधारका लागि गम्भीरतापूर्वक वार्ता गर्न नसकेको आरोप लगाएको छ । नर्स अन्ना स्विफ्टले मध्य लण्डनमा विरोधमा सहभागी हुनुभन्दा पहिले भने, “हामी भारी मनका साथ हडताल गर्दैछौँ । तर हामी यसबाट के हासिल गर्न चाहन्छौं भन्ने बिषयमा हामी पूर्णरूपमा स्पष्ट छौँ ।” पछिल्ला हडतालले राष्ट्रिय स्वास्थ्य सेवा (एनएचएस) लाई चीसोका कारण हुने रोगका कारण अत्यधिक नर्सहरूको माग भइरहेको समयमा हडताल भएको छ । कोभिड र यससँग सम्बन्धित समस्याका कारण सेवाग्राहीको भीड भइरहेका समयभएको यो हडतालले प्रशासनलाई थप दबाब सिर्जना गरेको छ । रोयल कलेज अफ नर्सिङ (आरसीएन) युनियनले आगामी फेब्रुअरी ६ र ७ मा अर्को हड्तालको आयोजना हुने बताएको छ । यसैबीच, कन्जर्भेटिभ पार्टीको तर्फबाट प्रधानमन्त्री बन्नुभएका ऋषि सुनकले आर्थिक मन्दीको चपेटामा परेको बेलायतले आगामी मार्च ३१ मा समाप्त हुने आर्थिक वर्षका लागि सार्वजनिक क्षेत्रको तलबमानमा पुनः सोच्न नसक्ने बताएको छ । उनले आगामी तलब सम्झौतामा थप लचकताको सम्भावना रहने सङ्केत गर्नुभएको छ । सरकारको भनाइले तलवमान पुनरावलोकन निकायहरूको स्वतन्त्र दायरामाथि नै प्रश्न उठेको छ । स्वास्थ्य मन्त्री स्टिभ बार्कलेले बुधबार ‘द इन्डिपेन्डेन्ट’मा प्रकाशित एक लेखमा भनेका छन्, “अपुग तलब वृद्धिको अर्थ बिरामीको हेरचाहमा कटौती गर्नु र मुद्रास्फीतिलाई बढावा दिनु हो जसले हामी सबैलाई गरिब बनाउनेछ ।” उनले थपे, “तलब वृद्धिले हामीलाई सबैभन्दा बढी आवश्यक पर्ने सेवालाई माग सम्बोधन गर्नबाट असम्भव बाटोमा लग्नेछ ।” बार्कलेका अनुसार गत डिसेम्बरमा इङ्गल्याण्ड र वेल्समा नर्सहरुको दुई दिनको हडतालका कारण करिब ३० हजार वैकल्पिक प्रक्रिया र बहिरंग सेवा रद्द गरिएको थियो ।
प्रकाशित मिति: बिहीबार, माघ ५, २०७९  ०८:४९
प्रतिक्रिया दिनुहोस्
थप विश्व
सानो हमिङबर्डको अन्तिम आश्रय
सानो हमिङबर्डको अन्तिम आश्रय शुक्रबार, माघ ९, २०८२
टी-२० विवादले भारतको ओलम्पिक सपना प्रभावित
टी-२० विवादले भारतको ओलम्पिक सपना प्रभावित शुक्रबार, माघ ९, २०८२
जापानको उपभोक्ता मूल्य २०२५ मा उच्च, ऊर्जा र खाद्य मूल्यमा उतार–चढाव
जापानको उपभोक्ता मूल्य २०२५ मा उच्च, ऊर्जा र खाद्य मूल्यमा उतार–चढाव शुक्रबार, माघ ९, २०८२
रुस, युक्रेन र अमेरिका अबुधाबीमा वार्ता गर्ने
रुस, युक्रेन र अमेरिका अबुधाबीमा वार्ता गर्ने शुक्रबार, माघ ९, २०८२
इरान प्रदर्शनमा मृत्यु हुनेको सङ्ख्या पाँच हजार नाघ्यो, अमेरिकी ‘आर्मडा’ नजिकिँदै
इरान प्रदर्शनमा मृत्यु हुनेको सङ्ख्या पाँच हजार नाघ्यो, अमेरिकी ‘आर्मडा’ नजिकिँदै शुक्रबार, माघ ९, २०८२
शान्ति बोर्डको प्रस्तावले ईयू-अमेरिका सम्बन्धमा तनाव
शान्ति बोर्डको प्रस्तावले ईयू-अमेरिका सम्बन्धमा तनाव शुक्रबार, माघ ९, २०८२
डब्लुएचओबाट अमेरिका बाहिरियाे, विश्व स्वास्थ्यमा अनिश्चितता
डब्लुएचओबाट अमेरिका बाहिरियाे, विश्व स्वास्थ्यमा अनिश्चितता शुक्रबार, माघ ९, २०८२
लोकप्रिय
  • Week
  • Month
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
उच्च पहाडी तथा हिमाली भेगका हिमपातको सम्भावना
उच्च पहाडी तथा हिमाली भेगका हिमपातको सम्भावना
ल्होछारलाई सधैं एउटै मितिमा पर्ने गरी तय गर्नुपर्ने :  दिलमान पाख्रिन
ल्होछारलाई सधैं एउटै मितिमा पर्ने गरी तय गर्नुपर्ने : दिलमान पाख्रिन
आजदेखि  निर्वाचन आचारसंहिता लागू
आजदेखि निर्वाचन आचारसंहिता लागू
बालेनले दिए राजीनामा
बालेनले दिए राजीनामा
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP