Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मलेसियान_सिण्डिकेट
  • #The Fun२sss Show
  • #कमेडी शो
  • #एनसेल
  • #नेपाल स्टक एक्सचेञ्‍ज
  • #अन्तरराष्ट्रिय_दिवस
  • #मेटलाइफ
  • #फ्रेन्च_फ्राइज
  • #नेपाली_फ्रोजन_फ्रेन्च_फ्राइज
Search Here
प्रवास
  • Home
  • प्रवास
  • पूर्वमेयरलाई बद्नाम गर्न खोजिएको भन्दै आपत्ति
पूर्वमेयरलाई बद्नाम गर्न खोजिएको भन्दै आपत्ति
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, माघ १२, २०७६
Hardik health
नुवाकोट–नुवाकोट जिल्लाको विदुर नगरपालिकाका पूर्व मेयर कमानसिंह लामाले आफूलाई अन्य व्यक्तिको लेनदेनमा मुछेर बदनाम गर्न खोजिएको भन्दै आपत्ती जनाएका छन् । शनिबार पत्रकार सम्मेलन गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्व केन्द्रीय सदस्य समेत रहेका लामाले धनमाया तामाङ र कृष्ण तामाङको लेनदेनको विवादमा आफूलाई मुछेर बदनाम गर्न खोजिएको भन्दै न्यायका लागि अदालतदेखि मिडियासम्म जान बाध्य भएको बताए । उनले कृष्ण तामाङ र धनमाया तामाङको ९ लाख ५२ हजार रूपैयाँ घरायसी लेनदेन मिलिसकेको प्रमाणहरू पेश गर्दै यसमा आफूले कसैलाई अन्याय नपरोस् भनेर उल्टै सहयोग गर्दा नियोजित रूपमा बदनाम गरिएको स्पष्ट पारे । उनले भने, ‘कमानसिंह लामा कसैको एक पैसा खाएर हिंडेको मान्छे होइन, पैसाको लेनदेनमा मकहाँ आएपछि उल्टै सहयोग गर्दा मेरै बदनाम गर्ने काम भयो ।’ कृष्ण तामाङ आफूकहाँ आएर मर्नुपर्ने अवस्थामा पुगेँ भनेपछि धनमाया तामाङलाई डाकेर रकम पाउने वातावरण मिलाइदिएको उनको स्पष्टोक्ति थियो । कृष्ण तामाङको भविष्यलाई ध्यानमा राखेर आशिष थापालाई डाकेर रकम दिने वातावरण बनाएको उनले बताए । उनले आशिष थापाले आफूले असोज २८ गते चार लाख बाउन्न हजार नगद, मंसिर २७ गते चार लाख नगद र सिटी एक्सप्रेसमार्फत् ५० हजार रकम प्रदान गरेको प्रमाण पेश गरे । त्यस्तै, आई.एम.ई मार्फत पनि ५० हजार रकम आफूहरूले धनमाया तामाङलाई पठाएको सुनाए । पैसा दिने प्रतिवद्धता व्यक्त भइसकेपछि आफूहरूलाई किरण सिंह र बमबहादुर तामाङ भन्ने व्यक्तिले रकम नदिए मार्ने धम्की दिएको लामाले बताए । उनले भने,‘मसँग धम्कीको रेकर्ड र फोन नम्बर समेत सुरक्षित छ ।’ त्यसपछि धनमायालाई डाकेर किन यस्तो गरेको रकम दिइहाल्थे भनेको बताए । विदुर नगरपालिकाका तरुण दल इकाई सदस्य समेत रहेका आशिष थापाका अनुसार २०७६ असोज २८ ४ लाख ५२ हजार रूपैयाँ धनमायाले भनेबमोजिम किरण सिंहलाई नगद रकम पठाइएको थियो । २७ मंसिरमा ४ लाख दिइएको र बाँकी ५० हजार २८ पौषमा दिइएको थियो । चेक र मनि एक्सप्रेसमार्फत् रकम दिएर सादा कागजमा भौचर बनाएर टाइप गरेर हस्ताक्षर समेत गराइएको थापाको भनाई छ । आफू अस्वस्थ भई बस्दा समेत रकम पठाएको भन्दै अनावश्यक रूपमा कमानसिंह लामालाई मुछेको भन्दै आपत्ती जनाए । अन्तिम किस्तावापत्को रकम सिटी मनी एक्सप्रेसबाट पठाएको थापाले बताए । रकम पूरा दिइसक्दा पनि आफूहरूलाई नियोजित रूपमा बदनाम गरिएको भन्दै लामा र थापाले गम्भीर आपत्ती जनाए । लामाले आफूले कुनै गल्ती गरेको भए प्रहरीमा उजूरी दिई वा अदालतमा मुद्या दायर गरी कारबाही अगाडि बढाउन चुनौती दिए । उनले भने,‘मलाई नखाएको विष लाग्यो ।’ आफ्नो परिवारका सदस्यलाई समेत तनावमा पार्ने गतिविधि भएको भन्दै झुटा विषय बाहिर आएकोमा दुधको दुध पानीको पानी गर्न पत्रकारहरूलाई आग्रह गरे । लामाले आफूमाथि मानहानी भएको भन्दै अदालतको ढोका ढकढकाएको समेत बताए । उनले भने, ‘मानिसहरू किन विनाकारण आत्महत्या गर्दारहेछन् भन्ने अहिले बुझ्दैछु । नभएको कुरा प्रचार नगरियोस् ।’ आफूले अन्याय गरेको भए जस्तोसुकै सजाय भोग्न तयार भएको उनको भनाई थियो । पैसा लिइसकेको चेकको भुक्तानीलगायत सबै प्रमाण आफूहरूसँग रहेको उनले बताए ।
प्रकाशित मिति: आइतबार, माघ १२, २०७६  ०८:५३
प्रतिक्रिया दिनुहोस्
थप प्रवास
एनआरएनएको एकताकाे रोडम्याप प्रस्ताव पारित
एनआरएनएको एकताकाे रोडम्याप प्रस्ताव पारित सोमबार, कात्तिक १७, २०८२
आदिवासी जनजाति महासंघ क्यालिफोर्नियाको अध्यक्षमा दोङ 
आदिवासी जनजाति महासंघ क्यालिफोर्नियाको अध्यक्षमा दोङ  मंगलबार, कात्तिक ११, २०८२
उपत्यका ट्राफिक प्रहरी ‘कन्ट्रोल रुम’ पुनः निर्माण सम्पन्न
उपत्यका ट्राफिक प्रहरी ‘कन्ट्रोल रुम’ पुनः निर्माण सम्पन्न मंगलबार, कात्तिक ११, २०८२
आयुसिएनको क्षेत्रीय परिषद् सदस्यमा अधिकारी निर्वाचित
आयुसिएनको क्षेत्रीय परिषद् सदस्यमा अधिकारी निर्वाचित बिहीबार, असोज ३०, २०८२
बाढी–पहिरो प्रभावित इलाममा  एनआरएनएकाे राहत
बाढी–पहिरो प्रभावित इलाममा एनआरएनएकाे राहत आइतबार, असोज २६, २०८२
गैरआवासीय नेपाली संघले मनायो २२ औं स्थापना दिवस
गैरआवासीय नेपाली संघले मनायो २२ औं स्थापना दिवस आइतबार, असोज २६, २०८२
एनआरएनएको टोलीको जनाए प्रधानमन्त्री तथा वरिष्ठ मन्त्रहरूसँग पुनर्निर्माणमा सघाउने प्रतिबद्धता
एनआरएनएको टोलीको जनाए प्रधानमन्त्री तथा वरिष्ठ मन्त्रहरूसँग पुनर्निर्माणमा सघाउने प्रतिबद्धता शुक्रबार, असोज १०, २०८२
लोकप्रिय
  • Week
  • Month
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
जेन–जी आन्दोलनः सुधार र पुनर्जागरणको संकेत
जेन–जी आन्दोलनः सुधार र पुनर्जागरणको संकेत
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध  ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
सिण्डिकेडविरुद्ध संघको खबरदारी
सिण्डिकेडविरुद्ध संघको खबरदारी
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP