Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #लोचाखोला
  • #रावाबेँसी
  • #हौँचुर
  • #नेत्रज्योति दिवस
  • #सीता वादी
  • #सोविता गौतम
  • #गीता_चौधरी
Search Here
प्रवास
  • Home
  • प्रवास
  • पूर्वमेयरलाई बद्नाम गर्न खोजिएको भन्दै आपत्ति
पूर्वमेयरलाई बद्नाम गर्न खोजिएको भन्दै आपत्ति
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, माघ १२, २०७६
Hardik health
नुवाकोट–नुवाकोट जिल्लाको विदुर नगरपालिकाका पूर्व मेयर कमानसिंह लामाले आफूलाई अन्य व्यक्तिको लेनदेनमा मुछेर बदनाम गर्न खोजिएको भन्दै आपत्ती जनाएका छन् । शनिबार पत्रकार सम्मेलन गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्व केन्द्रीय सदस्य समेत रहेका लामाले धनमाया तामाङ र कृष्ण तामाङको लेनदेनको विवादमा आफूलाई मुछेर बदनाम गर्न खोजिएको भन्दै न्यायका लागि अदालतदेखि मिडियासम्म जान बाध्य भएको बताए । उनले कृष्ण तामाङ र धनमाया तामाङको ९ लाख ५२ हजार रूपैयाँ घरायसी लेनदेन मिलिसकेको प्रमाणहरू पेश गर्दै यसमा आफूले कसैलाई अन्याय नपरोस् भनेर उल्टै सहयोग गर्दा नियोजित रूपमा बदनाम गरिएको स्पष्ट पारे । उनले भने, ‘कमानसिंह लामा कसैको एक पैसा खाएर हिंडेको मान्छे होइन, पैसाको लेनदेनमा मकहाँ आएपछि उल्टै सहयोग गर्दा मेरै बदनाम गर्ने काम भयो ।’ कृष्ण तामाङ आफूकहाँ आएर मर्नुपर्ने अवस्थामा पुगेँ भनेपछि धनमाया तामाङलाई डाकेर रकम पाउने वातावरण मिलाइदिएको उनको स्पष्टोक्ति थियो । कृष्ण तामाङको भविष्यलाई ध्यानमा राखेर आशिष थापालाई डाकेर रकम दिने वातावरण बनाएको उनले बताए । उनले आशिष थापाले आफूले असोज २८ गते चार लाख बाउन्न हजार नगद, मंसिर २७ गते चार लाख नगद र सिटी एक्सप्रेसमार्फत् ५० हजार रकम प्रदान गरेको प्रमाण पेश गरे । त्यस्तै, आई.एम.ई मार्फत पनि ५० हजार रकम आफूहरूले धनमाया तामाङलाई पठाएको सुनाए । पैसा दिने प्रतिवद्धता व्यक्त भइसकेपछि आफूहरूलाई किरण सिंह र बमबहादुर तामाङ भन्ने व्यक्तिले रकम नदिए मार्ने धम्की दिएको लामाले बताए । उनले भने,‘मसँग धम्कीको रेकर्ड र फोन नम्बर समेत सुरक्षित छ ।’ त्यसपछि धनमायालाई डाकेर किन यस्तो गरेको रकम दिइहाल्थे भनेको बताए । विदुर नगरपालिकाका तरुण दल इकाई सदस्य समेत रहेका आशिष थापाका अनुसार २०७६ असोज २८ ४ लाख ५२ हजार रूपैयाँ धनमायाले भनेबमोजिम किरण सिंहलाई नगद रकम पठाइएको थियो । २७ मंसिरमा ४ लाख दिइएको र बाँकी ५० हजार २८ पौषमा दिइएको थियो । चेक र मनि एक्सप्रेसमार्फत् रकम दिएर सादा कागजमा भौचर बनाएर टाइप गरेर हस्ताक्षर समेत गराइएको थापाको भनाई छ । आफू अस्वस्थ भई बस्दा समेत रकम पठाएको भन्दै अनावश्यक रूपमा कमानसिंह लामालाई मुछेको भन्दै आपत्ती जनाए । अन्तिम किस्तावापत्को रकम सिटी मनी एक्सप्रेसबाट पठाएको थापाले बताए । रकम पूरा दिइसक्दा पनि आफूहरूलाई नियोजित रूपमा बदनाम गरिएको भन्दै लामा र थापाले गम्भीर आपत्ती जनाए । लामाले आफूले कुनै गल्ती गरेको भए प्रहरीमा उजूरी दिई वा अदालतमा मुद्या दायर गरी कारबाही अगाडि बढाउन चुनौती दिए । उनले भने,‘मलाई नखाएको विष लाग्यो ।’ आफ्नो परिवारका सदस्यलाई समेत तनावमा पार्ने गतिविधि भएको भन्दै झुटा विषय बाहिर आएकोमा दुधको दुध पानीको पानी गर्न पत्रकारहरूलाई आग्रह गरे । लामाले आफूमाथि मानहानी भएको भन्दै अदालतको ढोका ढकढकाएको समेत बताए । उनले भने, ‘मानिसहरू किन विनाकारण आत्महत्या गर्दारहेछन् भन्ने अहिले बुझ्दैछु । नभएको कुरा प्रचार नगरियोस् ।’ आफूले अन्याय गरेको भए जस्तोसुकै सजाय भोग्न तयार भएको उनको भनाई थियो । पैसा लिइसकेको चेकको भुक्तानीलगायत सबै प्रमाण आफूहरूसँग रहेको उनले बताए ।
प्रकाशित मिति: आइतबार, माघ १२, २०७६  ०८:५३
प्रतिक्रिया दिनुहोस्
थप प्रवास
थाइल्याण्डमा एएनओको समिति गठन
थाइल्याण्डमा एएनओको समिति गठन सोमबार, चैत १६, २०८२
एनआरएनए फ्रान्सको विवाद मिल्यो, अध्यक्ष डा. शर्मा पेरिसमा
एनआरएनए फ्रान्सको विवाद मिल्यो, अध्यक्ष डा. शर्मा पेरिसमा सोमबार, चैत ९, २०८२
नेपालको समृद्धिमा योगदान गर्न गैरआवासीय नेपालीलाई परराष्ट्रमन्त्री शर्माको आह्वान
नेपालको समृद्धिमा योगदान गर्न गैरआवासीय नेपालीलाई परराष्ट्रमन्त्री शर्माको आह्वान मंगलबार, चैत ३, २०८२
एनआरएनए नागरिकता कार्यान्वयन हुनेगरी कानुन संशोधन गर्न माग
एनआरएनए नागरिकता कार्यान्वयन हुनेगरी कानुन संशोधन गर्न माग आइतबार, चैत १, २०८२
एनआरएनएकाे उम्मेदवारहरूको पहिलो नामावली सार्वजनिक
एनआरएनएकाे उम्मेदवारहरूको पहिलो नामावली सार्वजनिक बिहीबार, फागुन २८, २०८२
एनआरएनएकाे १२ औं बृहत एकताको अन्तर्राष्ट्रिय महाधिवेशन हुँदै
एनआरएनएकाे १२ औं बृहत एकताको अन्तर्राष्ट्रिय महाधिवेशन हुँदै मंगलबार, फागुन १२, २०८२
एनआरएनए अध्यक्षका उम्मेदवार रोविन शेरचन विश्व दौडाहामा
एनआरएनए अध्यक्षका उम्मेदवार रोविन शेरचन विश्व दौडाहामा बिहीबार, फागुन ७, २०८२
लोकप्रिय
  • Week
  • Month
विश्व क्षयरोग दिवस: नेपालको अवस्था 
विश्व क्षयरोग दिवस: नेपालको अवस्था 
स्ट्रेट अफ होरमुजमा इरानको नियन्त्रण, विश्व बजारमा तेल संकट
स्ट्रेट अफ होरमुजमा इरानको नियन्त्रण, विश्व बजारमा तेल संकट
विभागमा पुनः श्रम स्वीकृति लिनेको चाप, नयाँ न्यून 
विभागमा पुनः श्रम स्वीकृति लिनेको चाप, नयाँ न्यून 
रास्वपाको वाचा पूरा गर्ने जिम्मेवारीमा श्रममन्त्री साह, यी हुन् चुनौती
रास्वपाको वाचा पूरा गर्ने जिम्मेवारीमा श्रममन्त्री साह, यी हुन् चुनौती
नवनियुक्त प्रधानमन्त्री साहबाट शपथ ग्रहण सम्पन्न
नवनियुक्त प्रधानमन्त्री साहबाट शपथ ग्रहण सम्पन्न
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP