Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #लोचाखोला
  • #रावाबेँसी
  • #हौँचुर
  • #नेत्रज्योति दिवस
  • #सीता वादी
  • #सोविता गौतम
  • #गीता_चौधरी
Search Here
प्रवास
  • Home
  • प्रवास
  • राजधानीमा सोनम ल्होसारको उल्लास – राष्ट्रपति भण्डारी गइनन् टुँडिखेल
राजधानीमा सोनम ल्होसारको उल्लास – राष्ट्रपति भण्डारी गइनन् टुँडिखेल
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, माघ १२, २०७६
Lhosar news
Hardik health
काठमाडौं– तामाङ समुदायले नयाँ वर्ष २८५६ अर्थात सोनाम ल्होछार शनिबार भव्यरूप मनाएको छ । हरेक वर्ष माघ शुक्लपक्ष प्रतिपदाका दिन नयाँ वर्षारम्भका रूपमा तामाङ जातिले यस पर्वलाई मनाउने गर्दछन् । यस पर्वले तामाङ समुदायको परम्परागत संस्कृतिको संरक्षण र सम्वद्र्धनमा योगदान पुर्याउँदै आएको छ । बाग्मती प्रदेशका १३ जिल्लामा तामाङ समुदायको बाहुल्यता रहेको पाइन्छ । यस्तै मुलुकका विभिन्न जिल्लाबाट काठमाडौं आएर विभिन्न पेशा व्यवसायमा संलग्न तामाङ समुदाय नयाँ वर्षका उपलक्ष्यमा टुँडिखेलमा आयोजित सांस्कृतिक महोत्सवमा सहभागी भएका थिए । सो अवसरमा आयोजित कार्यक्रममा तामाङ समुदायका युवा नेता एवं सांसद प्रेम तामाङ, तामाङ समुदायका अगुवा राजनीतिज्ञ कमानसिंह तामाङ, पर्शुराम तामाङलगायतले आफ्नो समुदायले उठाएका मुद्दालाई सरकार र प्रमुख राजनीतिक दलबाटै सम्बोधन गर्न कञ्जुस्याइँ गरेको भनी गुनासो गरे । तामाङ जातिको मात्र नभई स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली जातिको चाडका रूपमा रहेको सोनाम ल्होछार पर्वलाई सरकारले बेवास्ता गरेका भनी सो अवसरमा उनीहरूले दुखेसो व्यक्त गरे । महोत्सवमा तामाङ समुदायको संस्कृति, भेषभूषा झल्कने सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको थियो । महोत्सवमा उक्त समुदायको परिचय गराउने १०० भन्दाबढी खानपिनका कक्ष सञ्चालन गरिएको थियो । महोत्सवमा तामाङ समुदायका युवायुवतीको ठूलो संख्यामा सहभागिता देखिन्थ्यो । ल्होसार उद्घाटन कार्यक्रममा राष्ट्रपति विद्या भण्डारी भने गइनन् । यसअघि टुँडिखेलमा हुने ल्होसार कार्यक्रमको उद्घाटन राष्ट्रपति भण्डारीले गर्ने तय भएको आयोजकले जनाएको थियो । तर, अन्तिम क्षणमा आएर राजनीति नारा भएको भन्दै राष्ट्रपति भण्डारी कार्यक्रममा नगएको बताइएको छ । यसैबीच उपराष्ट्रपति नन्दबहादुर पुनले नेपालका मौलिक कला संस्कृतिले सम्पूर्ण नेपालीबीच आपसी सद्भाव, सामाजिक एकता र भातृत्व कायम गर्ने विश्वास व्यक्त गरेका छन् । तामाङ समुदायको महान् सांस्कृतिक चाड ‘सोनाम ल्होछार–२८५६’ को अवसरमा शनिबार शुभकामना सन्देश दिँदै उनले यस पर्वले तामाङ समुदायको मौलिक संस्कृतिको संरक्षण तथा सम्वद्र्धन साथै आपसी सद्भाव, प्रेम, भातृत्व, सहिष्णुता र एकता प्रवद्र्धन गर्न सहयोग पु¥याउने बताए । काठमाडौं उपत्यका आसपासमा आदिमकालदेखि बसोबास गर्दै आएका तामाङ समुदायको मौलिक भाषा, लिपि, संस्कृति, रितिरिवाज, भेषभूषासहितको विशिष्ट पहिचान रहेको भन्दै उनले तामाङ सेलो गीत, टुङ्ना र डम्फुको संगीत नेपालका सम्पूर्ण जातजातिको लोक भाकाको अभिन्न अंग बनेको बताए । मौलिक कला, संस्कृतिको संरक्षण तथा सम्वद्र्धनमा राज्यको प्रमुख दायित्व रहेको उल्लेख गर्दै उपराष्ट्रपतिले राष्ट्रको पहिचान र अमूल्य निधिका रूपमा रहेका कला संस्कृतिकको संरक्षणमा सबैको ध्यान जाने विश्वास व्यक्त गरे ।
प्रकाशित मिति: आइतबार, माघ १२, २०७६  ०७:४६
प्रतिक्रिया दिनुहोस्
थप प्रवास
थाइल्याण्डमा एएनओको समिति गठन
थाइल्याण्डमा एएनओको समिति गठन सोमबार, चैत १६, २०८२
एनआरएनए फ्रान्सको विवाद मिल्यो, अध्यक्ष डा. शर्मा पेरिसमा
एनआरएनए फ्रान्सको विवाद मिल्यो, अध्यक्ष डा. शर्मा पेरिसमा सोमबार, चैत ९, २०८२
नेपालको समृद्धिमा योगदान गर्न गैरआवासीय नेपालीलाई परराष्ट्रमन्त्री शर्माको आह्वान
नेपालको समृद्धिमा योगदान गर्न गैरआवासीय नेपालीलाई परराष्ट्रमन्त्री शर्माको आह्वान मंगलबार, चैत ३, २०८२
एनआरएनए नागरिकता कार्यान्वयन हुनेगरी कानुन संशोधन गर्न माग
एनआरएनए नागरिकता कार्यान्वयन हुनेगरी कानुन संशोधन गर्न माग आइतबार, चैत १, २०८२
एनआरएनएकाे उम्मेदवारहरूको पहिलो नामावली सार्वजनिक
एनआरएनएकाे उम्मेदवारहरूको पहिलो नामावली सार्वजनिक बिहीबार, फागुन २८, २०८२
एनआरएनएकाे १२ औं बृहत एकताको अन्तर्राष्ट्रिय महाधिवेशन हुँदै
एनआरएनएकाे १२ औं बृहत एकताको अन्तर्राष्ट्रिय महाधिवेशन हुँदै मंगलबार, फागुन १२, २०८२
एनआरएनए अध्यक्षका उम्मेदवार रोविन शेरचन विश्व दौडाहामा
एनआरएनए अध्यक्षका उम्मेदवार रोविन शेरचन विश्व दौडाहामा बिहीबार, फागुन ७, २०८२
लोकप्रिय
  • Week
  • Month
विश्व क्षयरोग दिवस: नेपालको अवस्था 
विश्व क्षयरोग दिवस: नेपालको अवस्था 
स्ट्रेट अफ होरमुजमा इरानको नियन्त्रण, विश्व बजारमा तेल संकट
स्ट्रेट अफ होरमुजमा इरानको नियन्त्रण, विश्व बजारमा तेल संकट
विभागमा पुनः श्रम स्वीकृति लिनेको चाप, नयाँ न्यून 
विभागमा पुनः श्रम स्वीकृति लिनेको चाप, नयाँ न्यून 
रास्वपाको वाचा पूरा गर्ने जिम्मेवारीमा श्रममन्त्री साह, यी हुन् चुनौती
रास्वपाको वाचा पूरा गर्ने जिम्मेवारीमा श्रममन्त्री साह, यी हुन् चुनौती
नवनियुक्त प्रधानमन्त्री साहबाट शपथ ग्रहण सम्पन्न
नवनियुक्त प्रधानमन्त्री साहबाट शपथ ग्रहण सम्पन्न
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP