Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #कोजाग्रत_पूर्णिमा
  • #सराय
  • #गाईपालन
  • #काठेपिङ
  • #नोबेल_पुरस्कार
  • #विश्व दृष्टि दिवस
  • #छिमली र पट्टा नाच
  • #कोशी प्रदेश
  • #पुर्ख्याैली_सीप
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • मलेसियाले १५ देशका कामदारलाई तीन दिनभित्र स्वीकृति दिने
मलेसियाले १५ देशका कामदारलाई तीन दिनभित्र स्वीकृति दिने
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, पुस २८, २०७९
Hardik health
काठमाडौं- आप्रवासी कामदारहरुको अभाव चुलिँदै गएपछि मलेसिया सरकारले छिटोभन्दा छिटो आपूर्ति गर्ने रणनीति लिएको छ । १५ देशका आप्रवासी कामदारलाई आवेदन दिएको तीन दिनभित्र स्वीकृति दिने त्यहाँको गृह मन्त्रालयले जानकारी दिएको हो । मलेसियाको प्रतिष्ठित अनलाइन सञ्चारमाध्यम ‘द स्टार’का अनुसार विदेशी कामदारको भर्ना आवेदन तीन दिनभित्र स्वीकृति दिन मन्त्रिपरिषद्ले सहमति दिएको गृहमन्त्री सैफुद्दिन नासुशन इस्माइलले बताएका छन् । उनका अनुसार ‘विदेशी कामदार भर्नाको छुट योजना’अन्तर्गत रोजगारदाताहरूले वर्तमान आवश्यकता र योग्यताका आधारमा १५ देशका कामदारलाई नियुक्तिपूर्व सर्त र योग्यता कोटाहरू पार नगरी काम गर्न अनुमति दिइनेछ । ‘मलेसियाको रोजगार ऐनको धारा ६० (के) अनुसार विशेष योजना लागू भएको छ,’ उनले भनेका छन्, ‘यस योजनामा रोजगारदाताहरूले न्यूनतम पारिश्रमिक भुक्तानीजस्ता आवश्यकताहरूको पालना गर्नुपर्छ ।’रोजगारदाताहरूले कामदार स्वीकृतिका लागि आवेदन दिएको तीन दिनभित्र स्वीकृति पाउने उल्लेख गर्दै विदेशी श्रमिक लिने पक्रियालाई सजिलो बनाउने पक्रिया सुरु भएको समाचारमा जनाइएको छ । यसबाट विदेशी कामदारको अभावलाई कम गर्न धेरै मद्दत पुग्ने अपेक्षा गरिएको छ । हाल मलेसियामा नेपालसहित भारत, थाइल्याण्ड, कम्बोडिया, म्यानमार, लाओस, भियतनाम, फिलिपिन्स, पाकिस्तान, श्रीलंका, बंगलादेश, तुर्कमेनिस्तान, उज्ज्वेकिस्तान, इण्डोनेसिया र काजाकिस्तान गरी १५ मुलुकबाट कामदार आपूर्ति भइरहेको बताइन्छ ।यस्तै अर्को एक कार्यक्रममा गृहमन्त्री सैफुद्दीनले विदेशी कामदारहरूको वैधता दिनेगरी (वैधानिक कागजात नभएका) पुनः क्यालिब्रेसन कार्यक्रम यस वर्षको डिसेम्बरसम्म लम्बिने बताएका छन् । ३ १ डिसेम्बरमा २०२२ मा सकिएको यस कार्यक्रमलाई बढाउन पनि मन्त्रिपरिषद्ले सहमति दिएको उनको भनाइ छ । यस कार्यक्रमले मलेसियामा कामदार उपलब्ध गराउन सहज हुने बताइएको छ । रिकलिब्रेसन कार्यक्रमले अघिल्लो वर्ष चार लाख १८ हजारभन्दा बढी विदेशी कामदार दर्ता गरेको त्यहाँको गृह मन्त्रालयले जनाएको द स्टारले उल्लेख गरेको छ । पुनः क्यालिब्रेसन कार्यक्रमअन्तर्गत रोजगारदाताहरूले वैधानिक कागजातविना विदेशी कामदारहरूलाई काममा राख्न सक्ने छन् । त्यसका लागि कामदारहरूलाई ‘कानुनी’ बनाउन रोजगारदाताले शुल्क तिर्नुपर्ने व्यवस्था गरिएको छ । उचित कागजातविना नै रोजगारदाताहरूको सुविधाका लागि कामदार दिनेछौं,’ सैफुद्दिनले भनेका छन्, ‘अझै पनि रोजगारीमा रहेका कामदारहरूका लागि भिसालगायतका शुःल्क रोजगारदाताहरूले तिर्नुपर्छ र त्यसपछि हामी उनीहरूको काम गर्ने अनुमति विस्तार गर्नेछौं ।’ उनले विदेशी कामदार भर्नाको पुनः क्यालिब्रेसन विस्तारलाई तुरुन्तै लागू गरिने र मलेसियामा विदेशी घरेलु कामदार वा कामदारलाई पनि समावेश गर्ने बताए । यसअघि पनि मलेसियामा निर्माण, उत्पादन, वृक्षरोपण, कृषि र सेवा जस्ता निश्चित क्षेत्रहरूमा रोजगारदाताहरूलाई कानुनीरूपमा विदेशी कामदारहरूलाई रोजगारी अनुमति दिन पुनः क्यालिब्रेसन कार्यक्रम लागू गरिएको थियो । त्यस्तै उक्त कार्यक्रमअन्तर्गत श्रम गर्न नचाहने दुई लाख ९५ हजार ४२५ जनालाई आवश्यक शुःल्क (जरिवाना) लिएर स्वदेश फर्काइएको त्यहाँको गृह मन्त्रालयले जनाएको छ । मलेसियाले सन् २०२४ सम्ममा १० लाख आप्रवासी कामदार भित्र्याउने लक्ष्य राखेको छ भने उनीहरुको न्यूनतम ज्यालादर र सुविधाजनक बासस्थानको व्यवस्था गर्न कडा निर्देशन जारी गरेको छ । कोरोना महामारीपश्चात् खुलेको मलेसियाको श्रमबजारमा न्यूनतम ज्यालादर वृद्धि भएर एक हजार ५०० रिंगेट पुगेसँगै विदेशी कामदारको आकर्षण बढेको जानकारहरुको भनाइ छ । वैदेशिक रोजगारीका लागि प्रमुख गन्तव्य मानिएको मलेसियामा नेपालबाट मात्रै चालु आर्थिक वर्षको पाँच महिनाको अवधिमा डेढ लाखको हाराहारीमा कामदार पुगेको वैदेशिक रोजगार विभागको तथ्यांकले देखाएको छ । हाल मलेसियाले कामदार मात्र नभई घरेलु कामदारको पनि माग गरिरहेको विभागले जनाएको छ । यद्यपि, नेपालको कानुनअनुसार घरेलु कामदार पठाउन बन्देज भए पनि यस वर्ष ठूलो संख्यामा नेपाली कामदारहरु रोजगारीका लागि मलेसिया पुग्ने अनुमान गरिएको छ ।
प्रकाशित मिति: बिहीबार, पुस २८, २०७९  १६:३२
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
वैदेशिक रोजगारीमा जाने महिलाको संख्या बर्सेनि बढ्दै
वैदेशिक रोजगारीमा जाने महिलाको संख्या बर्सेनि बढ्दै शुक्रबार, असोज २४, २०८२
कतारको कानुनविपरीत हुने कुनै पनि गतिविधिमा संलग्न नहुन दूतावासको आग्रह 
कतारको कानुनविपरीत हुने कुनै पनि गतिविधिमा संलग्न नहुन दूतावासको आग्रह  बिहीबार, असोज २३, २०८२
मलेसियाको पुँजी र सीपको सदुपयोग- कृषि फार्मबाट आम्दानीसँगै रोजगारी दिँदै देउकुमार
मलेसियाको पुँजी र सीपको सदुपयोग- कृषि फार्मबाट आम्दानीसँगै रोजगारी दिँदै देउकुमार बुधबार, असोज २२, २०८२
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार शुक्रबार, असोज १०, २०८२
भिजिट भिसा प्रयोगमा देखिएका चुनौतिबारे छलफल
भिजिट भिसा प्रयोगमा देखिएका चुनौतिबारे छलफल शुक्रबार, असोज १०, २०८२
युएईबाहेक अन्य मुलुकमा भिसा रोकिएको छैन
युएईबाहेक अन्य मुलुकमा भिसा रोकिएको छैन बिहीबार, असोज ९, २०८२
युएईको कानुनविपरीत गतिविधिमा नलाग्न दूतावासको आग्रह
युएईको कानुनविपरीत गतिविधिमा नलाग्न दूतावासको आग्रह बुधबार, असोज ८, २०८२
लोकप्रिय
  • Week
  • Month
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
वर्षाका कारण दुई दिन बिदा घोषणा
वर्षाका कारण दुई दिन बिदा घोषणा
बढी भाडा असुल्नेलाई कारबाही
बढी भाडा असुल्नेलाई कारबाही
धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरियो, राति जाग्राम बसिँदै
धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरियो, राति जाग्राम बसिँदै
निर्वाचनसम्बन्धी छलफलका लागि राजनीतिक दललाई आयोगद्वारा पत्राचार
निर्वाचनसम्बन्धी छलफलका लागि राजनीतिक दललाई आयोगद्वारा पत्राचार
घरसँगै जल्यो इतिहास
घरसँगै जल्यो इतिहास
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
शिक्षाका सात आयाम
शिक्षाका सात आयाम
उपराष्ट्रपति झाकाे घरमा आगजनी
उपराष्ट्रपति झाकाे घरमा आगजनी
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP