Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #काठमाडौं निर्वाचन क्षेत्र नम्बर-२
  • #डा.विश्वास बस्नेत
  • #पुतली_नाच
  • #टाइगर कप
  • #मनोनयन_दर्ता
  • #तामाङ_घेदुङ
  • #सोनाम_ल्होछार
  • #शेरबहादुर देउवा
  • #सोनाम_ल्होच्छार
Search Here
विश्व
  • Home
  • विश्व
  • हजयात्रा महामारीअघिको अवस्थामा फर्कदै
हजयात्रा महामारीअघिको अवस्थामा फर्कदै
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, पुस २७, २०७९
Hardik health
साउदी अरब  - हजयात्रा महामारी अघिको अवस्थामा फर्कने भएको छ । साउदी अरब सरकारले वार्षिक धार्मिक उत्सव हज तीर्थयात्रा कोरोनाभाइरसका कारण लगाएका प्रतिबन्ध क्रमशः हटाएसँगै महामारीपूर्वको अवस्थामा फर्किन लागेको हो । हज गर्न विश्वभरका मुसलमानहरू एकत्रित हुने पवित्र शहर मक्कामा दिनको पाँचपटक प्रार्थना गर्ने प्रचलनअनुसार आफ्नो जीवनकालमा एकपटक मक्कामा तीर्थयात्रा गर्नेलाई कोभिड कालमाभन्दा यसपटक सहज हुने सरकारी अधिकारीले बताएका छन् । सन् २०१९ मा २४ लाखभन्दा बढी तीर्थयात्रीले मक्कामा हज गरेका थिए भने कोभिड फैलिएर विश्व नै आक्रान्त भएपछि सन् २०२० मा एक हजार जना आफ्नो देशका नागरिकलाई हजको अनुमति दिइएको थियो । सन् १९१८ को महामारीमा पनि यति थोरै तीर्थयात्रीलाई हजको अनुमति दिइएको थिएन । शताब्दीअघिको त्यो महामारीमा संसारभरका दशौँ लाखले ज्यान गुमाएका थिए । सन् २०२१ मा ६० हजार साउदी नागरिकले मक्कामा हजको अनुमति पाएका थिएभने गत वर्ष १० तीर्थयात्री त्यहाँ पुगेका थिए ।लालसागरको बन्दरगाह शहर जेद्दामा यो वर्षको हजसम्बन्धी एक सम्मेलनमा सोमबार राति बोल्दै साउदी अरबका हजमन्त्री तौफिक बिन फवजान अलरबियाहले कोभिडसम्बन्धी प्रतिबन्ध हटाउने घोषणा गरे  । महामारीको अघिको अवस्थामा झै यो वर्ष जोसुकै हज गर्न आउनसक्ने बताउँदै उनले तीर्थयात्रीको उमेरमा पनि प्रतिबन्ध नलगाइने जानकारी दिए  । हजयात्राका निम्ति अनुमति पाएको संसारको जुनसुकै कम्पनीसँग यात्रा व्यवस्थापनको सम्झौता गर्न सरकारले अनुमति दिएको जानकारी पनि उनले दिए । यसअघि साउदी सरकारले १८ देखि ६५ वर्ष उमेर समूहका यात्रीलाई मात्र हजमा सहभागी गराउने तथा सीमित निजी कम्पनीलाई यात्रा प्रबन्धको अनुमति दिएको थियो । पेट्रोलियम पदार्थको धनी राष्ट्र साउदीमा हज यात्रीबाट भारीमात्रामा राजस्व सङ्कलन हुने गरेको छ भने देशको वैदेशिक मुद्रा आर्जनको मुख्य स्रोत बनेको छ हजयात्रा। हज गर्नेस्थललाई साउदी सरकारले प्राथमिकताका साथ संरक्षण गरेको छ । हजयात्राका बेला हुने महामारी र रोगव्याधीको प्रकोप साउदी सरकारका निम्ति सधैँ चिन्ताको विषय बन्ने गरेको छ । औलो, हैजालगायत महामारीबाट हजारौँ हजयात्रीले ज्यान गुमाएका छन् । सन् १८२१ मा २० हजार तथा १८६५ मा १५ हजार तीर्थयात्रीको मृत्यु भएको थियो । इबोला भाइरहस उद्स्थल मानिएका देशबाट हजमा आउन नपाउने नियम पनि साउदीले लागू गरेको थियो भने उसले बिरामी र वृद्धहरूलाई पनि मक्का आउन नपाउने आदेश जारी गरेको थियो । सन् २०१२–१३ मा पनि श्वासप्रश्वाससम्बन्धी सङ्क्रमणको सामना गरेको साउदीले हजका बेला रोग फैलिन नदिन विशेष उपाय अपनाउँदै आएको छ । त्यसबेला मिडल इष्ट रेष्पिरेट्री सिन्ड्रोम (एम्ईआर्एस्)को त्रास फैलिँदा सरकारले सार्वजनिक स्वास्थ्यसम्बन्धी विभिन्न नियम जारी गरेको थियो । आगामी जेठको मध्यतिर हुने यो वर्षको हजमा कोरोनाभाइरससम्बन्धी प्रतिबन्ध हटाइएको घोषणा सरकारीस्तरबाट भए पनि के कस्ता स्वास्थ्य सावधानी अपनाइने छ भन्नेबारेमा हजमन्त्रीले केही जानकारी दिएको छैन । कोरोनाभाइरसविरुद्ध खोप लगाउन वा परीक्षण गर्नुपर्ने बाध्यत्मक व्यवस्था नभए पनि अन्य रोगविरुद्धका खोप नलागाइ हजमा सहभागी हुन नपाइने कडा कानुन साउदी सरकारले कार्यान्वयन गर्दै आएको छ ।
प्रकाशित मिति: बुधबार, पुस २७, २०७९  ०९:३४
प्रतिक्रिया दिनुहोस्
थप विश्व
सानो हमिङबर्डको अन्तिम आश्रय
सानो हमिङबर्डको अन्तिम आश्रय शुक्रबार, माघ ९, २०८२
टी-२० विवादले भारतको ओलम्पिक सपना प्रभावित
टी-२० विवादले भारतको ओलम्पिक सपना प्रभावित शुक्रबार, माघ ९, २०८२
जापानको उपभोक्ता मूल्य २०२५ मा उच्च, ऊर्जा र खाद्य मूल्यमा उतार–चढाव
जापानको उपभोक्ता मूल्य २०२५ मा उच्च, ऊर्जा र खाद्य मूल्यमा उतार–चढाव शुक्रबार, माघ ९, २०८२
रुस, युक्रेन र अमेरिका अबुधाबीमा वार्ता गर्ने
रुस, युक्रेन र अमेरिका अबुधाबीमा वार्ता गर्ने शुक्रबार, माघ ९, २०८२
इरान प्रदर्शनमा मृत्यु हुनेको सङ्ख्या पाँच हजार नाघ्यो, अमेरिकी ‘आर्मडा’ नजिकिँदै
इरान प्रदर्शनमा मृत्यु हुनेको सङ्ख्या पाँच हजार नाघ्यो, अमेरिकी ‘आर्मडा’ नजिकिँदै शुक्रबार, माघ ९, २०८२
शान्ति बोर्डको प्रस्तावले ईयू-अमेरिका सम्बन्धमा तनाव
शान्ति बोर्डको प्रस्तावले ईयू-अमेरिका सम्बन्धमा तनाव शुक्रबार, माघ ९, २०८२
डब्लुएचओबाट अमेरिका बाहिरियाे, विश्व स्वास्थ्यमा अनिश्चितता
डब्लुएचओबाट अमेरिका बाहिरियाे, विश्व स्वास्थ्यमा अनिश्चितता शुक्रबार, माघ ९, २०८२
लोकप्रिय
  • Week
  • Month
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
उच्च पहाडी तथा हिमाली भेगका हिमपातको सम्भावना
उच्च पहाडी तथा हिमाली भेगका हिमपातको सम्भावना
ल्होछारलाई सधैं एउटै मितिमा पर्ने गरी तय गर्नुपर्ने :  दिलमान पाख्रिन
ल्होछारलाई सधैं एउटै मितिमा पर्ने गरी तय गर्नुपर्ने : दिलमान पाख्रिन
आजदेखि  निर्वाचन आचारसंहिता लागू
आजदेखि निर्वाचन आचारसंहिता लागू
बालेनले दिए राजीनामा
बालेनले दिए राजीनामा
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP