Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मलेसियान_सिण्डिकेट
  • #कमेडी शो
  • #The Fun२sss Show
  • #राष्ट्रियसभा _ बैठक
  • #नेशनल लाईफ इन्स्योरेन्सक
  • #नेपाल स्टक एक्सचेञ्‍ज
  • #सुनचाँदी
  • #विश्व_सहरीकरण_दिवस
  • #लायन्सकाे_एन्थम
Search Here
कला-मनोरञ्‍जन
  • Home
  • कला-मनोरञ्‍जन
  • नाटक रोपेगुना फलको टिकटक प्रतियोगिताको निर्णायकमा मिस पवी
नाटक रोपेगुना फलको टिकटक प्रतियोगिताको निर्णायकमा मिस पवी
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, पुस १३, २०७९
Hardik health
काठमाडाैं -  टिकटकमा चर्चित मोडल मिस पवी अडियो/रेडियो नाटक रोपेगुना फलको टिकटक प्रतियोगिताको निर्णायक छानिएकी छिन् । हिजाे साेमवार ललितपुरमा भएको एक कार्यक्रममा एन्टेना फाउण्डेशन नेपाल र मिस पवीबीच त्यस कार्यका लागि सहमति भएको हो । स्थापित सञ्चार संस्था एन्टेना फाउण्डेशन नेपालले टिकटक पारखीका लागि लोभलाग्दो योजना सार्वजनिक गरेसँगै मिस पवी यस अभियानमा जोडिएकी हुन् । सार्वजनिक योजनाअनुसार अडियो/रेडियो नाटक रोपेगुना फलमा आधारित टिकटक बनाउने उत्कृष्ट तीन जनाले आकर्षक नगद पुरस्कार पाउनेछन् । विशेषगरी जन्मेदेखि आठ वर्षसम्मका बालबालिका हुर्काउन र बढाउन अभिभावकको जिम्मेवारीमा उत्कृष्ट टिकटक बनाउनेमध्येबाट पहिलो हुनेले ५० हजार, दोस्राे हुनेले ३० हजार र तेस्राे हुनेले २० हजार रुपैयाँ पुरस्कार पाउने छन् । टिकटक प्रतियोगितामा चर्चित टिकटकर मिस पवीले प्रचारप्रसार, प्रवर्द्धन तथा निर्णायक समूहमा रही सहयोग गर्ने छिन् । मिस पवी सुदूरपश्चिममा बोलिने डोटेली भाषामा समसामयिक सन्देशमूलक टिकटक बनाएर दर्शकमाझ लोकप्रिय छिन् । रोपेगुना फल अडियो/रेडियो सुदूरपश्चिम र कर्णाली प्रदेशका अभिभावक, किशोरकिशोरी तथा युवायुवतीलाई लक्षित नाटक भएकोले त्यस क्षेत्रको लोकप्रिय लवजमा टिकटकमार्फत धेरैभन्दा धेरै लक्षित स्राेता–दर्शकसम्म पुग्नका लागि उपयोगी हुने भएकोले टिकटक प्रतियोगिता आयोजना गरिएको एन्टेना फाउण्डेशन नेपालका कार्यकारी निर्देशक विनय गुरागाई बताउँछन् । एन्टेना फाउण्डेशनका अनुसार यो प्रतियोगितामा भाग लिने प्रतियोगीले यस नाटकको कुनै पनि रेकर्डेड अङ्कबाट कुनै पनि संवाद छनाेट गर्न सक्ने छन् । टिकटक भिडियो न्यूनतम एक मिनेटको र अधिकतम तीन मिनेटको हुनु पर्नेछ । भिडियो कसैको पनि जातीय, लैङ्गिक, सांस्कृतिक तथा धार्मिक भावनामा आघात नपुग्ने गरी बनाउनु पर्नेछ । भिडियो बनाउँदा बालबालिका, तथा शारीरिक अवस्था वा फरक क्षमता (अपाङ्गता) भएका व्यक्तिको अवस्था तथा भावनाप्रति संवेदनशील हुनुपर्छ । प्रतियोगितामा भाग लिने एक जनाले एउटा वा बढी टिकटक बनाउन सक्ने छन् वा समूहमा मिलेर समेत सहभागी हुन सक्ने छन् । टिकटक भ्युज, लाइक्स, कमेन्ट, शेयर सङ्ख्या र सामाजिक संवेदनाको कसीमा राखी प्रतियोगी छनाेट गरिनेछ । पुरस्कृत प्रतियोगीले एन्टेना फाउण्डेशन नेपालले उत्पादन गर्ने अडियो, रेडियो तथा भिडियो नाटकमा कलाकार भएरसमेत काम गर्ने अवसर पाउन सक्ने छन् । रेडियो नाटक रोपेगुना फल एन्टेना फाउण्डेसन नेपालको वेबसाइट www.afn.org.np, फेसबुक पेज @AntennaFN वा युट्युब च्यानल AntennaFoundationNepal मा उपलब्ध छ । प्रतियोगी टिकटकका लागि तीनै नाटक सुनेर संवाद रोज्न सकिन्छ । प्रतियोगीले प्रतियोगिताका लागि बनाइएका टिकटक भिडियोहरू आफ्नै टिकटक एकाउन्टबाट शेयर गर्नु पर्नेछ । त्यसरी भिडियो शेयर गर्दा #ropegunafal ह्यासट्याग र @antennafoundationnepal_लाई मेन्सन गर्नु पर्ने जनाइएकाे छ । टिकटक प्रतियोगिता २०७९ माघ १५ गतेसम्म कायम गरिएको छ । रोपेगुना फल युनिसेफ नेपालको सहयोगमा एन्टेना फाउण्डेशन नेपालले उत्पादन गर्ने लोकप्रिय धारावाहिक अडियो/रेडियो नाटक हो । यो अभियानमा पपुलेशन मिडिया सेन्टर र भायामो नामक संस्थासमेत संलग्न गरिएका छन् ।  
प्रकाशित मिति: बुधबार, पुस १३, २०७९  १९:१०
प्रतिक्रिया दिनुहोस्
थप कला-मनोरञ्‍जन
अवैध लागुऔषध सेवन र राखेको आरोपमा  मलेसियाली र्यापर नेमवीमाथि मुद्दा
अवैध लागुऔषध सेवन र राखेको आरोपमा  मलेसियाली र्यापर नेमवीमाथि मुद्दा मंगलबार, कात्तिक १८, २०८२
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै आइतबार, कात्तिक १६, २०८२
नेपालकै पहिलो इम्प्रभ कमेडी शो  प्रसारण शुरु
नेपालकै पहिलो इम्प्रभ कमेडी शो प्रसारण शुरु आइतबार, कात्तिक १६, २०८२
‘परान’ आजदेखि प्रदर्शनमा
‘परान’ आजदेखि प्रदर्शनमा शुक्रबार, कात्तिक १४, २०८२
बालगायक अशोक दर्जीको जीवनीमा बन्यो चलचित्र ‘मन बिनाको धन’
बालगायक अशोक दर्जीको जीवनीमा बन्यो चलचित्र ‘मन बिनाको धन’ बिहीबार, कात्तिक १३, २०८२
चलचित्र ‘होस्टेल-३’ भारतमा पनि लोकप्रिय
चलचित्र ‘होस्टेल-३’ भारतमा पनि लोकप्रिय बुधबार, कात्तिक १२, २०८२
गोजीमा दाम छैन’ १० करोडले हेरे
गोजीमा दाम छैन’ १० करोडले हेरे बुधबार, कात्तिक १२, २०८२
लोकप्रिय
  • Week
  • Month
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
सुनचाँदीको भाउ निरन्तर घट्ँदै
सुनचाँदीको भाउ निरन्तर घट्ँदै
पहिलो नेपाली मुक्तक एल्बम सार्वजनिक
पहिलो नेपाली मुक्तक एल्बम सार्वजनिक
हात्ती आयो हात्ती आयो फुस्सा
हात्ती आयो हात्ती आयो फुस्सा
सीमित म्यानपावर कम्पनीले मात्रै कामदार पठाउन पाउने गरी तोकियो मापदण्ड 
सीमित म्यानपावर कम्पनीले मात्रै कामदार पठाउन पाउने गरी तोकियो मापदण्ड 
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP