Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #कोजाग्रत_पूर्णिमा
  • #सराय
  • #गाईपालन
  • #काठेपिङ
  • #नोबेल_पुरस्कार
  • #विश्व दृष्टि दिवस
  • #छिमली र पट्टा नाच
  • #कोशी प्रदेश
  • #पुर्ख्याैली_सीप
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • ‘मौसमी कामदार’ पठाउन स्थानीय तहलाई अधिकार
‘मौसमी कामदार’ पठाउन स्थानीय तहलाई अधिकार
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, पुस ८, २०७९
Hardik health
काठमाडौं -  सरकारले मौसमी कामदारको रुपमा विदेश जान चाहने नेपालीहरुका लागि वैधानिक बाटो खोलेको छ । श्रम, रोजगार तथा समाजिक मन्त्रालयले तयार पारेको मौसमी कामदार पठाउने निर्देशिका मन्त्रिपरिषद्बाट स्वीकृत भएसँगै वैधानिक बाटो खुलेको हो । गत सोमबार बसेको मन्त्रिपरिषद् बैठकले निर्देशिका स्वीकृत गरे पनि मन्त्रालयले सार्वजनिक गरेको छैन । विभिन्न गन्तव्य मुलुकमा मौसमी कामदार पठाउन स्थानीय तहलाई अधिकार दिनेगरी निर्देशिका ल्याइएको श्रम मन्त्रालयका एक उच्च अधिकारीले बताए । उनका अनुसार स्थानीय तहहरुले गन्तव्य मुलुकका स्थानीय निकाय वा रोजगारदाता कम्पनीसँग सीधा सम्झौता गरी नेपालबाट मौसमी कामदार पठाउन सक्ने छन् । स्थानीय तहमार्फत माग भएका क्षेत्रमा काम गर्नका लागि मौसमी कामदारलाई कानुनीरुपमै तीन महिनादेखि अधिकतम एक वर्षसम्मको श्रम स्वीकृति प्राप्त हुने व्यवस्था गरिएको छ । तर, व्यक्तिगत पहलमा अनलाइन फाराम भरेर छनोट हुने मौसमी कामदारलाई निर्देशिकाले विदेश जान रोक्नेछ ।श्रम गन्तव्य मुलुकका सरोकारवाला निकाय वा रोजगारदाता कम्पनीहरुबाट कामदारको माग आएपछि स्थानीय तहले खुला प्रतिस्पर्धामार्फत कामदार छनोट गर्नुपर्नेछ । त्यसरी छनोट भएका कामदारको सूची श्रम स्वीकृतिका लागि वैदेशिक रोजगार विभागमा पठाइनेछ । अन्तिम श्रम स्वीकृति लिँदा कामदार आफैंले बिमा शुल्क तिरेर जीवन बिमा सुरक्षण गरेको प्रमाणित कागजात पेस गर्नुपर्नेछ । मन्त्रालयका अधिकारीले दिएको जानकारीअनुसार मौसमी कामदारको रुपमा विदेश जाने नेपालीले कुनै पनि निकायमा कुनै किसिमको शुल्क बुझाउनुपर्ने छैन । साथै, मौसमी कामदारलाई ‘फ्रि भिसा, फ्रि टिकट’ उपलब्ध हुनेछ ।गत साता मन्त्रालयले आयोजना गरेको एक कार्यक्रममा श्रमसचिव एकनारायण अर्यालले कोरियालगायत युरोपका केही मुलुकबाट मौसमी कामदारको माग उच्च देखिएको बताएका थिए । आफूखुसी असुरक्षित तवरले विदेश जाने र ठगिने क्रमसमेत बढेका कारण यसलाई व्यवस्थित गर्न मन्त्रालयले श्रम स्वीकृति दिएर निःशुल्क कामदार पठाउन सघाउ पुग्नेगरी निर्देशिका बनाएको अर्यालले बताएका थिए । मौसमी कामदारका रुपमा विदेश गएर आम्दानीको प्रलोभनमा परेर भाग्ने, गम्भीर बिरामी हुने, अलपत्र पर्ने र विविध परिबन्धमा जेल पर्नेलगायतका समस्या देखिन थालेपछि निर्देशिका ल्याइएको मन्त्रालयको भनाइ छ । वैदेशिक रोजगार ऐन २०६४, स्थानीय सरकार सञ्चालन ऐन २०७५ बमोजिम भगिनी सम्बन्धको आधारमा वैदेशिक रोजगारीका लागि स्थानीय तहलाई कामदार पठाउने अधिकार नभए पनि निर्देशिकामार्फत जिम्मेवारी दिन लागिएको हो । यसअघि स्थानीय तहले मौसमी कामदार पठाउने सन्दर्भमा सरकारसँग राय माग्दा २०७९ जेठमा वैदेशिक रोजगार व्यवस्थापन संघीय सरकारको कार्यक्षेत्रमा पर्ने भन्दै सरकारले त्यसको नियमन, व्यवस्थापन र कल्याणकारी काम श्रम मन्त्रालय र परराष्ट्र मन्त्रालयबाट हुने जानकारी दिँदै स्थानीय तहलाई कामदार पठाउन रोक लगाइएको थियो ।
प्रकाशित मिति: शुक्रबार, पुस ८, २०७९  १०:१५
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
वैदेशिक रोजगारीमा जाने महिलाको संख्या बर्सेनि बढ्दै
वैदेशिक रोजगारीमा जाने महिलाको संख्या बर्सेनि बढ्दै शुक्रबार, असोज २४, २०८२
कतारको कानुनविपरीत हुने कुनै पनि गतिविधिमा संलग्न नहुन दूतावासको आग्रह 
कतारको कानुनविपरीत हुने कुनै पनि गतिविधिमा संलग्न नहुन दूतावासको आग्रह  बिहीबार, असोज २३, २०८२
मलेसियाको पुँजी र सीपको सदुपयोग- कृषि फार्मबाट आम्दानीसँगै रोजगारी दिँदै देउकुमार
मलेसियाको पुँजी र सीपको सदुपयोग- कृषि फार्मबाट आम्दानीसँगै रोजगारी दिँदै देउकुमार बुधबार, असोज २२, २०८२
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार शुक्रबार, असोज १०, २०८२
भिजिट भिसा प्रयोगमा देखिएका चुनौतिबारे छलफल
भिजिट भिसा प्रयोगमा देखिएका चुनौतिबारे छलफल शुक्रबार, असोज १०, २०८२
युएईबाहेक अन्य मुलुकमा भिसा रोकिएको छैन
युएईबाहेक अन्य मुलुकमा भिसा रोकिएको छैन बिहीबार, असोज ९, २०८२
युएईको कानुनविपरीत गतिविधिमा नलाग्न दूतावासको आग्रह
युएईको कानुनविपरीत गतिविधिमा नलाग्न दूतावासको आग्रह बुधबार, असोज ८, २०८२
लोकप्रिय
  • Week
  • Month
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
वर्षाका कारण दुई दिन बिदा घोषणा
वर्षाका कारण दुई दिन बिदा घोषणा
बढी भाडा असुल्नेलाई कारबाही
बढी भाडा असुल्नेलाई कारबाही
धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरियो, राति जाग्राम बसिँदै
धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरियो, राति जाग्राम बसिँदै
निर्वाचनसम्बन्धी छलफलका लागि राजनीतिक दललाई आयोगद्वारा पत्राचार
निर्वाचनसम्बन्धी छलफलका लागि राजनीतिक दललाई आयोगद्वारा पत्राचार
घरसँगै जल्यो इतिहास
घरसँगै जल्यो इतिहास
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
शिक्षाका सात आयाम
शिक्षाका सात आयाम
उपराष्ट्रपति झाकाे घरमा आगजनी
उपराष्ट्रपति झाकाे घरमा आगजनी
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP