Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #लोचाखोला
  • #रावाबेँसी
  • #हौँचुर
  • #नेत्रज्योति दिवस
  • #सीता वादी
  • #सोविता गौतम
  • #गीता_चौधरी
Search Here
प्रवास
  • Home
  • प्रवास
  • गेटा मेडिकल कलेजलाई स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाइने
गेटा मेडिकल कलेजलाई स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाइने
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, माघ ९, २०७६
Hardik health
धनगढी– स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले गोदावरी नगरपालिकामा निमार्णाधीन गेटा मेडिकल कलेजलाई स्वास्थ्य विज्ञान प्रतिष्ठानका रूपमा विकास गरिने बताएका छन् । सुदूरपश्चिम भ्रमणका क्रममा उनले बुधबार निमार्णाधीन गेटा मेडिकल कलेजको निरीक्षण गर्दै निर्माण समयै सक्न निर्देशन पनि दिए । उनले समयमै काम सम्पन्न गरे मन्त्रालयले रकमान्तर गरी बजेटको व्यवस्था गर्ने पनि आश्वासन दिएका छन् । उनले नेपाल सरकारको एक प्रदेशमा एक कलेज र अस्पताल बनाउने नीति अनुरूप उक्त मेडिकल कलेजलाई स्वास्थ्य विज्ञान प्रतिष्ठानका रूपमा परिणत गर्न मन्त्रालयले पहल गर्ने बताए । स्वास्थ्य क्षेत्रमा धैरै समस्या रहेकाले समस्याको सामाधन गर्नेतर्फ मन्त्रालय लागिरहेको उनको भनाइ थियो । ‘संघीय सरकारले संघमार्फत प्रत्येक प्रदेशमा एक अस्पताल र एक प्रतिष्ठान बनाउने नीति लिएको छ,’ बुधबार गेटा मेडिकल कलेजको निरीक्षण गर्दै मन्त्री ढकालले भने, ‘सुदूरपश्चिमबाट प्रतिष्ठान बन्न सक्ने यहि मात्र हो ।’ उनले भौतिक संरचना निर्माणको अवस्था आसालाग्दो भएको बताउँदै यथाशिघ्र निर्माण कार्य सम्पन्न गरिनुपर्ने बताए । उनले समय अगावै निर्माण कार्य सम्पन्न भए थप आवश्यक रकम निकासा गराउन मन्त्रालयले पहल गर्ने बताए । मन्त्री ढकालले भने, ‘नेपालमा स्वास्थ्य क्षेत्रमा धेरै कुरा सुधार्नुपर्ने देखिन्छ तर, विश्वमै आँखाको उपचारमा भने नेपाल राम्रो छ ।’ उनले गेटा आँखा अस्पतालले भारतीय नागरिकको पनि विश्वास जित्न सफल भएकोमा प्रशंसा गरे । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले प्रतिष्ठान बनाउन सुरुदेखि नै पहल भएको बताएका छन् । ‘२०६५ सालदेखि यो कलेजको काम अघि बढेको थियो । त्यस समय दशरथचन्द स्वास्थ्य विज्ञान प्रतिष्ठानका रूपमा अघि बढाउन विधेयकको मस्यौदा पनि तयार गरिएको थियो,’ मन्त्री भट्टले भने, ‘तर, २०६८ सालमा संविधान सभा विघटन भएपछि त्यसको काम अघि बढ्न पाएन । अब यसलाई प्रतिष्ठानका रूपमा अघि बढाउन स्वास्थ्य मन्त्रीज्यूले नेतृत्व लिनुपर्छ ।’ उनले प्रतिष्ठान भएपछि भारतको दिल्ली, उत्तरप्रदेश, उत्तराखण्ड र कर्णाली प्रदेशको ठूलो हिस्सा उपचारका लागि यस प्रदेशमा आउने विश्वास व्यक्त गरेका छन् । उनले भौतिक संरचना स्वरूप देखिएपछि पूर्णता हुन नसकेको बताए । गेटा मेडिकल कलेज पूर्वाधार निर्माण समितिका अध्यक्ष चेतराज पन्तले आधारभुत भौतिक संरचना निर्माण कार्य अन्तिम चरणमा रहेकोले अध्यापन कार्यसञ्चालनका लागि यसको प्रतिरूप मोडेलको टुंगो लगाइनुपर्ने बताएका छन् । उनले यसै आर्थिक वर्षभित्र न्यूनतम उपकरणहरू पनि ल्याइसकिने बताए । मन्त्री ढकाल र भट्टसँगै पूर्वअर्थमन्त्री दामोदर भण्डारी, पूर्वसभासद हरि श्रीपाइलीको पनि उपस्थिति रहेको थियो । मन्त्री ढकालले गेटा मेडिकल कलेजसँगै गेटा आँखा अस्पताल र कञ्चनपुरस्थित महाकाली प्रादेशिक अस्पतालको पनि निरीक्षण गरेका थिए । चालु आर्थिक वर्षभित्रै निर्माण सम्पन्न निर्माणाधीन गेटा मेडिकल कलेजको भौतिक संरचना निर्माणको काम अन्तिम चरणमा रहेको छ । गेटा मेडिकल कलेज पूर्वाधार निर्माण समितिका अनुसार प्रशासनिक, कलेज र अस्पताल भवनको काम अन्तिम चरणमा रहेको जनाइएको छ । ‘सात प्याकेजमा २६ वटा संरचना निर्माण भइरहेको छ,’ गेटा मेडिकल कलेजका कार्यकारी निर्देशक भीमबहादुर साउदले भने, ‘सबै भौतिक संरचनाको निर्माण अवस्था हेर्दा ६५ प्रतिशत काम भइसकेको छ भने उपकरणलगायतलाई जोड्दा ४० प्रतिशत काम भएको छ ।’ उनका अनुसार छात्रावास, चिकित्सक आवास कक्ष, कुरुवा, शव दाह घर, अक्सिजन प्लान्ट र थप तीन सय शैय्याको अस्पतालको भौतिक संरचना निर्माण कार्य भइरहेको बताए । मेडिकल कलेजको भौतिक संरचना निर्माणमा पहिलो चरणमा तीन अर्ब ७५ करोड र दोस्रो चरणका लागि चार अर्ब २५ करोड गरी झण्डै आठ अर्ब बराबरको लागत अनुमान गरिएको छ । अहिले पहिलो चरणअन्तर्गत दुई अर्ब रूपैयाँ खर्च भइसकेको समितिले जनाएको छ । समितिका इन्जिनियर पवन रावलले आर्थिक वर्ष ०७३÷७४ मा ४ करोड, ०७४÷७५ मा ८८ करोड, ०७५÷७६ मा १ करोड ६० लाख खर्च गरिएको जानकारी दिए । यस्तै चालू आर्थिक वर्ष ०७६÷७७ मा १ अर्व २८ करोड ६८ लाख विनियोजन गरिएकोमा चालु आर्थिक वर्ष पुस मसान्तसम्म ३० करोड रकम खर्च भइसकेको जनाइएको छ । सातै प्याकेज अन्तर्गत प्रशासनिक भवनको निर्माण कार्यका लागि तीनपटक म्याद थप गरिएको छ । सो भवनको समयावधि एक महिना बाँकी रहँदा अहिलेसम्म ७० प्रतिशत मात्र काम सम्पन्न भएको छ । दोस्रो प्याकेजमा कलेजको भवन रहेको छ । यो भवनको पनि एक महिना समयावधि बाँकी रहदा ९५ प्रतिशत मात्र काम पूरा भएको जनाइएको छ । तेस्रो प्याकेजमा रहेको तीन सय शैय्याको अस्पताल भवनको समयावधि असारसम्मको रहँदा ८० प्रतिशत काम पूरा भइसकेको छ । यस्तै, चौथो चरणमा छात्र र छात्राको दुई वटा छात्राबासको काम ८५ प्रतिशत पूरा भइसकेको जनाइएको छ । कलेजको सबैभन्दा सुस्त गतिमा चिकित्सक आवास गृहको भवन रहेको छ । पाँचौँ प्याकेजका रूपमा निर्माण कार्य सुरु भएको सो भवनलाई असारभित्र सम्पन्न गरिसक्नुपर्नेमा अहिलेसम्म ५० प्रतिशत मात्र काम पूरा भएको जनाइएको छ । कलेजको छैटौँ प्याकेजका रूपमा कुरुवा घर, शव गृह, अक्सिजन प्लान्ट, गेट, लन्ड्री, अटोक्लिपलगायत रहेका छन् । यो प्याकेजअन्र्तग ८० प्रतिशत काम पूरा भइसकेको जनाइएको छ । सातौँ प्याकेजमा थप तीन सय शैय्याको अस्पतालको भवन रहेको छ । यसको पनि काम ७० प्रतिशत पूरा भइसकेको जनाइएको छ ।
प्रकाशित मिति: बिहीबार, माघ ९, २०७६  ०८:२९
प्रतिक्रिया दिनुहोस्
थप प्रवास
थाइल्याण्डमा एएनओको समिति गठन
थाइल्याण्डमा एएनओको समिति गठन सोमबार, चैत १६, २०८२
एनआरएनए फ्रान्सको विवाद मिल्यो, अध्यक्ष डा. शर्मा पेरिसमा
एनआरएनए फ्रान्सको विवाद मिल्यो, अध्यक्ष डा. शर्मा पेरिसमा सोमबार, चैत ९, २०८२
नेपालको समृद्धिमा योगदान गर्न गैरआवासीय नेपालीलाई परराष्ट्रमन्त्री शर्माको आह्वान
नेपालको समृद्धिमा योगदान गर्न गैरआवासीय नेपालीलाई परराष्ट्रमन्त्री शर्माको आह्वान मंगलबार, चैत ३, २०८२
एनआरएनए नागरिकता कार्यान्वयन हुनेगरी कानुन संशोधन गर्न माग
एनआरएनए नागरिकता कार्यान्वयन हुनेगरी कानुन संशोधन गर्न माग आइतबार, चैत १, २०८२
एनआरएनएकाे उम्मेदवारहरूको पहिलो नामावली सार्वजनिक
एनआरएनएकाे उम्मेदवारहरूको पहिलो नामावली सार्वजनिक बिहीबार, फागुन २८, २०८२
एनआरएनएकाे १२ औं बृहत एकताको अन्तर्राष्ट्रिय महाधिवेशन हुँदै
एनआरएनएकाे १२ औं बृहत एकताको अन्तर्राष्ट्रिय महाधिवेशन हुँदै मंगलबार, फागुन १२, २०८२
एनआरएनए अध्यक्षका उम्मेदवार रोविन शेरचन विश्व दौडाहामा
एनआरएनए अध्यक्षका उम्मेदवार रोविन शेरचन विश्व दौडाहामा बिहीबार, फागुन ७, २०८२
लोकप्रिय
  • Week
  • Month
विश्व क्षयरोग दिवस: नेपालको अवस्था 
विश्व क्षयरोग दिवस: नेपालको अवस्था 
स्ट्रेट अफ होरमुजमा इरानको नियन्त्रण, विश्व बजारमा तेल संकट
स्ट्रेट अफ होरमुजमा इरानको नियन्त्रण, विश्व बजारमा तेल संकट
विभागमा पुनः श्रम स्वीकृति लिनेको चाप, नयाँ न्यून 
विभागमा पुनः श्रम स्वीकृति लिनेको चाप, नयाँ न्यून 
रास्वपाको वाचा पूरा गर्ने जिम्मेवारीमा श्रममन्त्री साह, यी हुन् चुनौती
रास्वपाको वाचा पूरा गर्ने जिम्मेवारीमा श्रममन्त्री साह, यी हुन् चुनौती
नवनियुक्त प्रधानमन्त्री साहबाट शपथ ग्रहण सम्पन्न
नवनियुक्त प्रधानमन्त्री साहबाट शपथ ग्रहण सम्पन्न
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP