Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #रवि लामिछाने
  • #राहदानी
  • #एनएफपिजे
  • #निर्वाचन_आयोग
  • #फाउल_पोक्स
  • #महिला टी-२० विश्वकप ग्लोबल छनोट
  • #महिला टी-२०
  • #रामप्रसादराई
  • #रास्वपा
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • फेम्स लागू गर्न कूटनीतिक नियोगको अझै आनाकानी
फेम्स लागू गर्न कूटनीतिक नियोगको अझै आनाकानी
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, माघ ८, २०७६
Hardik health
काठमाडौं– गत १ जनवरीदेखि वैदेशिक रोजगारी सूचना व्यवस्थापन प्रणाली (फेम्स्) को मागपत्र प्रमाणीकरण र कामदार छनोट मोड्युल लागू भए पनि विदेशस्थित कूटनीतिक नियोगले अझै लागू गर्न आनाकानी गरेका छन् । विभागले अंग्रेजी नयाँ वर्ष २०२० को सुरुवातसँगै वैदेशिक रोजगारलाई पारदर्शी, सहज र सुलभ बनाउने उदेश्यले फेम्सको मागपत्र प्रमाणीकरण र कामदार छनोट मोड्युल लागू भएको घोषणा गरे पनि कूटनीतिक नियोगले जनशक्तिको अभाव देखाउँदै प्रणाली प्रयोगमा आनाकानी गरेको हो । नेपाल वैदेशिक रोजगार व्यवसायी संघका महासचिव सुजित श्रेष्ठका अनुसार विभागले मागपत्र प्रमाणीकरणका लागि डिजिटल हस्ताक्षर अनिवार्य गरेपछि पनि दूताबासले मागपत्र प्रमाणीकरण गरेर सिस्टममा नहालेकाले धेरै मागपत्र थुप्रिएको अवस्थामा व्यवसायी आफैँले डिजिटल हस्ताक्षरमार्फत प्रमाणीकरण गरी विभागको सिस्टममा हाल्न सुरु गरेका छन् । त्यसो त ,फाइल बोकेर विभाग धाउनु पर्ने कुराको अन्त्य भएकाले प्राप्त भएको मागपत्रलाई डिभाइस किनेर डिजिटल हस्ताक्षर गर्न थालेको महासचिव श्रेष्ठले बताए । उनका अनुसार अहिलेसम्म डिजिटल हस्ताक्षर गरी विभागको सूचना व्यवस्थापन प्रणालीमा मागपत्र अपलोड गर्ने व्यवसायीहरूको संख्या लगभग १५० पुगेको छ । त्यसका लागि सुरुवातमा प्राप्त गरेको मागपत्रलाई स्क्यान गरेर त्यसलाई पिडिएफमा कन्भर्ट गर्नुपर्छ । त्यसपछि यसलाई डिजिटल हस्ताक्षर गरेर त्यो फाइललाई फेम्स्को सिस्टममा अपलोड गर्नुपर्छ । अब यो फाइल परिवर्तन भएमा त्यसको जिम्मेवारी स्वतः आफ्नै काँधमा आइपर्ने छ । यो साधारण एक पेनड्राइभ आकारको डिजिटल हस्ताक्षर डिभाइस हो । जुन पेनड्राइभ कम्प्युटरमा हालेपछि एटिएम कार्डजस्तै पिन नम्बर माग्छ । पिन हालेपछि डिभाइस सक्रिय भएर सिस्टम खुल्छ । त्यसपछि अपलोडमा गएर अघि तयार पारिएको मागपत्रलाई तानेपछि स्वतः डिजिटल हस्ताक्षर बस्छ । त्यसपछि यो फेम्सको सिस्टममा अपलोड हुन्छ । यो डिभाइसका लागि प्रत्येक व्यवसायीले सुरुमा ५ हजार १ सय रूपैयाँ तिर्नुपर्दछ । यसरी तिरेपछि त्यसबापत प्रयोगकर्ताले डिजिटल सर्टिफिकेट र डिभाइस पाउनेछन् । यो नेपाल सरकारको आधिकारिक कम्पनी नेपाल सर्टिफिकेसन प्रा.लि.ले बिक्री गर्ने गरेको महासचिव श्रेष्ठले बताए । हाल यो सिस्टममा पहिलो प्राथमिकतामा कतार परेको छ । किनभने सन् २०१७ आएको मागपत्रहरूको म्याद आउने ३० जनवरीमा सकिँदै छ । त्यसैले अबको ९ दिनभित्र पूर्वस्विकृति नलिएमा मागपत्रको मान्यता स्वतः समाप्त हुनेछ । तर मान्यता अवधिभित्र पूर्वस्विकृति लिएमा यसको अवधि २ वर्षसम्म कामदार पठाउन पाउने व्यवस्था रहेको छ ।
प्रकाशित मिति: बुधबार, माघ ८, २०७६  ०५:११
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
साउदीसँग जनवरीभित्रै श्रम सम्झौता गर्ने तयारी
साउदीसँग जनवरीभित्रै श्रम सम्झौता गर्ने तयारी बिहीबार, पुस १०, २०८२
विदेसिने महिला बढ्नुमा सामाजिक मूल्यमान्यता प्रमुख कारण 
विदेसिने महिला बढ्नुमा सामाजिक मूल्यमान्यता प्रमुख कारण  बुधबार, पुस ९, २०८२
दुई दिनभित्रै राहदानी उपलब्ध गराइने
दुई दिनभित्रै राहदानी उपलब्ध गराइने बुधबार, पुस ९, २०८२
सरकारले गर्‍याे वृद्धि गरिएको  स्वास्थ्य परीक्षण शुल्क   खारेज
सरकारले गर्‍याे वृद्धि गरिएको स्वास्थ्य परीक्षण शुल्क खारेज मंगलबार, पुस ८, २०८२
पोर्चुगल र रोमानिया पठाइदिन्छु भनी ठगी गर्ने दुई जना पक्राउ
पोर्चुगल र रोमानिया पठाइदिन्छु भनी ठगी गर्ने दुई जना पक्राउ मंगलबार, पुस ८, २०८२
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति मंगलबार, पुस ८, २०८२
अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ सोमबार, पुस ७, २०८२
लोकप्रिय
  • Week
  • Month
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
ज्याक काड्रो खेलको नेपालका लागि राष्ट्रिय राजदूत नियुक्त  
ज्याक काड्रो खेलको नेपालका लागि राष्ट्रिय राजदूत नियुक्त  
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP