Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #काठमाडौं निर्वाचन क्षेत्र नम्बर-२
  • #डा.विश्वास बस्नेत
  • #पुतली_नाच
  • #टाइगर कप
  • #मनोनयन_दर्ता
  • #तामाङ_घेदुङ
  • #सोनाम_ल्होछार
  • #शेरबहादुर देउवा
  • #सोनाम_ल्होच्छार
Search Here
विश्व
  • Home
  • विश्व
  • वायु प्रदूषणका कारण शारीरिक र मानसिक स्वास्थ्यमा खतरा बढ्दै
वायु प्रदूषणका कारण शारीरिक र मानसिक स्वास्थ्यमा खतरा बढ्दै
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, मंसिर १८, २०७९
Hardik health
बङ्गलादेश-  उच्च स्तरको वायु प्रदूषणको सम्पर्कमा आउँदा बङ्गलादेशमा बसोबास गर्दै आएका लाखौँ मानिस यसबाट बढी प्रभावित बन्नेगरेको एक अध्ययन प्रतिवेदनले देखाएको छ । प्रदूषणका कारण श्वासप्रश्वासमा समस्या, खोकी, तल्लो श्वासनलीमा सङ्क्रमणका साथै डिप्रेसन र अन्य स्वास्थ्य समस्याको जोखिम बढ्ने विश्व बैंकले आइतबार सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख छ । ‘ब्रेथिङ हेभी न्यू एभिडेन्स अन एयर पोलुशन एण्ड हेल्थ इन बङ्गलादेश’ नामक प्रतिवेदनले ढाका र सिलहट शहरहरूमा शारीरिक र मानसिक स्वास्थ्यमा बाह्य वायु प्रदूषणको प्रभावको मूल्यांकन गरेको छ । प्रदूषणका कारण पाँच वर्षमुनिका बच्चाहरू, वृद्धहरू र मधुमेह, मुटु वा श्वासप्रश्वासको अवस्था जस्ता अन्य रोगहरू भएका व्यक्तिहरू सबैभन्दा असुरक्षित रहेको बताइएको छ । प्रतिवेदनले स्वास्थ्यमा वायु प्रदूषणको प्रभाव कम गर्न, सार्वजनिक स्वास्थ्य सेवाहरू र प्रतिक्रिया संयन्त्रहरू सुधार गर्न, वायु प्रदूषण तथ्याङ्क निगरानी प्रणालीमा सुधार गर्न, प्रणालीहरूमा लगानी गर्न र थप अनुसन्धानमा संलग्नसहित तत्काल सावधानीका कार्यहरू गर्न प्रारम्भिक चेतावनीसहित सिफारिस गरेको छ । अध्ययनले ढाका शहरमा प्रमुख निर्माण र लगातार ट्राफिक भएका स्थलहरूमा वायु प्रदूषणको उच्चतम स्तर रहेको पत्ता लगाएको छ । यी स्थलमा स्वास्थ्यको लागि सबैभन्दा खतरनाक मानिने ‘पार्टिकुलेट म्याटर (पीएम) २.५’ डब्ल्यूएचओ वायु गुणवत्ता दिशानिर्देश (एक्यूजी) भन्दा औसत १५० प्रतिशत माथि रहेको जनाइएको छ । यो स्वास्थ्यको लागि सबैभन्दा खतरनाक मानिन्छ र यसमा प्रति दिन लगभग १.७ खिल्ली चुरोटको धूम्रपानको बराबर हुन्छ । बङ्गलादेश र भुटानका लागि विश्व बैंकका कार्यवाहक देशीय निर्देशक डन्डन चेनले भने  “वातावरणीय वायु प्रदूषणले बच्चादेखि वृद्धसम्म सबैलाई जोखिममा पार्छ । सन् २०१९ मा, वायु प्रदूषण बङ्गलादेशमा मृत्यु र अशक्तताको दोस्रो ठूलो कारण रहेको थियो र यसले देशको कुल गार्हस्थ्य उत्पादनको लगभग ३.९ देखि ४.४ प्रतिशत खर्च गरेको थियो ।” “वायु प्रदूषणलाई सम्बोधन गर्नु देशको दिगो र हरित वृद्धि र विकासको लागि महत्वपूर्ण छ । विश्लेषणात्मक कार्य र नयाँ लगानीको माध्यमबाट, विश्व बैंकले बङ्गलादेशलाई वायु प्रदूषण कम गर्न मद्दत गरिरहेका उनले बताए । प्रतिवेदनअनुसार सन् २०१९ मा वायु प्रदूषणजन्य समस्याका कारण बङ्गलादेशमा ७८ हजार १४५ देखि ८८ हजार २२९ जनाको मृत्यु भएको थियो । विश्व बैंक स्वास्थ्य विशेषज्ञ र रिपोर्टका प्रमुख वामेक अजफर रजाले भने, “वायु प्रदूषण जलवायु परिवर्तन को कारण बन्छ र जलवायु परिवर्तनले वायु गुणस्तरलाई खराब गर्दछ । समयसँगै जलवायु परिवर्तन र शहरीकरणले वायु प्रदूषणलाई अझ तीव्र बनाउनेछ । वायु प्रदूषण र जलवायु परिवर्तनबाट उत्पन्न हुने वर्तमान् स्वास्थ्य सङ्कटको सामना गर्न स्वास्थ्य क्षेत्र राम्ररी तयार हुन आवश्यक रहेको उनले बताए ।
प्रकाशित मिति: आइतबार, मंसिर १८, २०७९  १८:४१
प्रतिक्रिया दिनुहोस्
थप विश्व
सानो हमिङबर्डको अन्तिम आश्रय
सानो हमिङबर्डको अन्तिम आश्रय शुक्रबार, माघ ९, २०८२
टी-२० विवादले भारतको ओलम्पिक सपना प्रभावित
टी-२० विवादले भारतको ओलम्पिक सपना प्रभावित शुक्रबार, माघ ९, २०८२
जापानको उपभोक्ता मूल्य २०२५ मा उच्च, ऊर्जा र खाद्य मूल्यमा उतार–चढाव
जापानको उपभोक्ता मूल्य २०२५ मा उच्च, ऊर्जा र खाद्य मूल्यमा उतार–चढाव शुक्रबार, माघ ९, २०८२
रुस, युक्रेन र अमेरिका अबुधाबीमा वार्ता गर्ने
रुस, युक्रेन र अमेरिका अबुधाबीमा वार्ता गर्ने शुक्रबार, माघ ९, २०८२
इरान प्रदर्शनमा मृत्यु हुनेको सङ्ख्या पाँच हजार नाघ्यो, अमेरिकी ‘आर्मडा’ नजिकिँदै
इरान प्रदर्शनमा मृत्यु हुनेको सङ्ख्या पाँच हजार नाघ्यो, अमेरिकी ‘आर्मडा’ नजिकिँदै शुक्रबार, माघ ९, २०८२
शान्ति बोर्डको प्रस्तावले ईयू-अमेरिका सम्बन्धमा तनाव
शान्ति बोर्डको प्रस्तावले ईयू-अमेरिका सम्बन्धमा तनाव शुक्रबार, माघ ९, २०८२
डब्लुएचओबाट अमेरिका बाहिरियाे, विश्व स्वास्थ्यमा अनिश्चितता
डब्लुएचओबाट अमेरिका बाहिरियाे, विश्व स्वास्थ्यमा अनिश्चितता शुक्रबार, माघ ९, २०८२
लोकप्रिय
  • Week
  • Month
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
उच्च पहाडी तथा हिमाली भेगका हिमपातको सम्भावना
उच्च पहाडी तथा हिमाली भेगका हिमपातको सम्भावना
ल्होछारलाई सधैं एउटै मितिमा पर्ने गरी तय गर्नुपर्ने :  दिलमान पाख्रिन
ल्होछारलाई सधैं एउटै मितिमा पर्ने गरी तय गर्नुपर्ने : दिलमान पाख्रिन
आजदेखि  निर्वाचन आचारसंहिता लागू
आजदेखि निर्वाचन आचारसंहिता लागू
बालेनले दिए राजीनामा
बालेनले दिए राजीनामा
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP