Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #लोचाखोला
  • #रावाबेँसी
  • #हौँचुर
  • #नेत्रज्योति दिवस
  • #सीता वादी
  • #सोविता गौतम
  • #गीता_चौधरी
Search Here
प्रवास
  • Home
  • प्रवास
  • ल्होछारको बिदा कटौतीप्रति तामाङ समुदाय आक्रोशित
ल्होछारको बिदा कटौतीप्रति तामाङ समुदाय आक्रोशित
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, माघ ७, २०७६
Hardik health
काठमाडौं– ल्होछारलाई अन्तर्राष्ट्रिय रूपमा चिनाउँदै लैजानुपर्ने समयमा वर्तमान सरकारले संकुचित पारेर बिदा नै कटौती गरेकोमा पूर्वगृहमन्त्री बुद्धिमान तामाङले आपत्ति जनाएका छन् । नेपाल तामाङ समाज (नेतास) द्वारा राजधानीमा आयोजित शुभकामना आदानप्रदान तथा सांस्कृतिक कार्यक्रममा प्रमुख अतिथि पूर्वगृहमन्त्री तामाङले नेपाल तामाङ घेदुङको प्रस्ताव बोकेर ल्होछारको सार्वजनिक बिदाको माग गर्न ०५१ सालमा तत्कालीन सांसदहरू भीमबहादुर तामाङ, मणि लामा, हर्कमान लामा र आफू गएर तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारी समक्ष प्रस्तुत भएको बताए । उनले सोहीबेलादेखि राज्यले ऐच्छिक बिदाको रूपमा स्वीकार गरेको बताए । यसैगरी पूर्वन्याय तथा कानुन संसदीय व्यवस्था राज्यमन्त्री दिलमान पाख्रिनले संविधानले दिएको समावेशीतालाई लत्याउँदै नेवा ताम्सालिङ वागमतीमा जबर्जस्त सेलाएकामा आपत्ति जनाएका छन् । उनले राष्ट्रिय रूपमा स्थापित ल्होछारलाई कटौती गरेर निरंकुशता लाद्ने सरकारको कदमविरुद्ध सबै एक भएर लाग्न आह्वान गरे । पूर्वपर्यटन तथा संस्कृति राज्यमन्त्री परशुराम तामाङले सामाजिक तथा सांस्कृतिक सद्भाव कायम गर्ने ल्होछारलाई सिध्याएर सरकारले सम्बन्धित समुदायको अपमान गरेको बताएका छन् । आयोजकलाई सुझाउँदै समाजले बेलाबेलामा समुदाय जागरण गर्नुपर्ने बताए । समाजवादी पार्टी केन्द्रीय सदस्य डा. भीमलाल तामाङले सबैले बौद्धिकता विकास गर्नुपर्ने बताएका छन् । उनले थपे, ‘तामाङहरू बौद्धिक भएपछि सिंगो समुदाय स्वतस्फूर्त जागृत हुनेछ अनि समाज विकास भएर राज्यको हरेक अंगमा सहभागिता बढ्नेछ ।’ नेपाल तामाङ घेदुङ(नेताघे)का केन्द्रीय महासचिव बाबु घिसिङले राज्यको पछिल्लो हेपाहा प्रवृत्तिले हाम्रो पहिचान गुमेको बताएका छन् । उनले घेदुङले विगतदेखि नै सामाजिक तथा सांस्कृतिक जागरण गर्दै आइरहेको थियो । अझै यसलाई सशक्त पार्दै प्रशिक्षणात्मक जागरण व्यापक गरिने खुलासा गरे । यसैगरी नेताघे शाखा नुवाकोटका अध्यक्ष जयमान वाइबाले वागमती नामांकनले प्रदेशका बासिन्दाहरूको पहिचानको लालपूर्जा खोसेर निरंकुशता लादिएको बताएका छन् । उनले थपे, ‘सांस्कृतिक पहिचान मेटाउने राज्यको निरंकुशताविरुद्ध सधैँ लडिरहने प्रतिबद्धता गर्दछु ।’ यसैगरी नायिका रञ्जिता ब्लोनले समुदाय लक्षित गीत र चलचित्रमार्फत सांस्कृतिक पहिचानको सशक्त भूमिका निभाउने प्रतिबद्धता व्यक्त गरिन् । समारोहमा समाजका अध्यक्ष पेमा तामाङले अरु संस्थाको विरुद्ध गठित संस्था भन्ने आरोप लगाउनेलाई जवाफ दिँदै समाजप्रति उत्तरदायी व्यक्तिहरू मिलेर नेतृत्व क्षमता अभिवृद्धिसँगै समाजप्रति केही गरौँ भन्ने उद्देश्यले ०७४ मा नेपाल तामाङ समाज गठन भएको बताइन् । कार्यक्रममा सागका कराते खेलाडी सोनाम लामा, शिक्षा क्षेत्रमा डा. भीमलाल तामाङ र स्वास्थ्य क्षेत्रका डा. दिलबहादुर तामाङलाई समुदायको योगदान गरेबापत सम्मान गरेका थिए । स्वयत्ना योन्जनद्वारा सञ्चालित कार्यक्रममा कलाकारहरू सुवास मोक्तान, रोशन ङ्खयुबा, बिना घले, सुम्निमा तामाङलगायतले माहोल तताएका थिए ।
प्रकाशित मिति: मंगलबार, माघ ७, २०७६  ०८:०९
प्रतिक्रिया दिनुहोस्
थप प्रवास
थाइल्याण्डमा एएनओको समिति गठन
थाइल्याण्डमा एएनओको समिति गठन सोमबार, चैत १६, २०८२
एनआरएनए फ्रान्सको विवाद मिल्यो, अध्यक्ष डा. शर्मा पेरिसमा
एनआरएनए फ्रान्सको विवाद मिल्यो, अध्यक्ष डा. शर्मा पेरिसमा सोमबार, चैत ९, २०८२
नेपालको समृद्धिमा योगदान गर्न गैरआवासीय नेपालीलाई परराष्ट्रमन्त्री शर्माको आह्वान
नेपालको समृद्धिमा योगदान गर्न गैरआवासीय नेपालीलाई परराष्ट्रमन्त्री शर्माको आह्वान मंगलबार, चैत ३, २०८२
एनआरएनए नागरिकता कार्यान्वयन हुनेगरी कानुन संशोधन गर्न माग
एनआरएनए नागरिकता कार्यान्वयन हुनेगरी कानुन संशोधन गर्न माग आइतबार, चैत १, २०८२
एनआरएनएकाे उम्मेदवारहरूको पहिलो नामावली सार्वजनिक
एनआरएनएकाे उम्मेदवारहरूको पहिलो नामावली सार्वजनिक बिहीबार, फागुन २८, २०८२
एनआरएनएकाे १२ औं बृहत एकताको अन्तर्राष्ट्रिय महाधिवेशन हुँदै
एनआरएनएकाे १२ औं बृहत एकताको अन्तर्राष्ट्रिय महाधिवेशन हुँदै मंगलबार, फागुन १२, २०८२
एनआरएनए अध्यक्षका उम्मेदवार रोविन शेरचन विश्व दौडाहामा
एनआरएनए अध्यक्षका उम्मेदवार रोविन शेरचन विश्व दौडाहामा बिहीबार, फागुन ७, २०८२
लोकप्रिय
  • Week
  • Month
विश्व क्षयरोग दिवस: नेपालको अवस्था 
विश्व क्षयरोग दिवस: नेपालको अवस्था 
स्ट्रेट अफ होरमुजमा इरानको नियन्त्रण, विश्व बजारमा तेल संकट
स्ट्रेट अफ होरमुजमा इरानको नियन्त्रण, विश्व बजारमा तेल संकट
विभागमा पुनः श्रम स्वीकृति लिनेको चाप, नयाँ न्यून 
विभागमा पुनः श्रम स्वीकृति लिनेको चाप, नयाँ न्यून 
रास्वपाको वाचा पूरा गर्ने जिम्मेवारीमा श्रममन्त्री साह, यी हुन् चुनौती
रास्वपाको वाचा पूरा गर्ने जिम्मेवारीमा श्रममन्त्री साह, यी हुन् चुनौती
नवनियुक्त प्रधानमन्त्री साहबाट शपथ ग्रहण सम्पन्न
नवनियुक्त प्रधानमन्त्री साहबाट शपथ ग्रहण सम्पन्न
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP