Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #लोचाखोला
  • #रावाबेँसी
  • #हौँचुर
  • #नेत्रज्योति दिवस
  • #सीता वादी
  • #सोविता गौतम
  • #गीता_चौधरी
Search Here
प्रवास
  • Home
  • प्रवास
  • सरकारलाई राष्ट्रिय पोसाक उपहार
सरकारलाई राष्ट्रिय पोसाक उपहार
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, माघ ७, २०७६
Hardik health
काठमाडौं– नेपाल समाजवादी कांग्रेस पार्टीले सरकारलाई राष्ट्रिय पोसाक (दौरा, सुरुवाल, साडी र चौबन्दी) उपहार पठाएको छ । सोमबार पार्टीको केन्द्रीय कार्यालय अनामनगरमा पत्रकार सम्मेलनको आयोजना गरेर राष्ट्रिय अस्तित्वलाई प्रतिष्ठित बनाउनका लागि सम्पूर्ण राष्ट्रसेवकहरूले नेपालको औपचारिक पोसाक दौरा, सुरुवाल, टोपी, तथा गुन्यू, चोलो लगाउन जाँगर चलाउन अभियान नै चलाउन दबाब दिने हेतुले सो पार्टीले राष्ट्रिय पोसाक उपहार पठाएको हो । राष्ट्रिय अस्तित्वलाई प्रतिष्ठायुक्त बनाउनका लागि सबै राष्ट्रसेवक कर्मचारीले नेपालको औपचारिक पोसाक लगाउन जाँगर चलाऊन् भनेर पार्टीले चाहेको तर यस मागलाई सुनुवाइ नगरिएको भन्दै प्रधानमन्त्रीबाट नै यसको थालनी हुनुपर्ने भन्दै राष्ट्रिय पोसाकको नमुना उपहार पठाउन बाध्य भएको पार्टीका अध्यक्ष गोविन्द निरौलाले पत्रकार सम्मेलनमा बताएका छन् । गृह मन्त्रालयमार्फत प्रधानमन्त्रीको कार्यालयलाई पठाएको पत्रमा संघीयता र धर्मनिरपेक्षले उत्पन्न गरेको विकृतिको कारण देश विघटनको अवस्थामा पुगेको समय नेपाली जनता चिन्तित रहनु राष्ट्रप्रतिको जिम्मेवारी बोध हुनुपर्ने पनि उल्लेख गरिएको छ । पत्रमा राज्यमा देखिएका हत्या, अपहरण, बलात्कारजस्ता घटनाबाट सरकार अनविज्ञ नरहे पनि सरकारले हेलचक्र्याइँ गरिरहेको पनि जनाइएको छ । मुलुकमा जारी अन्याय, अत्याचार, भ्रष्टाचार, महँगी, तस्करी, कालोबजारीजस्ता जघन्य अपराधहरू भइरहे पनि सरकारले वास्ता नगर्नु लोकतन्त्रको उपहास भएको भन्दै सो पार्टीले विरोध जनाएको छ । त्यस्तै सिंगो मुलुक फोडेर संघीय बाटोमा राज्यलाई ढालेको, राज्यमा जातीय र क्षेत्रीय मुद्दाहरू मुखारित भएको, धर्मनिरपेक्षताको घोषणाबाट देशमा भएको संस्कृतिलाई ध्वस्त पार्ने काम भएको र यसबाट समाजका साथै घर परिवारलाई विभाजन गर्ने काम भएको भन्दै सो पार्टीले यसको घोर विरोध गरेको छ । त्यस्तै, भर्खरै छिमेकी मुलुक भारतले कालापानी, लिपियाधुरा, लिपुलेक क्षेत्रको विषयमा जुन हर्कत देखाएको छ, यसलाई सामान्य मान्ने अवस्था नरहेको भन्दै भारतलाई आफ्नो मुलुक फिर्ता जान अध्यक्ष निरौलाले आग्रह गरेका छन् । भारतले नेपालको भूमि मिच्ने र कब्जा गर्ने कुचेष्टा गर्याे भने यसको प्रतिफल उसले चुकाउनुपर्ने पनि उनले बताए । यसका लागि नेपाल समाजवादी कांग्रेसले नेतृत्व गर्ने भन्दै भारतको मिचाहा प्रवृत्तिलाई उनले कडा रूपमा आलोचना गरे ।सो पार्टीले सरकारलाई हरेक क्षेत्रमा खबरदारी गर्ने काम गर्दै आएको छ । मुलुकमा विद्यमान समस्या र यसबारे सरकारले लिनुपर्ने नीति तथा परिस्थिति नियन्त्रणका लागि पार्टीले राज्यलाई बेलाबेलामा ज्ञापनपत्र, विरोध पत्र, स्मरण पत्र दिँदै आएको छ । गत २५ माघ ०७५ मा मुलुकमा जारी परिस्थिति नियन्त्रणको निम्ति ज्ञापन पत्र बुझाएको थियो । त्यस्तै, गत ३ माघमा देशका अस्तित्व संरक्षणका निम्ति भाषा, धर्म, संस्कृति, धरोहरको संरक्षण हुनुपर्ने मागसहित स्मरण पत्र सरकारलाई बुझाएको थियो ।
प्रकाशित मिति: मंगलबार, माघ ७, २०७६  ०७:४८
प्रतिक्रिया दिनुहोस्
थप प्रवास
थाइल्याण्डमा एएनओको समिति गठन
थाइल्याण्डमा एएनओको समिति गठन सोमबार, चैत १६, २०८२
एनआरएनए फ्रान्सको विवाद मिल्यो, अध्यक्ष डा. शर्मा पेरिसमा
एनआरएनए फ्रान्सको विवाद मिल्यो, अध्यक्ष डा. शर्मा पेरिसमा सोमबार, चैत ९, २०८२
नेपालको समृद्धिमा योगदान गर्न गैरआवासीय नेपालीलाई परराष्ट्रमन्त्री शर्माको आह्वान
नेपालको समृद्धिमा योगदान गर्न गैरआवासीय नेपालीलाई परराष्ट्रमन्त्री शर्माको आह्वान मंगलबार, चैत ३, २०८२
एनआरएनए नागरिकता कार्यान्वयन हुनेगरी कानुन संशोधन गर्न माग
एनआरएनए नागरिकता कार्यान्वयन हुनेगरी कानुन संशोधन गर्न माग आइतबार, चैत १, २०८२
एनआरएनएकाे उम्मेदवारहरूको पहिलो नामावली सार्वजनिक
एनआरएनएकाे उम्मेदवारहरूको पहिलो नामावली सार्वजनिक बिहीबार, फागुन २८, २०८२
एनआरएनएकाे १२ औं बृहत एकताको अन्तर्राष्ट्रिय महाधिवेशन हुँदै
एनआरएनएकाे १२ औं बृहत एकताको अन्तर्राष्ट्रिय महाधिवेशन हुँदै मंगलबार, फागुन १२, २०८२
एनआरएनए अध्यक्षका उम्मेदवार रोविन शेरचन विश्व दौडाहामा
एनआरएनए अध्यक्षका उम्मेदवार रोविन शेरचन विश्व दौडाहामा बिहीबार, फागुन ७, २०८२
लोकप्रिय
  • Week
  • Month
विश्व क्षयरोग दिवस: नेपालको अवस्था 
विश्व क्षयरोग दिवस: नेपालको अवस्था 
स्ट्रेट अफ होरमुजमा इरानको नियन्त्रण, विश्व बजारमा तेल संकट
स्ट्रेट अफ होरमुजमा इरानको नियन्त्रण, विश्व बजारमा तेल संकट
विभागमा पुनः श्रम स्वीकृति लिनेको चाप, नयाँ न्यून 
विभागमा पुनः श्रम स्वीकृति लिनेको चाप, नयाँ न्यून 
रास्वपाको वाचा पूरा गर्ने जिम्मेवारीमा श्रममन्त्री साह, यी हुन् चुनौती
रास्वपाको वाचा पूरा गर्ने जिम्मेवारीमा श्रममन्त्री साह, यी हुन् चुनौती
नवनियुक्त प्रधानमन्त्री साहबाट शपथ ग्रहण सम्पन्न
नवनियुक्त प्रधानमन्त्री साहबाट शपथ ग्रहण सम्पन्न
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP