Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #आदिवासी जनजाति
  • #नेपाल_आदिवासी_ज्ञान
  • #शुक्रराज शर्मा
  • #‘हट स्पट’ रुपन्देही-३
  • #विश्व सिमसार दिवस
  • #राष्ट्रिय जनमुक्ति पार्टी
  • #सामाजिक सुरक्षा कोष
  • #जरा_उद्यान
  • #सिगाना
Search Here
कला-मनोरञ्‍जन
  • Home
  • कला-मनोरञ्‍जन
  • गोर्खा वारियरको फस्ट लुक्स
गोर्खा वारियरको फस्ट लुक्स
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, मंसिर १३, २०७९
poster section_NEW
Hardik health
काठमाडौं-  अन्तराष्ट्रिय चलचित्र ‘गोर्खा वारियर’को फस्ट लुक्स सार्वजनिक गरिएको छ । आगामी सन २०२३ मा विश्वव्यापी रिलिज हुने अन्तराष्ट्रिय चलचित्र मंगलबार गोर्खा वारियरको फस्ट लुक्सको रुपमा तीन वटा पोष्टर सार्वजनिक गरिएको हाे । भर्सटाईल निर्देशक मिलन चाम्सद्धारा निर्मित एवम् निर्देशित यो चलचित्र नेपाली, हिन्दी र अंग्रेजीसहित तीन भाषामा निर्माण गरिएको छ । सन १९४९ को ‘मलाया इमरजेन्सी जंगल वार’मा गोर्खाली सैनिकको शाहसिक युद्धकथालाई तस्बिरमार्फत फस्ट लुक्समा समेटिएको छ ।एउटा पोष्टरमा चलचित्रमा ब्रिटिस गोर्खा सैनिकको रुपमा मुख्य अभिनेता रितेश चाम्स खुकुरी हातमा लिएर क्रोधित भावमा प्रस्तुत भएका छन् । यस्तै अर्को पोष्टरमा रितेश सहित गोर्खा सैनिक मेजरको भूमिका रहेका अर्का अभिनेता विजय लामा र अन्य कलाकार पनि ब्रिटिस गोर्खा सैनिककै भेषमा प्रस्तुत छन् । सार्वजनिक गरिएको तेश्रो पोष्टरमा मुख्य अभिनेता रितेश चाम्ससहित उनको १२ जना ब्रिटिस गोर्खा सैनिकहरुको टिम युद्धमा जानको लागि तयारी मुद्रामा बसेका छन् । यी सबै पोष्टरहरु खैरो रंगमा तयार गरिएको छ । युद्ध सम्बन्धि ऐतिहासिक कथामा चलचित्र रहेकाले पोष्टरको रंग ‘ग्रे कलर’मा तयार गरिएको निर्देशक चाम्सले बताएका छन् ।‘वार’ जनरामा निर्माण भएको यो चलचित्रबाट नायक रितेश चाम्सले डेब्यु गरेका छन् । रितेशसँगै गोर्खा वारियरमा बिजय लामा, रेविका गुरुङ, रियर राई, शिशिर बाङ्देल, कविता आले, बिरूप घले, सारा राईलगायतकाकलाकारको मुख्य भूमिका रहेको छ । यस अघि दर्जन सफल चलचित्र निर्देशन गरिसकेका भर्सटाईल निर्देशक मिलन चाम्सले यसपटक गोर्खाली सैनिकले ‘मलाया इमरजेन्सी जंगल वार’ युद्धमा गरेको संघर्ष र उनीहरुको साहसिक कथालाई गोर्खा वारियर मार्फत विश्वका सिनेमा हलमा पुर्याउँदै छन् । चलचित्र नेपाल सहित विश्वका सिनेमा हलमा एकसाथ रिलिज हुने निर्देशक चाम्सले बताएका छन् ।लन्डन सिनेआई प्रोडक्सनको प्रस्तुति र चाम्स इन्टरटेनमेन्टको सहकार्यमा निर्माण भएको यो चलचित्रको निर्मातामा सुस्मिता वाइवा, सुमन राई छन् । यस्तै कार्याकारी निर्मातामा प्रशान्त थापा र सहनिर्मातामा रुपमा सुरेश राई छन् । यो चलचित्रको नेपाल र मलेशियामा छायाँकन भएको हो । गोर्खा वारियरमा मिलन चाम्स र गिरिराज घिमिरेको लेखन, अर्जुन जिसीको सम्पादन, सुदीप बरालको डीओपी, हिमाल केसीको द्वन्द्व निर्देशन, शैलेन्द्र खनाल ‘शरद’को गीत, एलिस कार्कीको संगीत, राजेशपायल राईको गायन रहेको छ । यस्तै यो चलचित्रको हिन्दी भर्सनमा भारतीय गायक सानको स्वरमा गीत रहेको छ । यो चलचित्रमा युद्धसँगै गोर्खाली सैनिकको परिवारसँग बिछोडिँदाको मार्मिक कथा पनि समेटिएको छ ।  
प्रकाशित मिति: मंगलबार, मंसिर १३, २०७९  १८:०६
प्रतिक्रिया दिनुहोस्
थप कला-मनोरञ्‍जन
काठमाडौँमा सातौँ नेपाल कल्चरल इन्टरनेशनल फिल्म फेस्टिभल सम्पन्न
काठमाडौँमा सातौँ नेपाल कल्चरल इन्टरनेशनल फिल्म फेस्टिभल सम्पन्न मंगलबार, माघ २०, २०८२
इसेवाको ब्रान्ड गीत “सबै, सधैं, सँगै”  सार्वजनिक
इसेवाको ब्रान्ड गीत “सबै, सधैं, सँगै”  सार्वजनिक सोमबार, माघ १९, २०८२
काठमाडौँमा मिथिला चित्रकला तालिम
काठमाडौँमा मिथिला चित्रकला तालिम सोमबार, माघ १९, २०८२
‘हामी सबै नेपाली, हाम्रो नेपाल’ गीत सार्वजनिक 
‘हामी सबै नेपाली, हाम्रो नेपाल’ गीत सार्वजनिक  सोमबार, माघ १९, २०८२
चलचित्र पत्रकार सिटौलाको निधन 
चलचित्र पत्रकार सिटौलाको निधन  आइतबार, माघ १८, २०८२
‘सोल्टिनी’को म्युजिक भिडियो सार्वजनिक
‘सोल्टिनी’को म्युजिक भिडियो सार्वजनिक आइतबार, माघ १८, २०८२
राष्ट्रिय गीत ‘नेपालको छोरो’ सार्वजनिक
राष्ट्रिय गीत ‘नेपालको छोरो’ सार्वजनिक शुक्रबार, माघ १६, २०८२
लोकप्रिय
  • Week
  • Month
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
असफल नेतृत्वको ‘सिंगापुर’ सपना
असफल नेतृत्वको ‘सिंगापुर’ सपना
एआई, रोबोटिक्स र कोडिङको राष्ट्रिय प्रतियोगिता ‘कोडभर ७.०’ हुँदै
एआई, रोबोटिक्स र कोडिङको राष्ट्रिय प्रतियोगिता ‘कोडभर ७.०’ हुँदै
रोजगारदाता परिवर्तन गर्ने नियममा कोरियाका आधा कम्पनीको समर्थन
रोजगारदाता परिवर्तन गर्ने नियममा कोरियाका आधा कम्पनीको समर्थन
निर्वाचन आचार संहिताविपरीत कार्य गरेको भन्दै  गुठी संस्थानलाई आयोगकाे पत्र
निर्वाचन आचार संहिताविपरीत कार्य गरेको भन्दै गुठी संस्थानलाई आयोगकाे पत्र
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
वैकल्पिक राजनीतिको परीक्षाः एकता, एजेण्डा र आत्मसम्मान
वैकल्पिक राजनीतिको परीक्षाः एकता, एजेण्डा र आत्मसम्मान
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
असफल नेतृत्वको ‘सिंगापुर’ सपना
असफल नेतृत्वको ‘सिंगापुर’ सपना
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP