Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #कोजाग्रत_पूर्णिमा
  • #सराय
  • #गाईपालन
  • #काठेपिङ
  • #नोबेल_पुरस्कार
  • #विश्व दृष्टि दिवस
  • #छिमली र पट्टा नाच
  • #कोशी प्रदेश
  • #पुर्ख्याैली_सीप
Search Here
समाचार
  • Home
  • समाचार
  • बहालवाला र चार पूर्वश्रममन्त्रीलाई सफलता
बहालवाला र चार पूर्वश्रममन्त्रीलाई सफलता
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, मंसिर ९, २०७९
Hardik health
काठमाडाैं -  बहालवाला एकसहित श्रम मन्त्रालयको नेतृत्व सम्हालिसकेका पाँच नेता पुनः संघीय संसद्मा देखिने भएका छन् । यही ४ मंसिरमा सम्पन्न आमनिर्वाचनबाट उनीहरु प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् । निर्वाचित हुनेमा हालका श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवर, पूर्वश्रममन्त्रीहरु कृष्णकुमार श्रेष्ठ, गोकर्ण विष्ट, रमेश लेखक तथा पूर्वश्रम राज्यमन्त्री टेकबहादुर गुरुङ रहेका छन् । हालका श्रममन्त्री कुँवर अछाम–१ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् । नेकपा एकीकृत समाजवादी पार्टीका नेता कुँवर वाम–लोकतान्त्रिक गठबन्धनका उम्मेदवार थिए । उनले नेकपा एमालेका उम्मेदवार झपट बोहरालाई झण्डै चार हजार ५०० मतले पराजित गरे । कुँवरले १९ हजार ५३४ मत पाए भने निकटतम प्रतिस्पर्धी बोहराले १५ हजार ४५ मत ल्याए । मन्त्री कुँवरले श्रम मन्त्रालयको जिम्मेवारी सम्हालेलगत्तै नीतिगत तथा प्रविधिक सुधारका कार्य थालेका थिए । उनकै योजनामा श्रमिकसँग श्रममन्त्री कार्यक्रम ल्याएर प्रत्यक्ष संवादको थालनी गरिएको छ । पूर्वश्रममन्त्री श्रेष्ठ बारा क्षेत्र नं. ४ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । नेकपा एकीकृत समाजवादीका उनी पनि वाम–लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार हुन् । उनले आफ्नो प्रतिद्वन्दी नेकपा एमालेका उम्मेदवार एकवाल मियाँलाई पराजित गरेका हुन् । श्रेष्ठले २० हजार २९७ मत ल्याएर विजयी हुँदा मियाँले १३ हजार ८६३ मत प्राप्त गरे । श्रेष्ठले आफू श्रममन्त्री हुँदा श्रम गन्तव्य मुलुकहरुको खोजी गर्ने र मलेसियालगायत खाडी मुलुकमा लागू गरिएको ‘फ्रि भिसा, फ्रि टिकट’ अव्यावहारिक भएको भन्दै पुनरवेदन गर्न पहल गरेका थिए । यद्यपि, उनको उक्त प्रयास पूरा हुन पाएन । तर, उनकै अग्रसरतामा मन्त्रालयसहित सम्बन्धित निकायलाई प्रविधियुक्त बनाउने काम भयो । यस्तै श्रम मन्त्रालयको जिम्मेवारी सम्हालिसकेका र निरन्तर संघीय सांसदमा विजयी हुने अर्का भाग्यमानी व्यक्ति हुन् गोकर्ण विष्ट । एमाले सचिवसमेत रहेका उनी यसपटक पनि गुल्मी क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भए । विष्टले नेकपा एकीकृत समाजवादीकी सचिव रामकुमारी झाँक्रीलाई दुई हजारभन्दा बढी मतले पराजित गरी आफ्नो वर्चश्व कायम राखे । उनले २८ हजार ४७६ मत प्राप्त गरे भने झाँक्रीले २६ हजार ४४२ मत पाइन् । विष्टले श्रममन्त्री भएका बखत वैदेशिक रोजगारीमा जाने कामदारहको हितमा नीतिगत निर्णय गरी कार्यान्वयनमा अडान लिएका थिए । उनले लिएको अडानका कारण लामो समय वैदेशिक रोजगारीको गतिविधि प्रभावितसमेत भएको थियो । पूर्वश्रम राज्यमन्त्री टेकबहादुर गुरुङ पनि प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । वैदेशिक रोजगार व्यवसायी पृष्ठभूमि भएका नेपाली कांग्रेसका नेता गुरुङ मनाङबाट निर्वाचित भएका हुन् । उनी आफ्नो प्रतिस्पर्धी एमालेका उम्मेदवार पोल्देनछोपाङ गुरुङलाई हराउँदै विजय भएका हुन् । गुरुङले श्रम राज्यमन्त्री भए पनि कार्यकारी अधिकार पाएका थिए । उनले वैदेशिक रोजगारीमा जाने कामदारमाथि चर्को आर्थिक भार परेको भन्दै ‘फ्रि भिसा, फ्रि टिकट’मा पठाउनुपर्ने नीतिगत व्यवस्था गरेका थिए । तत्कालीन समयमा फ्रि भिसा, फ्रि टिकटमा कामदार पठाउन नसकिने भन्दै व्यवसायीहरुले चर्को विरोध गरेका थिए । फौजदारी अभियोगमा मुद्दा खेपिरहेका गुरुङले उक्त मुद्दा किनारा नलागेसम्म संसद प्रवेश गर्न भने नपाउने भएका छन् । यस्तै अर्का पूर्वश्रममन्त्री नेपाली कांग्रेसका नेता रमेश लेखक पनि प्रतिनिधिसभा सदस्यका लागि निर्वाचित भएका छन् । उनले कञ्चनपुर क्षेत्र नं. ३ बाट एमालेकी उम्मेवार निरुदेवी पाललाई फराकिलो मतान्तरले हराउँदै संसदीय यात्रा तय गरेका हुन् । लेखक ३० हजार ५२३ मत पाएर विजयी भए भने पालले १८ हजार ४४८ मत ल्याइन् । लेखकले श्रममन्त्री हुँदा वैदेशिक रोजगार व्यवसायीहरुलाई जवाफदेही बनाउन र दिगो व्यवसाय सञ्चालन गरुन् भन्ने उद्देश्यले धरौटीको प्रावधान ल्याएका थिए । राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता एवं पूर्वश्रममन्त्री दीपक बोहोरा पनि संसदीय यात्राको लागि प्रतिस्पर्धामा छन् । रुपन्देही–३ बाट उम्मेदवार रहेका उनको प्रतिस्पर्धा गृहमन्त्री बालकृष्ण खाणसँग रहेको छ । सत्ता गठबन्धनका साझा उम्मेदवार खाण नेपाली कांग्रेसका प्रभावशाली नेता मानिन्छन् । मत गणना चलिरहँदा यी दुई नेताबीच कडा प्रतिस्पर्धा चलिरहेको छ । पूर्वश्रममन्त्री चौधरी पराजित त्यसो त निर्वाचनमा भाग लिएका सबै पूर्वश्रममन्त्रीहरुले चुनाव जित्न सकेका छैनन् । कैलाली क्षेत्र नं. ३ बाट चुनाव लडेका एमालेका नेता एवं पूर्वश्रममन्त्री गौरीशंकर चौधरीले पराजय बेहोर्नुप¥यो । उनलाई नागरिक उन्मुक्ति पार्टीका गंगाराम चौधरीले पराजित गरे । गौरीशंकरले नौ हजार ८७४ मत पाउँदा गंगारामले २३ हजार १२० मत ल्याएर ठूलो मतान्तरले जित हासिल गरे । गौरीशंकरले आफू श्रममन्त्री हुँदा उल्लेख्य सुधारका कार्यहरु गर्न नसकेको आरोप लाग्ने गरेको छ । उनी माओवादी केन्द्रका पूर्वनेतासमेत हुन् । पूर्वश्रममन्त्री मोहम्मद अफताव आलमले भने उम्मेदवारी दर्ता गर्न पाएनन् । हाल उनी व्यक्ति हत्याको अभियोगमा जेल सजाय भोगिरहेका छन् । पूर्वश्रममन्त्री रामेश्वर राय यादव, फरमुल्लाह मन्सुर सरिता गिरीलगायतका नेताहरुले यसपटकको चुनावी प्रतिस्पर्धामा भाग लिएका छैनन् ।
प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९  १०:२८
प्रतिक्रिया दिनुहोस्
थप समाचार
वैदेशिक रोजगारीमा जाने महिलाको संख्या बर्सेनि बढ्दै
वैदेशिक रोजगारीमा जाने महिलाको संख्या बर्सेनि बढ्दै शुक्रबार, असोज २४, २०८२
कतारको कानुनविपरीत हुने कुनै पनि गतिविधिमा संलग्न नहुन दूतावासको आग्रह 
कतारको कानुनविपरीत हुने कुनै पनि गतिविधिमा संलग्न नहुन दूतावासको आग्रह  बिहीबार, असोज २३, २०८२
मलेसियाको पुँजी र सीपको सदुपयोग- कृषि फार्मबाट आम्दानीसँगै रोजगारी दिँदै देउकुमार
मलेसियाको पुँजी र सीपको सदुपयोग- कृषि फार्मबाट आम्दानीसँगै रोजगारी दिँदै देउकुमार बुधबार, असोज २२, २०८२
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार शुक्रबार, असोज १०, २०८२
भिजिट भिसा प्रयोगमा देखिएका चुनौतिबारे छलफल
भिजिट भिसा प्रयोगमा देखिएका चुनौतिबारे छलफल शुक्रबार, असोज १०, २०८२
युएईबाहेक अन्य मुलुकमा भिसा रोकिएको छैन
युएईबाहेक अन्य मुलुकमा भिसा रोकिएको छैन बिहीबार, असोज ९, २०८२
युएईको कानुनविपरीत गतिविधिमा नलाग्न दूतावासको आग्रह
युएईको कानुनविपरीत गतिविधिमा नलाग्न दूतावासको आग्रह बुधबार, असोज ८, २०८२
लोकप्रिय
  • Week
  • Month
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
वर्षाका कारण दुई दिन बिदा घोषणा
वर्षाका कारण दुई दिन बिदा घोषणा
बढी भाडा असुल्नेलाई कारबाही
बढी भाडा असुल्नेलाई कारबाही
धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरियो, राति जाग्राम बसिँदै
धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरियो, राति जाग्राम बसिँदै
निर्वाचनसम्बन्धी छलफलका लागि राजनीतिक दललाई आयोगद्वारा पत्राचार
निर्वाचनसम्बन्धी छलफलका लागि राजनीतिक दललाई आयोगद्वारा पत्राचार
घरसँगै जल्यो इतिहास
घरसँगै जल्यो इतिहास
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
शिक्षाका सात आयाम
शिक्षाका सात आयाम
उपराष्ट्रपति झाकाे घरमा आगजनी
उपराष्ट्रपति झाकाे घरमा आगजनी
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP