Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #काठमाडौं निर्वाचन क्षेत्र नम्बर-२
  • #डा.विश्वास बस्नेत
  • #पुतली_नाच
  • #टाइगर कप
  • #मनोनयन_दर्ता
  • #तामाङ_घेदुङ
  • #सोनाम_ल्होछार
  • #शेरबहादुर देउवा
  • #सोनाम_ल्होच्छार
Search Here
विश्व
  • Home
  • विश्व
  • हिंसाविरुद्ध अफगान महिलाद्वारा प्रदर्शन
हिंसाविरुद्ध अफगान महिलाद्वारा प्रदर्शन
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, मंसिर ८, २०७९
Hardik health
एजेन्सी -  संयुक्त राष्ट्रसङ्घको महिला हिंसा उन्मूलन दिवसको पूर्वसन्ध्यामा एक दर्जनभन्दा बढी अफगानी महिलाले आफ्नो अधिकारलाई मान्यता दिन माग गर्दै बिहीबार काबुलमा प्रदर्शन गरेका छन् । अन्तर्राष्ट्रिय महिला हिंसा उन्मूलन दिवस हरेक वर्ष नोभेम्बर २५ का दिन मनाइन्छ । संयुक्त राष्ट्रसङ्घका अनुसार अफगानिस्तानमा महिला तथा बालिकाविरुद्ध हुने हिंसा र विश्वमा सबैभन्दा व्यापक रूपमा मानव अधिकार उल्लङ्घनको रूपमा रहेका छन् । महिलाविरूद्धको हिंसाले अफगानिस्तानको तीनमध्ये एक महिलालाई प्रभावित गरेको छ ।गत वर्षको अगष्टमा तालिवान सत्तामा फर्किएपछि अफगानी महिलाहरू सार्वजनिक अधिकारबाट वञ्चित भएका छन् । यसको विरोधमा साना समूहहरूले आकस्मिक रूपमा गरेका विरोध प्रदर्शनले कहिलेकाहीं हिंस्रक रूप लिएपनि प्रायःजसो तिनीहरू तुरुन्तै बन्द हुने गरेका छन् । एक प्रदर्शनकारीले बोकेका दारी भाषामा लेखिएको प्लेकार्डमा लेखिएको छ, “हामी (अफगानी महिला) अन्त्यसम्म आफ्नो अधिकारका लागि लड्नेछौं र आत्मसमर्पण गर्ने छैनौं । उनीहरूले ‘महिला, जीवन र ऐक्यबद्धता’ को नारा लगाएका थिए । समूहका अधिकांश सदस्यले गाढा कालो चश्मा लगाएका थिए, टाउको बुर्काले ढाकेका थिए र सर्जिकल मास्कले अनुहार छोपेका थिए । तालिवान लडाकूहरूले कारबाहीलाई नजिकबाट नियालिरहेका थिए भने गुप्तचर सेवाका अधिकारीहरू बोकेका कारहरूले छिमेकलाई घेरेका थिए । आयोजकका अनुसार तालिबान प्रशासनले तीन जना प्रदर्शनकारीलाई केही समयका लागि हिरासतमा लिएको र उनीहरूलाई ‘अपमानित र दुरूत्साहित’ गरेका छन् । “तालिबान महिलाहरूको गतिविधिबाट निकै डराउँदछ, त्यसैले उनीहरूले महिलाहरूलाई पक्राउ गरेर र जेलमा राखेर घरमा बस्न डराउने प्रयास गर्छन्,” नाम नबताउने शर्तमा एक आयोजकले एएफपीलाई बताए । “तालिबानको शासनकालमा अफगानी महिलालाई पुरूषसरह मान्यता दिइएको छैन । आज, महिलाहरू काममा जान, अध्ययन गर्न वा सजिलै अन्य क्रियाकलाप गर्न पनि सक्दैनन् । तालिबान सत्तामा फर्केपछि अधिकांश महिला सरकारी कर्मचारीले आफ्नो रोजगारी गुमाइसकेका छन् वा उनीहरूलाई घरमै बस्नका लागि थोरै रकम दिइएको छ । महिलालाई पुरुष नातेदारबिना यात्रा गर्न निषेध गरिएको छ र घरबाहिर निस्कँदा बुर्का वा हिजाबले छोप्नुपर्छ । यसै महिना तालिबानले महिलाहरूलाई पार्क, फनफेयर, जिम र सार्वजनिक स्नानमा प्रवेश गर्न प्रतिबन्ध लगाएको थियो ।देशका अधिकांश भागमा किशोरीका लागि बनाइएका विद्यालय पनि बन्द गरिएका छन् । बुधबार मध्य प्रान्त उरुज्गानका दूरसञ्चार अधिकारीहरूले महिलाहरूलाई अब मोबाइल फोनको सिमकार्ड किन्न अनुमति नदिइएको बताएका थिए ।
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  १८:१३
प्रतिक्रिया दिनुहोस्
थप विश्व
सानो हमिङबर्डको अन्तिम आश्रय
सानो हमिङबर्डको अन्तिम आश्रय शुक्रबार, माघ ९, २०८२
टी-२० विवादले भारतको ओलम्पिक सपना प्रभावित
टी-२० विवादले भारतको ओलम्पिक सपना प्रभावित शुक्रबार, माघ ९, २०८२
जापानको उपभोक्ता मूल्य २०२५ मा उच्च, ऊर्जा र खाद्य मूल्यमा उतार–चढाव
जापानको उपभोक्ता मूल्य २०२५ मा उच्च, ऊर्जा र खाद्य मूल्यमा उतार–चढाव शुक्रबार, माघ ९, २०८२
रुस, युक्रेन र अमेरिका अबुधाबीमा वार्ता गर्ने
रुस, युक्रेन र अमेरिका अबुधाबीमा वार्ता गर्ने शुक्रबार, माघ ९, २०८२
इरान प्रदर्शनमा मृत्यु हुनेको सङ्ख्या पाँच हजार नाघ्यो, अमेरिकी ‘आर्मडा’ नजिकिँदै
इरान प्रदर्शनमा मृत्यु हुनेको सङ्ख्या पाँच हजार नाघ्यो, अमेरिकी ‘आर्मडा’ नजिकिँदै शुक्रबार, माघ ९, २०८२
शान्ति बोर्डको प्रस्तावले ईयू-अमेरिका सम्बन्धमा तनाव
शान्ति बोर्डको प्रस्तावले ईयू-अमेरिका सम्बन्धमा तनाव शुक्रबार, माघ ९, २०८२
डब्लुएचओबाट अमेरिका बाहिरियाे, विश्व स्वास्थ्यमा अनिश्चितता
डब्लुएचओबाट अमेरिका बाहिरियाे, विश्व स्वास्थ्यमा अनिश्चितता शुक्रबार, माघ ९, २०८२
लोकप्रिय
  • Week
  • Month
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
उच्च पहाडी तथा हिमाली भेगका हिमपातको सम्भावना
उच्च पहाडी तथा हिमाली भेगका हिमपातको सम्भावना
ल्होछारलाई सधैं एउटै मितिमा पर्ने गरी तय गर्नुपर्ने :  दिलमान पाख्रिन
ल्होछारलाई सधैं एउटै मितिमा पर्ने गरी तय गर्नुपर्ने : दिलमान पाख्रिन
आजदेखि  निर्वाचन आचारसंहिता लागू
आजदेखि निर्वाचन आचारसंहिता लागू
बालेनले दिए राजीनामा
बालेनले दिए राजीनामा
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP