सिरहा - लक्ष्मीपुर पतारी गाउँपालिका-६ सलोखरी बस्ने ६२ वर्षीय राजेन्द्र साहको आगलागीमा जलेर आइतबार दिउँसो मृत्यु भएको छ ।
आफ्नै खेतमा थ्रेसर गरिएको परालमा आगो लगाउने क्रममा जलेर उनको मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी सितापुर र ईलाका प्रहरी कार्यालय महेशपुरपतारबाट
खटिएको प्रहरीले यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।
यस्तै ईटहरी उपमहानगरपालिका-१९ स्थित बरमपुर बस्ने पर्शुराम बस्नेतको कुखुरा फर्ममा विद्युत सर्ट भई आइतबार राति आगलागी हुँदा कुखुरा फर्म, फर्म नजिकै रहेको उनकै गाईगोठ, बाख्राको खोर र २ तले काठको टाँडे घर जलेर करिब ९ लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
प्रहरी चौकी तरहराबाट खटिएको प्रहरीले स्थानीय बासिन्दा तथा दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।
प्रकाशित मिति: सोमबार, मंसिर ५, २०७९ १६:०८