Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #लोचाखोला
  • #रावाबेँसी
  • #हौँचुर
  • #नेत्रज्योति दिवस
  • #सीता वादी
  • #सोविता गौतम
  • #गीता_चौधरी
Search Here
प्रवास
  • Home
  • प्रवास
  • नवनिर्माण भवनको शिलान्यास
नवनिर्माण भवनको शिलान्यास
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, माघ ६, २०७६
1
Hardik health
कास्की–जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय वैदाम परिसरभित्र नवनिर्माण हुने भवनहरूको आइतबार आयोजित एक कार्यक्रमबीच शिलान्यास भएको छ । वडा प्रहरी कार्यालय वैदाम पोखरामा नवनिर्माण हुने भवनको पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसी र प्रहरी महानिरीक्षक खनालले संयुक्त रूपमा तथा जिल्ला प्रहरी कार्यालय कास्कीमा नवनिर्माण हुने भवनको प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले शिलान्यास गरेका छन् । नेपाल प्रहरीका भौतिक संरचनाहरूलाई व्यवस्थित एवं सुविधा सम्पन्न बनाई जनमुखी प्रहरी सेवा प्रवाहमा थप सहजता प्रदान गर्न नेपाल प्रहरीको नियमित बजेटबाट उक्त भवनहरू निर्माण गर्न लागिएको हो । कार्यक्रममा पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले पोखरा महानगरलाई देशकै सुरक्षित, सु–संस्कृत र समृद्ध बनाउन महानगर अन्तर्गत योगदान गर्न कटिबद्ध भएको उल्लेख गर्दै समृद्ध समाज निर्माणका लागि जनप्रतिनिधि, प्रहरी र प्रशासन साझा उद्देश्यका साथ अघि बढ्नुको विकल्प नरहेको बताए । उक्त अवसरमा प्रहरी महानिरीक्षक खनालले समुदाय–प्रहरी साझेदारी अवधारणा अन्तर्गत कास्की जिल्लामा प्रहरीसँग साझेदारी गर्ने पोखरा महानगरपालिका लगायत जिल्ला अन्तर्गतका विभिन्न गाउँपालिकाहरूलाई प्रशंसापत्र प्रदान गरेका छन् । साथै उनले जिल्ला अन्तर्गत उत्कृष्ट कार्य सम्पादन गर्ने प्रहरी अधिकृतहरूलाई सम्मान समेत गरे । कार्यक्रममा प्रहरी महानिरीक्षक खनालले महिला, बालबालिका तथा ज्येष्ठ नागरीक विरुद्धका घटनाहरूमा शुन्य सहनशिलताको नीति अंगिकार गरेको उल्लेख गर्दै प्रहरी संगठनलाई दक्षिण एसियाकै अब्बल प्रहरी संगठनको रूपमा परिचित गराउन राज्यद्धारा सुम्पिएका सबै जिम्मेवारीलाई संगठनले त्रुटिरहित ढंगले पूरा गरेको बताए । सुविधा सम्पन्न प्रहरी कार्यालयहरूमा बस्ने प्रहरी कर्मचारीहरूबाट थप प्रभावकारी एवं जनमुखी प्रहरी सेवा प्रवाह हुनेमा आफू विश्वस्त रहेको बताउँदै प्रहरी महानिरीक्षक खनालले तोकिएको समयभित्रै निर्माण कार्य सम्पन्न गर्न सम्बन्धित पक्षको ध्यानाकर्षण गराए । गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रमुख प्रहरी नायव महानिरीक्षक विनोद शर्मा घिमिरेले प्रहरी संगठनका लागि सुविधा सम्पन्न भवनहरूको निर्माण हुनु खुसीको कुरा भएको बताउँदै प्रविधियुक्त र जनमैत्री सेवा प्रवाह गर्न प्रहरी प्रतिबद्ध रहेको चर्चा गरे । कार्यक्रममा गण्डकी प्रदेश संसाद राजिव पहारी, सुरक्षा निकायका प्रमुखहरू, स्थानीय निकायका प्रतिनिधिहरू, प्रहरी अधिकृतहरू, संचारकर्मी लगायत स्थानीयबासीको उपस्थिति रहेको थियो ।
प्रकाशित मिति: सोमबार, माघ ६, २०७६  ०७:१०
प्रतिक्रिया दिनुहोस्
थप प्रवास
थाइल्याण्डमा एएनओको समिति गठन
थाइल्याण्डमा एएनओको समिति गठन सोमबार, चैत १६, २०८२
एनआरएनए फ्रान्सको विवाद मिल्यो, अध्यक्ष डा. शर्मा पेरिसमा
एनआरएनए फ्रान्सको विवाद मिल्यो, अध्यक्ष डा. शर्मा पेरिसमा सोमबार, चैत ९, २०८२
नेपालको समृद्धिमा योगदान गर्न गैरआवासीय नेपालीलाई परराष्ट्रमन्त्री शर्माको आह्वान
नेपालको समृद्धिमा योगदान गर्न गैरआवासीय नेपालीलाई परराष्ट्रमन्त्री शर्माको आह्वान मंगलबार, चैत ३, २०८२
एनआरएनए नागरिकता कार्यान्वयन हुनेगरी कानुन संशोधन गर्न माग
एनआरएनए नागरिकता कार्यान्वयन हुनेगरी कानुन संशोधन गर्न माग आइतबार, चैत १, २०८२
एनआरएनएकाे उम्मेदवारहरूको पहिलो नामावली सार्वजनिक
एनआरएनएकाे उम्मेदवारहरूको पहिलो नामावली सार्वजनिक बिहीबार, फागुन २८, २०८२
एनआरएनएकाे १२ औं बृहत एकताको अन्तर्राष्ट्रिय महाधिवेशन हुँदै
एनआरएनएकाे १२ औं बृहत एकताको अन्तर्राष्ट्रिय महाधिवेशन हुँदै मंगलबार, फागुन १२, २०८२
एनआरएनए अध्यक्षका उम्मेदवार रोविन शेरचन विश्व दौडाहामा
एनआरएनए अध्यक्षका उम्मेदवार रोविन शेरचन विश्व दौडाहामा बिहीबार, फागुन ७, २०८२
लोकप्रिय
  • Week
  • Month
विश्व क्षयरोग दिवस: नेपालको अवस्था 
विश्व क्षयरोग दिवस: नेपालको अवस्था 
स्ट्रेट अफ होरमुजमा इरानको नियन्त्रण, विश्व बजारमा तेल संकट
स्ट्रेट अफ होरमुजमा इरानको नियन्त्रण, विश्व बजारमा तेल संकट
विभागमा पुनः श्रम स्वीकृति लिनेको चाप, नयाँ न्यून 
विभागमा पुनः श्रम स्वीकृति लिनेको चाप, नयाँ न्यून 
रास्वपाको वाचा पूरा गर्ने जिम्मेवारीमा श्रममन्त्री साह, यी हुन् चुनौती
रास्वपाको वाचा पूरा गर्ने जिम्मेवारीमा श्रममन्त्री साह, यी हुन् चुनौती
नवनियुक्त प्रधानमन्त्री साहबाट शपथ ग्रहण सम्पन्न
नवनियुक्त प्रधानमन्त्री साहबाट शपथ ग्रहण सम्पन्न
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP