Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मलेसियान_सिण्डिकेट
  • #The Fun२sss Show
  • #कमेडी शो
  • #एनसेल
  • #नेपाल स्टक एक्सचेञ्‍ज
  • #अन्तरराष्ट्रिय_दिवस
  • #मेटलाइफ
  • #फ्रेन्च_फ्राइज
  • #नेपाली_फ्रोजन_फ्रेन्च_फ्राइज
Search Here
प्रवास
  • Home
  • प्रवास
  • नवनिर्माण भवनको शिलान्यास
नवनिर्माण भवनको शिलान्यास
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, माघ ६, २०७६
1
Hardik health
कास्की–जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय वैदाम परिसरभित्र नवनिर्माण हुने भवनहरूको आइतबार आयोजित एक कार्यक्रमबीच शिलान्यास भएको छ । वडा प्रहरी कार्यालय वैदाम पोखरामा नवनिर्माण हुने भवनको पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसी र प्रहरी महानिरीक्षक खनालले संयुक्त रूपमा तथा जिल्ला प्रहरी कार्यालय कास्कीमा नवनिर्माण हुने भवनको प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले शिलान्यास गरेका छन् । नेपाल प्रहरीका भौतिक संरचनाहरूलाई व्यवस्थित एवं सुविधा सम्पन्न बनाई जनमुखी प्रहरी सेवा प्रवाहमा थप सहजता प्रदान गर्न नेपाल प्रहरीको नियमित बजेटबाट उक्त भवनहरू निर्माण गर्न लागिएको हो । कार्यक्रममा पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले पोखरा महानगरलाई देशकै सुरक्षित, सु–संस्कृत र समृद्ध बनाउन महानगर अन्तर्गत योगदान गर्न कटिबद्ध भएको उल्लेख गर्दै समृद्ध समाज निर्माणका लागि जनप्रतिनिधि, प्रहरी र प्रशासन साझा उद्देश्यका साथ अघि बढ्नुको विकल्प नरहेको बताए । उक्त अवसरमा प्रहरी महानिरीक्षक खनालले समुदाय–प्रहरी साझेदारी अवधारणा अन्तर्गत कास्की जिल्लामा प्रहरीसँग साझेदारी गर्ने पोखरा महानगरपालिका लगायत जिल्ला अन्तर्गतका विभिन्न गाउँपालिकाहरूलाई प्रशंसापत्र प्रदान गरेका छन् । साथै उनले जिल्ला अन्तर्गत उत्कृष्ट कार्य सम्पादन गर्ने प्रहरी अधिकृतहरूलाई सम्मान समेत गरे । कार्यक्रममा प्रहरी महानिरीक्षक खनालले महिला, बालबालिका तथा ज्येष्ठ नागरीक विरुद्धका घटनाहरूमा शुन्य सहनशिलताको नीति अंगिकार गरेको उल्लेख गर्दै प्रहरी संगठनलाई दक्षिण एसियाकै अब्बल प्रहरी संगठनको रूपमा परिचित गराउन राज्यद्धारा सुम्पिएका सबै जिम्मेवारीलाई संगठनले त्रुटिरहित ढंगले पूरा गरेको बताए । सुविधा सम्पन्न प्रहरी कार्यालयहरूमा बस्ने प्रहरी कर्मचारीहरूबाट थप प्रभावकारी एवं जनमुखी प्रहरी सेवा प्रवाह हुनेमा आफू विश्वस्त रहेको बताउँदै प्रहरी महानिरीक्षक खनालले तोकिएको समयभित्रै निर्माण कार्य सम्पन्न गर्न सम्बन्धित पक्षको ध्यानाकर्षण गराए । गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रमुख प्रहरी नायव महानिरीक्षक विनोद शर्मा घिमिरेले प्रहरी संगठनका लागि सुविधा सम्पन्न भवनहरूको निर्माण हुनु खुसीको कुरा भएको बताउँदै प्रविधियुक्त र जनमैत्री सेवा प्रवाह गर्न प्रहरी प्रतिबद्ध रहेको चर्चा गरे । कार्यक्रममा गण्डकी प्रदेश संसाद राजिव पहारी, सुरक्षा निकायका प्रमुखहरू, स्थानीय निकायका प्रतिनिधिहरू, प्रहरी अधिकृतहरू, संचारकर्मी लगायत स्थानीयबासीको उपस्थिति रहेको थियो ।
प्रकाशित मिति: सोमबार, माघ ६, २०७६  ०७:१०
प्रतिक्रिया दिनुहोस्
थप प्रवास
एनआरएनएको एकताकाे रोडम्याप प्रस्ताव पारित
एनआरएनएको एकताकाे रोडम्याप प्रस्ताव पारित सोमबार, कात्तिक १७, २०८२
आदिवासी जनजाति महासंघ क्यालिफोर्नियाको अध्यक्षमा दोङ 
आदिवासी जनजाति महासंघ क्यालिफोर्नियाको अध्यक्षमा दोङ  मंगलबार, कात्तिक ११, २०८२
उपत्यका ट्राफिक प्रहरी ‘कन्ट्रोल रुम’ पुनः निर्माण सम्पन्न
उपत्यका ट्राफिक प्रहरी ‘कन्ट्रोल रुम’ पुनः निर्माण सम्पन्न मंगलबार, कात्तिक ११, २०८२
आयुसिएनको क्षेत्रीय परिषद् सदस्यमा अधिकारी निर्वाचित
आयुसिएनको क्षेत्रीय परिषद् सदस्यमा अधिकारी निर्वाचित बिहीबार, असोज ३०, २०८२
बाढी–पहिरो प्रभावित इलाममा  एनआरएनएकाे राहत
बाढी–पहिरो प्रभावित इलाममा एनआरएनएकाे राहत आइतबार, असोज २६, २०८२
गैरआवासीय नेपाली संघले मनायो २२ औं स्थापना दिवस
गैरआवासीय नेपाली संघले मनायो २२ औं स्थापना दिवस आइतबार, असोज २६, २०८२
एनआरएनएको टोलीको जनाए प्रधानमन्त्री तथा वरिष्ठ मन्त्रहरूसँग पुनर्निर्माणमा सघाउने प्रतिबद्धता
एनआरएनएको टोलीको जनाए प्रधानमन्त्री तथा वरिष्ठ मन्त्रहरूसँग पुनर्निर्माणमा सघाउने प्रतिबद्धता शुक्रबार, असोज १०, २०८२
लोकप्रिय
  • Week
  • Month
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
जेन–जी आन्दोलनः सुधार र पुनर्जागरणको संकेत
जेन–जी आन्दोलनः सुधार र पुनर्जागरणको संकेत
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध  ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
सिण्डिकेडविरुद्ध संघको खबरदारी
सिण्डिकेडविरुद्ध संघको खबरदारी
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP