दाङ - चक्कु देखाएर लुटपाट गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेकाे छ ।
दाङमा चक्कु देखाएर अटोमा लुटपाट गरेको आरोपमा दुई जना पक्राउ परेका हुन् ।
पक्राउ पर्नेमा शान्तिनगर गाउँपालिका-४ जुम्लेकुलाका २६ वर्षीय गोविन्द केसी र तुलसीपुर-५ बसपार्कका १९ वर्षीय आशिष परियार रहेका छन् ।
उनीहरुले गएराति तुलसीपुरबाट जुम्लेकुला जाँदै गरेकाे भे १ ह ५४४३ अटाे नियन्त्रणमा लिइ शान्तिनगर गाउँपालिका-४ रानीवनको जङ्गलमा लुटपाट गरेका प्रहरीले जनाएकाे छ ।
अटाे चालकको साथमा रहेकाे २ हजार ९ सय २० रुपैयाँ र मोबाइल लिएर भाग्दै गरेको अवस्थामा उनीहरुलाई शान्तिनगर मतदान केन्द्रमा खटिएकाे प्रहरी टाेलीले पक्राउ गरेकाे हाे ।
प्रकाशित मिति: शुक्रबार, मंसिर २, २०७९ ०९:३८