Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #संघीय गणतान्त्रिक गठबन्धन
  • #नेपाल बौद्ध धर्म संरक्षण संघ
  • #हायात_प्लेस
  • #एमालेको महाधिवेशन
  • #एचआइभी एड्स दिवस
  • #नेपाल कम्युनिष्ट पार्टी
  • #नेपाल उद्योग वाणिज्य महासंघ
  • #विप्रेषण
  • #दराज
Search Here
विश्व
  • Home
  • विश्व
  • अमेरिकी राष्ट्रपति वार्तामा व्यस्त
अमेरिकी राष्ट्रपति वार्तामा व्यस्त
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, कात्तिक २७, २०७९
joe baiden
Hardik health
एजेन्सी-  दक्षिणपूर्वी एशियाली राष्ट्रहरूको सङ्गठन (आसियान)को शिखर सम्मेलनमा सहभागी हुने सिलसिलामा रहेका  अमेरिकी राष्ट्रपति जो वाइडेनले जापानका प्रधानमन्त्री फुमियो किशिदा र दक्षिणकोरियाका राष्ट्रपति युन सुक योलसँग भेटवार्ता गरेका  छन्  । हालैका हप्तामा उत्तरकोरियाले एउटा अन्तरमहादेशीय क्षेप्यास्त्रसहित शृङ्खलाबद्धरूपमा लामो तथा छोटो दूरीमा प्रहार गर्ने क्षमतायुक्त क्षेप्यास्त्र परीक्षण गरेर कोरियाली प्रायद्वीपमा त्रासको वातावरण सृजना गरेपछि प्योङयाङलाई कसरी आणविक हतियार विकासमा रोक्ने भन्नेबारेमा छलफल भएको छ । एशिया–प्रशान्त क्षेत्रमा चीनको बढ्दो प्रभाव तथा जापान र गणतन्त्र कोरियासँगको अमेरिकाको सहयोगात्मक सम्बन्धबारे पनि नेतात्रयबीच विचारविमर्श भएको छ । आर्थिक एवम् सामरिक सामथ्र्ययुक्त शक्तिशाली प्रतिद्वन्द्वी चीनका राष्ट्रपति सी चिनफिङसँगको भेटवार्ताअघि उहाँहरूबीच भएको भेटवार्तालाई आसियान मुलुकका नेताले चासोका साथ हेरिरहेका छन् । कोरियाली प्रायद्वीपमा उत्तरकोरियाले निम्त्याएको जोखिम घटाउन अमेरिका, जापान र कोरियाको संयुक्त रणनीति एवम् साझेदारीलाई सुदृढ बनाउन राष्ट्रपति वाइडेनले उहाँहरूसँग छलफल गर्ने शनिबार अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभानले बताएका थिए । उत्तरकोरियाका पछिल्ला गतिविधिलाई लिएर उनले त्रिपक्षीय सुरक्षा सहयोग अभिवृद्धिमा जोड दिँदै यो क्षेत्रको समग्र शान्ति र स्थायित्वका निम्ति सहकार्य र साझेदारी अपरिहार्य भएको बताए । उत्तरकोरियाका कारण कोरियाली प्रायद्वीपमा तनाव बढिरहेको छ । उसले निरन्तर हतियार परीक्षण एवम् प्रदर्शन गर्दै आएको छ । अमेरिका र दक्षिणकोरियाले संयुक्त सैन्य अभ्यास गरेपछि क्रुद्ध बनेको प्योङयाङले परीक्षणको निन्दा गरेको थियो । संयुक्त अभ्यासका क्रममा दुवै देशले बमवर्षक एवम् लडाकू विमान उडाएका थिए । यसैबीच, कम्बोडियाका नेता हुन सेनले विश्वव्यापीरूपमा तनाव बढेकामा चिन्ता व्यक्त गर्दै पारस्परिक एकताका निम्ति आह्वान गरे  । आसियान शिखर सम्मेलन उद्घाटन गर्दै उहाँले सबै मतभेदको समाधान शान्तिपूर्ण ढङ्गले गर्नुपर्नेमा जोड दिए । विवाद सुल्झाउन सहकार्य आवश्यक भएको र त्यो विश्वको साझा हितमा भएको उनले दोहोर्‍याए । रुस, चीन र संयुक्त राज्य अमेरिकाका उच्चअधिकारी सम्मिलित शिखर सम्मेलनमा उहाँले अहिलेको विश्वव्यापी तनावले सबैलाई असर गरिरहेको वास्तविकतातर्फ ध्यानाकर्षित गराए । ताइवान र बेइजिङको बढ्दो क्षेत्रीय आकांक्षालाई लिएर संयुक्त राज्य अमेरिका र चीन बीचको तनाव, युक्रेनमाथि रुसले गरेको आक्रमणले विश्वव्यापी आपूर्ति शृङ्लामा पुगेको अवरोध, बढ्दो ऊर्जा र खाद्यान्न मूल्यले निम्त्याएका विषम परिस्थितिबारेमा पनि कम्बोडियाली नेताले विश्वनेताहरूको ध्यानाकर्षण गराए  ।  शिखर सम्मेलनमा अष्ट्रेलिया, न्यूजिल्याण्ड, दक्षिणकोरिया, जापानलगायत राष्ट्रका नेता पनि सहभागी छन् ।
प्रकाशित मिति: आइतबार, कात्तिक २७, २०७९  १७:५८
प्रतिक्रिया दिनुहोस्
थप विश्व
सरकारी एप प्रीलोड आदेशले भारतमा बढायो गोपनीयता चिन्ता
सरकारी एप प्रीलोड आदेशले भारतमा बढायो गोपनीयता चिन्ता मंगलबार, मंसिर १६, २०८२
पुटिनको भारत भ्रमणले रणनीतिक साझेदारीलाई नयाँ गति दिने
पुटिनको भारत भ्रमणले रणनीतिक साझेदारीलाई नयाँ गति दिने मंगलबार, मंसिर १६, २०८२
चीनद्वारा  जापानी जहाजलाई निष्कासन
चीनद्वारा  जापानी जहाजलाई निष्कासन मंगलबार, मंसिर १६, २०८२
हङकङ आगलागी छानबिनमा ‘स्वतन्त्र समिति’ गठन
हङकङ आगलागी छानबिनमा ‘स्वतन्त्र समिति’ गठन मंगलबार, मंसिर १६, २०८२
भेनेजुएलाको आरोप- आइसिसी जिम्मेवारीबाट पन्छियो
भेनेजुएलाको आरोप- आइसिसी जिम्मेवारीबाट पन्छियो मंगलबार, मंसिर १६, २०८२
हङकङको आवासीय भवनमा आगलागीः १३ जना पक्राउ
हङकङको आवासीय भवनमा आगलागीः १३ जना पक्राउ मंगलबार, मंसिर १६, २०८२
आईएलओका सुधार योजना स्वीकृत, बजेट कटौतीको जोखिम
आईएलओका सुधार योजना स्वीकृत, बजेट कटौतीको जोखिम मंगलबार, मंसिर १६, २०८२
लोकप्रिय
  • Week
  • Month
 गुणस्तरीय शिक्षाको उत्कृष्ट मोडल बन्दै न्यू क्यासल स्कुल
 गुणस्तरीय शिक्षाको उत्कृष्ट मोडल बन्दै न्यू क्यासल स्कुल
नेसंसपा, बएपा र नेजपाको साझा चुनाव चिन्ह ‘बस’
नेसंसपा, बएपा र नेजपाको साझा चुनाव चिन्ह ‘बस’
नेपाल बौद्ध धर्म संरक्षण संघको ९ औँ अधिवेशन सम्पन्न,  नयाँ कार्यसमिति चयन
नेपाल बौद्ध धर्म संरक्षण संघको ९ औँ अधिवेशन सम्पन्न,  नयाँ कार्यसमिति चयन
हराएकाे माेबाइल धनीले पाए
हराएकाे माेबाइल धनीले पाए
‘हो नि रेशम’ सार्वजनिक
‘हो नि रेशम’ सार्वजनिक
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
हिमपहिरोमा परेका पर्यटकको चाँडो उद्धार गर्न कांग्रेसको माग
हिमपहिरोमा परेका पर्यटकको चाँडो उद्धार गर्न कांग्रेसको माग
नेपाली उत्पादन अमेरिकि बजारमा पुर्याउन पहल गर्नेछु :  भट्टराई
नेपाली उत्पादन अमेरिकि बजारमा पुर्याउन पहल गर्नेछु : भट्टराई
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
 गुणस्तरीय शिक्षाको उत्कृष्ट मोडल बन्दै न्यू क्यासल स्कुल
 गुणस्तरीय शिक्षाको उत्कृष्ट मोडल बन्दै न्यू क्यासल स्कुल
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP