Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #कोजाग्रत_पूर्णिमा
  • #सराय
  • #गाईपालन
  • #काठेपिङ
  • #नोबेल_पुरस्कार
  • #विश्व दृष्टि दिवस
  • #छिमली र पट्टा नाच
  • #कोशी प्रदेश
  • #पुर्ख्याैली_सीप
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • रोजगारीका लागि विदेशिनेको संख्या बढ्दो : गत आवमा ६ लाख ३० हजार कामदार विदेशिए
रोजगारीका लागि विदेशिनेको संख्या बढ्दो : गत आवमा ६ लाख ३० हजार कामदार विदेशिए
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, कात्तिक २५, २०७९
baidesik
Hardik health
काठमाडौं– गत आर्थिक वर्ष २०७८÷७९ मा छ लाख ३० हजारभन्दा बढी नेपाली रोजगारीका लागि विदेश जान श्रम स्वीकृति लिएको पाइएको छ । वैदेशिक रोजगार विभागले सार्वजनिक गरेको तथ्यांकमा उक्त आवमा छ लाख ३० हजार ९० जना श्रम स्वीकृति लिएर विदेश गएको उल्लेख छ । यो संख्या नयाँ तथा पुनः श्रम स्वीकृति लिएका कामदारको हो । साथै, आव २०७४/७५ पछिको सबैभन्दा उच्च हो ।उक्त आवमा साउदी अरेबियामा जान श्रम स्वीकृति लिने सबैभन्दा धेरै छन् । साउदीका लागि एक लाख ८८ हजार ६९२ जनाले श्रम स्वीकृति लिएको तथ्यांक छ । त्यस्तै, दोस्रो श्रम गन्तव्यको रूपमा कतार परेको छ । कतारका लागि एक लाख ८४ हजार ९२६ जनाले स्वीकृति लिएको तथ्यांक छ । तेस्रो स्थानमा रहेको संयुक्त अरब इमिरेट्स (युएई) मा एक लाख २२ हजार ६३५ जना पुगेका छन् । नेपालीहरूको प्रमुख श्रम गन्तव्य मानिएको मलेसिया चौथो स्थानमा रहेको छ । मलेसिया जान ३६ हजार ६४४ जनाले श्रम स्वीकृति लिएको तथ्यांक छ भने पाँचौं स्थानमा रहेको कुवेतमा ३५ हजार ५४१ जना पुगेका छन् । त्यसैगरी बहराइनका लागि १२ हजार ६२, रोमानियाका लागि सात हजार ४७५ जनाले श्रम स्वीकृति लिएका छन् । ओमानमा छ हजार ८४९, जापानमा पाँच हजार ६५६ र क्रोएसियामा पाँच हजार ३४४ जनाले श्रम स्वीकृति लिएको विभागले उल्लेख गरेको छ । विभागले सार्वजनिक गरेका १४८ मध्ये उल्लेखित १० वटा मुलुकमा मात्रै छ लाख पाँच हजार ८२४ जना नेपाली रोजगारीका लागि पुगेको तथ्यांकले देखाउँछ । तर, जिटुजी सम्झौता भएर सरकारले पाठाएका कामदारको संख्या भने विभागले समावेस गरेको छैन । त्यस्तै मल्दिभ्स, साइप्रस, पोल्याण्ड, माल्टा, जोर्डनमा पनि उल्लेख्य मात्रामा नेपालीहरू पुगेको देखिन्छ । वैदेशिक रोजगारीमा गएकामध्ये ४९ हजार १२८ जना महिला रहेका छन् । विभागले गत आवमा विदेश गएका कामदारहरूमा हाई स्किल उच्च दक्षता भएका १२५, प्रोफेसनल ६८०, अर्धदक्ष ५४ हजार ३२८, दक्ष दुई लाख ९१ हजार ८८९, अदक्ष दुई लाख ८३ हजार ६८ जना रहेका छन् । कोरोना महामारीका कारण झण्डै दुई वर्ष थला परेको वैदेशिक रोजगारी गत आवबाट पुरानै लयमा फर्किएको विभागको तथ्यांकले देखाएको छ । चालु आर्थिक वर्षमा पनि यसको निरन्तरता जारी छ । विभागको तथ्यांकअनुसार जिल्लागतरूपमा मधेस प्रदेशका जिल्लाबाट सबैभन्दा बढी रोजगारीका लागि विदेशिएका छन् । धनुषा, सिरहा, महोत्तरी, सर्लाही, रौतहट, बारा, सप्तरीबाट विदेश जानेको संख्या अन्य जिल्लाको भन्दा बढी रहेको छ । झापा, मोरङ, सुनसरी, रूपन्देही, मकवानपुर, नवलपरासी, तनहुँ, दाङ, स्याङ्जालगायतका जिल्लाबाट पनि उल्लेख्य मात्रामा नेपालीहरू विदेश गएको तथ्यांकमा देखिन्छ । सरकारले स्वदेशमा नै रोजगारी वा स्वरोजगारीको वातावरण सिर्जना गर्न नसकेका कारण ठूलो संख्यामा नेपाली युवा वैदेशिक रोजगारीमा जान बाध्य भएको आप्रवासन तथा श्रम विज्ञ डा. गणेश गुरुङले बताए । ‘चालु आर्थिक वर्ष सुरु भएयता दैनिक जसो दुई–तीन हजारका दरले नेपालीहरू रोजगारीका लागि विदेश गइरहेका छन्,’ उनले भने, ‘आसन्न निर्वाचनको मुखमा युवाहरू विदेश गइरहेको परिवेशमा राजनीतिक दलहरूले स्वदेशमै रोजगार बनाउनेभन्दा पनि वैदेशिक रोजगारीलाई प्राथमिकता दिएका छन्, यसमा रोकावट आउने छाँट देखिँदैन ।’ उनका अनुसार युवालाई स्वदेशमा रोजगारी सिर्जना गराउनुभन्दा विदेशमा नै पठाउनु सजिलो माध्यम भएका कारण ठूला राजनीतिक दलहरूले वैदेशिक रोजगारीलाई नै महŒव दिएका छन् । गुरुङले भनेजस्तै प्रायः सबै राजनीतिक दलहरूले आफ्नो घोषणापत्रमा स्वदेशमै रोजगारी सिर्जना गर्ने उल्लेख गरे पनि बाध्यात्मक परिस्थितिका कारण अहिलेलाई वैदेशिक रोजगारी नै उपयुक्त विकल्प भएको जनाएका छन् ।
प्रकाशित मिति: शुक्रबार, कात्तिक २५, २०७९  १०:२३
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
वैदेशिक रोजगारीमा जाने महिलाको संख्या बर्सेनि बढ्दै
वैदेशिक रोजगारीमा जाने महिलाको संख्या बर्सेनि बढ्दै शुक्रबार, असोज २४, २०८२
कतारको कानुनविपरीत हुने कुनै पनि गतिविधिमा संलग्न नहुन दूतावासको आग्रह 
कतारको कानुनविपरीत हुने कुनै पनि गतिविधिमा संलग्न नहुन दूतावासको आग्रह  बिहीबार, असोज २३, २०८२
मलेसियाको पुँजी र सीपको सदुपयोग- कृषि फार्मबाट आम्दानीसँगै रोजगारी दिँदै देउकुमार
मलेसियाको पुँजी र सीपको सदुपयोग- कृषि फार्मबाट आम्दानीसँगै रोजगारी दिँदै देउकुमार बुधबार, असोज २२, २०८२
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार शुक्रबार, असोज १०, २०८२
भिजिट भिसा प्रयोगमा देखिएका चुनौतिबारे छलफल
भिजिट भिसा प्रयोगमा देखिएका चुनौतिबारे छलफल शुक्रबार, असोज १०, २०८२
युएईबाहेक अन्य मुलुकमा भिसा रोकिएको छैन
युएईबाहेक अन्य मुलुकमा भिसा रोकिएको छैन बिहीबार, असोज ९, २०८२
युएईको कानुनविपरीत गतिविधिमा नलाग्न दूतावासको आग्रह
युएईको कानुनविपरीत गतिविधिमा नलाग्न दूतावासको आग्रह बुधबार, असोज ८, २०८२
लोकप्रिय
  • Week
  • Month
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
वर्षाका कारण दुई दिन बिदा घोषणा
वर्षाका कारण दुई दिन बिदा घोषणा
बढी भाडा असुल्नेलाई कारबाही
बढी भाडा असुल्नेलाई कारबाही
धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरियो, राति जाग्राम बसिँदै
धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरियो, राति जाग्राम बसिँदै
निर्वाचनसम्बन्धी छलफलका लागि राजनीतिक दललाई आयोगद्वारा पत्राचार
निर्वाचनसम्बन्धी छलफलका लागि राजनीतिक दललाई आयोगद्वारा पत्राचार
घरसँगै जल्यो इतिहास
घरसँगै जल्यो इतिहास
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
शिक्षाका सात आयाम
शिक्षाका सात आयाम
उपराष्ट्रपति झाकाे घरमा आगजनी
उपराष्ट्रपति झाकाे घरमा आगजनी
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP