Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #लोचाखोला
  • #रावाबेँसी
  • #हौँचुर
  • #नेत्रज्योति दिवस
  • #सीता वादी
  • #सोविता गौतम
  • #गीता_चौधरी
Search Here
प्रवास
  • Home
  • प्रवास
  • प्रदेश सरकारको विकास बजेट खर्च १० प्रतिशत कम
प्रदेश सरकारको विकास बजेट खर्च १० प्रतिशत कम
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, माघ ५, २०७६
photo 4
Hardik health
धनगढी– सुदूरपश्चिम प्रदेश सरकारले चालु आर्थिक वर्ष २०७६÷७७ को पुस मसान्तसम्म १०.१४ प्रतिशत पुँजीगत विकास बजेट खर्च गरेको छ । सुदूरपश्चिम प्रदेश सरकारको चालु आर्थिक वर्षका लागि चालु र पुँजीगत गरी कुल बजेट २८ अर्ब १६ करोड बजेट बिनियोजन गरेकोमा पुँजीगततर्फ अहिले सम्म १ अर्ब ३४ करोड ५२ लाख खर्च भएकाले बिनियोजन रकमको १०.१४ प्रतिशत हो । गत आर्थिक वर्षको सोही अवधिमा ४.९५ प्रतिशत खर्च प्रदेश सरकारले गरेको थियो । चालु आर्थिक वर्षको पुस मसान्तसम्मको खर्चलाई आँकलन गर्दा गत वर्षभन्दा चालुको २ सय ३९ प्रतिशतले विकास खर्चमा वृद्धि भएको शनिबार आर्थिक मामिला तथा योजना मन्त्रालयले पत्रकार सम्मेलन गरी जनाकारी दिएको छ । प्रदेश सरकारले खर्च गरेको विकास बजेट पुँजीगत बजेटको १० दशमलव ३ प्रतिशत खर्च गरेको छ । प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयले पत्रकार सम्मेलनमा पत्रकारलाई प्रदेश सरकारको खर्च र प्रगति विवणका बारेमा जानकारी दिएको हो । आर्थिक मामिला तथा योजना मन्त्री झपट बोहराले गत बर्षको तुलनामा चालु आर्थिक वर्षको खर्च प्रगति सन्तोषजनक रहेको बताएका छन् । उनका अनुसार गत वर्ष १ दशमलव ४१ प्रतिशत मात्रै पुँजीगत बजेट खर्च भएको जानकारी दिए । सुदूरपश्चिम प्रदेश सरकारका विकासका योजनाहरू कार्यान्वयनका चरणमा रहेकाले भौतिक प्रगति बढी छ भने भुक्तानी दिन प्राविधिक समस्या रहेकाले वित्तीय प्रगति कम देखिएको आर्थिक मामिला तथा योजना मन्त्री बोहराले बताए । उनले भने, ‘तथ्यांकमा खर्च कम देखिएको छ । तर, सरकारले भौतिक प्रगति भने ३० प्रतिशतभन्दा बढी नै गरेको छ ।’ गत वर्षमा खर्च हुन बाँकी ९० प्रतिशत खर्च पनि चालु आर्थिक वर्षभित्रै नै गर्ने प्रदेश सरकारको लक्ष्य रहेको उनले बताए । सुदूरपश्चिम प्रदेश सरकारका मातहत रहेका कार्यालयहरूमा सबैभन्दा वढी खर्च प्रदेश सभा सचिवालयले गरेको छ । जुन २० प्रतिशत पुँजीगत बजेट खर्च गरेको हो । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको पुँजीगत खर्च सबैभन्दा कम छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले शून्य दशमलव ३० प्रतिशत पुँजीगत बजेट खर्च गरेको छ । आर्थिक मामिला तथा योजना मन्त्रालयको २ दशमलव ४९ प्रतिशत, उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयको ५ दशमलव ६२ प्रतिशत, भूमि, व्यवस्था कृषि तथा सहकारी मन्त्रालयको ६ दशमलव ४९ प्रतिशत, आन्तरिक मामिला तथा कानुन मन्त्रालयको ६ दशमलव २४ प्रतिशत, भौतिक पूर्वाधार विकास मन्त्रालयको १३ दशमलव ७१ प्रतिशत र सामाजिक विकास मन्त्रालयको ४ दशमलव ९९ प्रतिशत पुँजीगत बजेट खर्च मन्त्रालयहरूले गरेको छन् । त्यसैगरी प्रदेश सरकारले चालु आर्थिक वर्र्षमा ८८ करोड ६४ लाख ७२ हजार रावस्व संकलन गर्ने लक्ष्य लिएकामा चालु आर्थिक वर्षको पुस मसान्तसम्म ४० करोड ७ लाख ९३ हजार राजस्व प्रदेश सरकारले संकलन गरेकोमा प्रदेश सरकारको क्षेत्रा अधिकारभित्र पर्ने राजस्व संकलन ३९ प्रतिशतले लक्ष्य हासिल गरेको मन्त्री बोहराले बताए ।
प्रकाशित मिति: आइतबार, माघ ५, २०७६  ०६:४१
प्रतिक्रिया दिनुहोस्
थप प्रवास
थाइल्याण्डमा एएनओको समिति गठन
थाइल्याण्डमा एएनओको समिति गठन सोमबार, चैत १६, २०८२
एनआरएनए फ्रान्सको विवाद मिल्यो, अध्यक्ष डा. शर्मा पेरिसमा
एनआरएनए फ्रान्सको विवाद मिल्यो, अध्यक्ष डा. शर्मा पेरिसमा सोमबार, चैत ९, २०८२
नेपालको समृद्धिमा योगदान गर्न गैरआवासीय नेपालीलाई परराष्ट्रमन्त्री शर्माको आह्वान
नेपालको समृद्धिमा योगदान गर्न गैरआवासीय नेपालीलाई परराष्ट्रमन्त्री शर्माको आह्वान मंगलबार, चैत ३, २०८२
एनआरएनए नागरिकता कार्यान्वयन हुनेगरी कानुन संशोधन गर्न माग
एनआरएनए नागरिकता कार्यान्वयन हुनेगरी कानुन संशोधन गर्न माग आइतबार, चैत १, २०८२
एनआरएनएकाे उम्मेदवारहरूको पहिलो नामावली सार्वजनिक
एनआरएनएकाे उम्मेदवारहरूको पहिलो नामावली सार्वजनिक बिहीबार, फागुन २८, २०८२
एनआरएनएकाे १२ औं बृहत एकताको अन्तर्राष्ट्रिय महाधिवेशन हुँदै
एनआरएनएकाे १२ औं बृहत एकताको अन्तर्राष्ट्रिय महाधिवेशन हुँदै मंगलबार, फागुन १२, २०८२
एनआरएनए अध्यक्षका उम्मेदवार रोविन शेरचन विश्व दौडाहामा
एनआरएनए अध्यक्षका उम्मेदवार रोविन शेरचन विश्व दौडाहामा बिहीबार, फागुन ७, २०८२
लोकप्रिय
  • Week
  • Month
विश्व क्षयरोग दिवस: नेपालको अवस्था 
विश्व क्षयरोग दिवस: नेपालको अवस्था 
स्ट्रेट अफ होरमुजमा इरानको नियन्त्रण, विश्व बजारमा तेल संकट
स्ट्रेट अफ होरमुजमा इरानको नियन्त्रण, विश्व बजारमा तेल संकट
विभागमा पुनः श्रम स्वीकृति लिनेको चाप, नयाँ न्यून 
विभागमा पुनः श्रम स्वीकृति लिनेको चाप, नयाँ न्यून 
रास्वपाको वाचा पूरा गर्ने जिम्मेवारीमा श्रममन्त्री साह, यी हुन् चुनौती
रास्वपाको वाचा पूरा गर्ने जिम्मेवारीमा श्रममन्त्री साह, यी हुन् चुनौती
नवनियुक्त प्रधानमन्त्री साहबाट शपथ ग्रहण सम्पन्न
नवनियुक्त प्रधानमन्त्री साहबाट शपथ ग्रहण सम्पन्न
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP