Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #लोचाखोला
  • #रावाबेँसी
  • #हौँचुर
  • #नेत्रज्योति दिवस
  • #सीता वादी
  • #सोविता गौतम
  • #गीता_चौधरी
Search Here
प्रवास
  • Home
  • प्रवास
  • ‘ऋण कारोबार’ आवश्यक छ – बुद्धिजीवी
‘ऋण कारोबार’ आवश्यक छ – बुद्धिजीवी
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, माघ ५, २०७६
sarlahi sahumajan ko favor
Hardik health
काठमाडौं – सर्लाहीका बुद्धिजिवी तथा ऋणीहरूले घरायसी लेनदेनको लागि ‘ब्याजमा ऋण कारोबार’ आवश्यक रहेको औंल्याएका छन् । शनिबार पत्रकार सम्मेलनको आयोजना गर्दै उनीहरूले घरायसी लेनदेनको लागि ब्याजमा ऋणको कारोबार गर्नुलाई अपराधको रूपमा नबुझ्न आग्रह गरेका हुन् । कार्यक्रममा बोल्दै कानून व्यवसायी राजीव सिन्हाले नेपालको प्रचलित कानूनले तोकेको दर रेटमा गरिने आर्थिक लेनदेनको कारोबारलाई निरन्तरता दिनुपर्ने धारणा राखेका छन् । उनले भने, ‘कसैको घरमा छोरीको विवाह गर्नुपर्ने हुन्छ, कसैको उपचारको लागि पैसा चाहिन्छ, कसैलाई वैदेशिक रोजगारमा जानको लागि तत्काल पैसा चाहिएको हुन्छ, हाम्रो समाजमा यस्ताखाले अन्य सामाजिक गर्जो टार्नुपर्ने समस्याहरू आईरहन्छन्, यी समस्याको समाधान गर्नको लागि पनि यस्तोखाले कारोबार विगत लामो समयदेखि (परम्परा) को रूपमा चलिआएको छ, यस्तो कारोबारलाई कानूनले पनि मान्यता तथा संरक्षण गरेको छ ।’ उनले अघि थपे, ‘जबसम्म राज्यले सानातिना गर्जो टार्ने वित्तिय संस्थाहरू गाउँघरमा पुर्याउने आफ्नो जिम्मेवारी पूरा गर्दैन् । तबसम्म यस्तो सामाजिक व्यवस्था (परम्परा) लाई निरन्तरता दिनुपर्छ, अहिले त विकल्प नै नदिईकन यस्तो व्यवस्थालाई विथोल्न खोजिएको छ ।’ उनले सर्लाहीका सञ्जय रौनियारको विरोधमा फौजदारी अभियोग दर्ता हुने अवस्था सिर्जना गरिएकोमा पनि गम्भिर असन्तुष्टि व्यक्त गरे । कार्यक्रममा सर्लाही निवासी अधिवक्ता जगदेव चौधरीले पनि नेपालको संविधान र मूलुकी देवानी संहिता–२०७४ मा लेनदेन गर्नेबारे कानूनी व्यवस्था गरेको सुनाउँदै सो व्यवस्थामाथि सर्लाहीको साहुहरूमाथि लेनदेन गरेको आधारमा फौजदारी मुद्दा लगाई धरपकड गर्ने कार्य निन्दनीय भएको टिप्पणी गरेका छन् । उनले भने, ‘साहूहरूमाथि भएको ज्यादती, धरपकडप्रति हाम्रो गम्भिर आपत्ति छ । सरकारको तर्फबाट यो काम तुरुन्त बन्द गर्नुपर्छ ।’ उनले साहूहरूमाथि भएको ज्यादती नरोकिएमा घरायसी लेनदेनको कारोबार बन्द हुने अवस्थासमेत सिर्जना हुन लागेकोबारे सचेत गराए । उनले भने,‘यदि यो कारोबार बन्द भयो भने बास्तवमा पीडितहरू झनै ठूलो पीडामा पर्छन् ।’ उनले सर्लाहीका साहु सञ्जय रौनियारले ‘मिटर ब्याज’ को कारोबार नगरेको दाबी गरे । कार्यक्रममा राजपा नेपालका केन्द्रीय सदस्य लालबिहारी यादवले पनि सामाजिक लेनदेनको कारोबार आवश्यक रहेको औंल्याए । उनले भने,‘यदि यो कारोबारलाई बन्द गर्ने हो भने हजारौं गरिब, किसान समूदायका मान्छेहरूलाई आफ्नो सामाजिक काम (गर्जौ ) टार्नपनि ठूलो समस्या हुन्छ । यसले सामाजिक संरचना बिगार्छ ।’ कार्यक्रममा रौनियारबाट ऋण लिएका सेवाग्राहीहरूको पनि उपस्थिति थियो । उनीहरूले सामाजिक लेनदेनको आर्थिक कारोबार बन्द गर्न नहुनेतर्फ सरकारको ध्यानाकार्षण गराएका थिए । ऋण लिएकाहरूमध्ये सर्लाही (हरिपुर्वाा नगरपालिका–बसतपुर) का आलम अन्सारी, नागेन्द्र साह, हिरा साह र ब्रम्हपुरी गाउँपालिकाका सुरज राउत र विक्रम राउत, मंलगवा नगरपालिकाका अमिरी राउतलगायतले बोलेको थिए ।
प्रकाशित मिति: आइतबार, माघ ५, २०७६  ०६:३६
प्रतिक्रिया दिनुहोस्
थप प्रवास
थाइल्याण्डमा एएनओको समिति गठन
थाइल्याण्डमा एएनओको समिति गठन सोमबार, चैत १६, २०८२
एनआरएनए फ्रान्सको विवाद मिल्यो, अध्यक्ष डा. शर्मा पेरिसमा
एनआरएनए फ्रान्सको विवाद मिल्यो, अध्यक्ष डा. शर्मा पेरिसमा सोमबार, चैत ९, २०८२
नेपालको समृद्धिमा योगदान गर्न गैरआवासीय नेपालीलाई परराष्ट्रमन्त्री शर्माको आह्वान
नेपालको समृद्धिमा योगदान गर्न गैरआवासीय नेपालीलाई परराष्ट्रमन्त्री शर्माको आह्वान मंगलबार, चैत ३, २०८२
एनआरएनए नागरिकता कार्यान्वयन हुनेगरी कानुन संशोधन गर्न माग
एनआरएनए नागरिकता कार्यान्वयन हुनेगरी कानुन संशोधन गर्न माग आइतबार, चैत १, २०८२
एनआरएनएकाे उम्मेदवारहरूको पहिलो नामावली सार्वजनिक
एनआरएनएकाे उम्मेदवारहरूको पहिलो नामावली सार्वजनिक बिहीबार, फागुन २८, २०८२
एनआरएनएकाे १२ औं बृहत एकताको अन्तर्राष्ट्रिय महाधिवेशन हुँदै
एनआरएनएकाे १२ औं बृहत एकताको अन्तर्राष्ट्रिय महाधिवेशन हुँदै मंगलबार, फागुन १२, २०८२
एनआरएनए अध्यक्षका उम्मेदवार रोविन शेरचन विश्व दौडाहामा
एनआरएनए अध्यक्षका उम्मेदवार रोविन शेरचन विश्व दौडाहामा बिहीबार, फागुन ७, २०८२
लोकप्रिय
  • Week
  • Month
विश्व क्षयरोग दिवस: नेपालको अवस्था 
विश्व क्षयरोग दिवस: नेपालको अवस्था 
स्ट्रेट अफ होरमुजमा इरानको नियन्त्रण, विश्व बजारमा तेल संकट
स्ट्रेट अफ होरमुजमा इरानको नियन्त्रण, विश्व बजारमा तेल संकट
विभागमा पुनः श्रम स्वीकृति लिनेको चाप, नयाँ न्यून 
विभागमा पुनः श्रम स्वीकृति लिनेको चाप, नयाँ न्यून 
रास्वपाको वाचा पूरा गर्ने जिम्मेवारीमा श्रममन्त्री साह, यी हुन् चुनौती
रास्वपाको वाचा पूरा गर्ने जिम्मेवारीमा श्रममन्त्री साह, यी हुन् चुनौती
नवनियुक्त प्रधानमन्त्री साहबाट शपथ ग्रहण सम्पन्न
नवनियुक्त प्रधानमन्त्री साहबाट शपथ ग्रहण सम्पन्न
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP