Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #लोचाखोला
  • #रावाबेँसी
  • #हौँचुर
  • #नेत्रज्योति दिवस
  • #सीता वादी
  • #सोविता गौतम
  • #गीता_चौधरी
Search Here
प्रवास
  • Home
  • प्रवास
  • समाजलाई लाहुरे संस्कृतिले गाँजेको छ – मुख्यमन्त्री पोखरेल
समाजलाई लाहुरे संस्कृतिले गाँजेको छ – मुख्यमन्त्री पोखरेल
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, माघ ५, २०७६
BKC_Butwal01
Hardik health
परासी – मुख्यमन्त्री शंकर पोखरेलले नेपाली समाजलाई लाहुरे संस्कृतिले गाँजेका कारण युवा विदेश पलायन हुने गरेको बताएका छन् । पश्चिम नवलपरासीको बर्दघाटमा नेपाल स्काउटको प्रदेश नं ५ स्तरीय आधारभूत तालीमको शनिबार उद्घाटन गर्दै मुख्यमन्त्री पोखरेलले यस्तो बताएका हुन् । उनले युवालाई पलायनबाट रोक्न स्वदेशमा उद्यमशील बन्नुपर्ने उनको भनाई छ । उनले अहिले हाम्रोे देशको पहिचान नै युवा निर्यात गर्ने देशका रूपमा रहेकोले यसलाई परिवर्तन गर्न जरुरी रहेको बताए । उनले राष्ट्रलाई सबल बनाउन पनि स्वदेशमा उद्यमशील बन्नुपर्ने तर्क राखे । मुख्यमन्त्री पोखरेलले भने, ‘समृद्ध राष्ट्र निर्माणका लागि स्वदेशमा उद्यमशील बन्नुपर्छ ।’ उनले राज्य हाम्रो हो र राज्यलाई बलियो बनाएर मात्र हामी बलियो भइन्छ भन्ने भावनाको विकास अझ सम्मपनि नभएकोले यस्तो भावना हरेक व्यक्तिमा ल्याउन जरुरी भईसकेको बताए । उनले समाजमा अब विद्रोह गर्ने भन्दा पनि एकतामा भावना जरुरी भएको उनको भनाई छ । उनले समाजमा अहिले पनि आफुलाई राज्यको विद्रोहीका रूपमा हेर्ने गरेको बताए । उनले समाज बलियो भए यस्ता भावनाहरू विस्तारै परिवर्तन हुँदै जानेसमेत बताए । उनले संविधानले दिएका अधिकार प्रयोग आएर सबल र सक्षम राज्य भएपछि नागरिकले पनि गौरवबोध गर्ने बताए । मुख्यमन्त्री पोखरेलले स्काउटको यस किसिमको तालीमले सुचरित्र र असल नागरिक तथा समाज निर्माणमा सहयोग पु¥याउने विश्वास व्यक्त गर्दै समाजमा देखिएको निराशा र कुण्ठालाई सकारात्मक र आशावादी समाजको रूपमा विकास गर्न युवाको भूमिका महत्वपूर्ण हुने बताए । पाँच दिनसम्म सञ्चालन हुने आधारभूत तालीममा प्रदेश नं ५ का १२ जिल्लाका १०९ वटै स्थानीय तहका गरी ६०३ प्रशिक्षार्थी तथा ११० प्रशिक्षकको सहभागिता रहने छ । प्रदेश सरकारका प्रवक्ता एवं भौतिक पूर्वाधार विकासमन्त्री बैजनाथ चौधरीले विपद्का बेला यूवा परिचालन महत्वपूर्ण हुने बताए । उनले युवाले नै विपद् व्यवस्थापन गर्न तथा समृद्धि ल्याउन लागीपर्नुपर्ने बताए । युवा तथा खेलकूद विकास मन्त्रालयका सचिव रामप्रसाद थपलियाले सरकारले यस वर्षलाई युवा परिचालनको वर्ष घोषणा गरेकाले स्काउट अभियानलाई गाउँगाउँसम्म पु¥याउनुपर्ने बताए । स्काउटका युवाले परिवर्तमा महत्वपूर्ण भूमिका खेल्नुपर्ने उनको तर्क थियो । सो अवसरमा नेपाल स्काउटका राष्ट्रिय निर्देशक लोकबहादुर भण्डारी, नेपाल कम्युनिष्ट पार्टी(नेकपा) प्रदेश नं ५ का प्रमुख सचेतक भूमिश्वर ढकाल, प्रतिपक्ष दल नेपाली कांग्रेसकी सचेतक निर्मला क्षेत्री, प्रदेशसभा सदस्य दीपेन्द्र अधिकारी, बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदी, बर्दघाट नगरपालिकाका प्रमुख धीरज शर्मा बस्यालले स्काउटको बारेमा आ–आफ्नो विचार राखेका थिए ।
प्रकाशित मिति: आइतबार, माघ ५, २०७६  ०६:३२
प्रतिक्रिया दिनुहोस्
थप प्रवास
थाइल्याण्डमा एएनओको समिति गठन
थाइल्याण्डमा एएनओको समिति गठन सोमबार, चैत १६, २०८२
एनआरएनए फ्रान्सको विवाद मिल्यो, अध्यक्ष डा. शर्मा पेरिसमा
एनआरएनए फ्रान्सको विवाद मिल्यो, अध्यक्ष डा. शर्मा पेरिसमा सोमबार, चैत ९, २०८२
नेपालको समृद्धिमा योगदान गर्न गैरआवासीय नेपालीलाई परराष्ट्रमन्त्री शर्माको आह्वान
नेपालको समृद्धिमा योगदान गर्न गैरआवासीय नेपालीलाई परराष्ट्रमन्त्री शर्माको आह्वान मंगलबार, चैत ३, २०८२
एनआरएनए नागरिकता कार्यान्वयन हुनेगरी कानुन संशोधन गर्न माग
एनआरएनए नागरिकता कार्यान्वयन हुनेगरी कानुन संशोधन गर्न माग आइतबार, चैत १, २०८२
एनआरएनएकाे उम्मेदवारहरूको पहिलो नामावली सार्वजनिक
एनआरएनएकाे उम्मेदवारहरूको पहिलो नामावली सार्वजनिक बिहीबार, फागुन २८, २०८२
एनआरएनएकाे १२ औं बृहत एकताको अन्तर्राष्ट्रिय महाधिवेशन हुँदै
एनआरएनएकाे १२ औं बृहत एकताको अन्तर्राष्ट्रिय महाधिवेशन हुँदै मंगलबार, फागुन १२, २०८२
एनआरएनए अध्यक्षका उम्मेदवार रोविन शेरचन विश्व दौडाहामा
एनआरएनए अध्यक्षका उम्मेदवार रोविन शेरचन विश्व दौडाहामा बिहीबार, फागुन ७, २०८२
लोकप्रिय
  • Week
  • Month
विश्व क्षयरोग दिवस: नेपालको अवस्था 
विश्व क्षयरोग दिवस: नेपालको अवस्था 
स्ट्रेट अफ होरमुजमा इरानको नियन्त्रण, विश्व बजारमा तेल संकट
स्ट्रेट अफ होरमुजमा इरानको नियन्त्रण, विश्व बजारमा तेल संकट
विभागमा पुनः श्रम स्वीकृति लिनेको चाप, नयाँ न्यून 
विभागमा पुनः श्रम स्वीकृति लिनेको चाप, नयाँ न्यून 
रास्वपाको वाचा पूरा गर्ने जिम्मेवारीमा श्रममन्त्री साह, यी हुन् चुनौती
रास्वपाको वाचा पूरा गर्ने जिम्मेवारीमा श्रममन्त्री साह, यी हुन् चुनौती
नवनियुक्त प्रधानमन्त्री साहबाट शपथ ग्रहण सम्पन्न
नवनियुक्त प्रधानमन्त्री साहबाट शपथ ग्रहण सम्पन्न
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP