Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #लोचाखोला
  • #रावाबेँसी
  • #हौँचुर
  • #नेत्रज्योति दिवस
  • #सीता वादी
  • #सोविता गौतम
  • #गीता_चौधरी
Search Here
प्रवास
  • Home
  • प्रवास
  • ‘हुर्काउनै मुस्किल चार अमूल्य उपहार’
‘हुर्काउनै मुस्किल चार अमूल्य उपहार’
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, माघ ५, २०७६
Hardik health
चिप्लेढुंगा–गौरव प्रधानलाई एक सन्तानको चाहान थियो । यसअघि नै पाँच वर्षको छोरा भएकाले सकेसम्म एक छोरी भइदिए छोराछोरी दुवैको रहर पूरा हुने चाहाना स्वाभाविक पनि हो । सधैँ सोचे जस्तो कहाँ हुन्छ र ! श्रीमतीको रजस्वला रोकिएको ३७ दिनमा नै थाहा भयो गर्भमा तीन सन्तान छन् भन्ने कुरा । विगत पाँच वर्षदेखि दुबइमा रहेका प्रधानलाई सन्तानको माया त हुने नै भयो । वैदेशिक रोजगार रहर नभइ बाध्यता थियो । पुतलीबजार नगरपालिका–१ का प्रधानले बुबाआमाको साथ श्रीमतीलाई छोडेर वैदेशिक रोजगारीमा फर्के । प्रत्येक महिनाको भिडियो एक्स रे को रिपोर्टमार्फत श्रीमतीको बारेमा जानकारी लिइरहेका प्रधान २० दिनअघि मात्र नेपाल आए । प्रधानले पुस २७ गते आइतबार श्रीमतीलाई पोखराको मणिपाल अस्पतालमा लिएर आए । ३४ हप्ता चार दिनमा शुक्रबार बिहान ९ बजे डा महेन्द्रराज पाण्डेको नेतृत्वको टोलीले शल्यक्रिया गरेर २६ वर्षीय सुनिता प्रधानको गर्भबाट चार सन्तान निकाल्यो । जन्माएका सन्तानमा पहिलो छोरी १.६ किलो तौल, दोस्रो छोरा १.३ किलो तौल, तेस्रो छोरी १.३ किलो तौल र चौथो छोरी १.४ किलो तौलका रहेका छन् । वैदेशिक रोजगारको सीमित आम्दानीबाट परिवारको पालनपोषण गर्दै आएका प्रधान दम्पत्तीलाई एकैचोटी जन्मिएका चार सन्तानको पालनपोषण थप समस्या हुने हो कि भन्ने चिन्ता पनि उत्तिकै लागेको छ । तर, आशावादी छन् दम्पत्ती ‘यो भगवानको अमूल्य उपहार हो, हामी निकै खुशी छौं । तर, हुर्काउनै मुस्किल छ ।’ ‘कम तौलका कारण बच्चाको स्वास्थ्यमा केही समस्या आउने होकी भन्ने चिन्ता त छ, तर कामना गरेको छांै, पक्कै सबै राम्रो नै हुनेछ ।’ जम्मा ५३ दिनको बिदामा आएका प्रधान बिदा थप्न नमिल्ने समस्याले पनि पिरोलिएका छन् । ‘भिसा रिन्यू गर्नुपर्छ । अहिले बिदा थप्न पनि मिलेन ।’ उनले भने, ‘सन्तानको माया उस्तै छ । कम तौल भएकाले विशेष स्याहार गर्नुपछर्, तर आफू श्रीमतीसँगै हुनुपर्ने बेला विदेश जान बाध्य छु । नजाउ कसरी पाल्नु ? जाऊ मेरो जरुरत छ यतिबेला उनलाई ।’ अहिले बच्चालाई सघन कक्षमा राखिएको छ । अस्पतालको खर्चको बारेमा पनि प्रधानले केही नसोचेको बताए । ‘कति दिनसम्म राख्नुपर्ने हो खै ? कति खर्च लाग्ने हो केही थाहा छैन । अहिलेसम्म अस्पताल र डाक्टरहरूबाट उपचार सहुलियतको बारेमा केही जानकारी गराउनु भएको छैन ।’ चार सन्तानबारे डाक्टरको भनाइ भिडियो एक्सरेमा तीन वटा देखिएको तर गर्भमा चारवटा सन्तानको बारेमा डा महेन्द्रराज पाण्डे भन्छन्, ‘कतिपय अवस्थामा बच्चा खप्टेको हुन्छ, अंग नदेखिन सक्छ, देखिँदा तीन वटा मात्रै देखियो पछाडिपट्टी भएकाले नदेखिएको हुनसक्छ ।’ उनले आठ लाख मानिसमध्ये एक महिलाले चार सन्तान जन्माउने गरेकोे बताए । कृत्रिम गर्भाधानमा जुम्ल्याह, तिम्ल्याहा, चम्ल्यामा जन्मने देखिए पनि प्राकृतिक गर्भाधानमा भने यो दुर्लभ भएको उनको भनाइ छ । उनले भने, ‘गर्भाधानमा सामान्यतया एक शुक्रकिटको मिलन एउटासँग भएर त्यसपछि हुने विभाजनले गर्दा पनि हुनसक्छ अथवा एउटाभन्दा बढी शुक्रकिटको धेरै वटा अण्डासँग मेल भएर पनि जन्मने गदर्छ ।’ उनले चम्ल्याहा शिशुको तौल कम हुने भएकाले विभिन्न समस्या देखिनसक्ने बताए । उनी भन्छन्, ‘कम तौलका कारण श्वासप्रश्वासमा समस्या देखिन सक्छ, त्यसैगरी रोग प्रतिरोधात्मक क्षमता पनि कम हुने भएकाले संक्रमण हुने सम्भावना बढी हुन्छ । अहिले सामान्य देखिए पनि कति बेला समस्या आउँछ भन्ने थाहा हुँदैन, शिशुलाई सीमित व्यक्तिको मात्रै निगरानीमा राख्नुपर्छ र धेरैले छुने गर्दा संक्रमण हुनसक्छ ।’ उनले अहिले बच्चालाई सघन कक्षमा सलाइन पानी दिएर राखिएको बताए । बच्चालाई स्तनपान गराउनसक्ने नभएसम्म बच्चालाई लान नमिल्ने उनको भनाइ छ । रासस
प्रकाशित मिति: आइतबार, माघ ५, २०७६  ०६:२९
प्रतिक्रिया दिनुहोस्
थप प्रवास
थाइल्याण्डमा एएनओको समिति गठन
थाइल्याण्डमा एएनओको समिति गठन सोमबार, चैत १६, २०८२
एनआरएनए फ्रान्सको विवाद मिल्यो, अध्यक्ष डा. शर्मा पेरिसमा
एनआरएनए फ्रान्सको विवाद मिल्यो, अध्यक्ष डा. शर्मा पेरिसमा सोमबार, चैत ९, २०८२
नेपालको समृद्धिमा योगदान गर्न गैरआवासीय नेपालीलाई परराष्ट्रमन्त्री शर्माको आह्वान
नेपालको समृद्धिमा योगदान गर्न गैरआवासीय नेपालीलाई परराष्ट्रमन्त्री शर्माको आह्वान मंगलबार, चैत ३, २०८२
एनआरएनए नागरिकता कार्यान्वयन हुनेगरी कानुन संशोधन गर्न माग
एनआरएनए नागरिकता कार्यान्वयन हुनेगरी कानुन संशोधन गर्न माग आइतबार, चैत १, २०८२
एनआरएनएकाे उम्मेदवारहरूको पहिलो नामावली सार्वजनिक
एनआरएनएकाे उम्मेदवारहरूको पहिलो नामावली सार्वजनिक बिहीबार, फागुन २८, २०८२
एनआरएनएकाे १२ औं बृहत एकताको अन्तर्राष्ट्रिय महाधिवेशन हुँदै
एनआरएनएकाे १२ औं बृहत एकताको अन्तर्राष्ट्रिय महाधिवेशन हुँदै मंगलबार, फागुन १२, २०८२
एनआरएनए अध्यक्षका उम्मेदवार रोविन शेरचन विश्व दौडाहामा
एनआरएनए अध्यक्षका उम्मेदवार रोविन शेरचन विश्व दौडाहामा बिहीबार, फागुन ७, २०८२
लोकप्रिय
  • Week
  • Month
विश्व क्षयरोग दिवस: नेपालको अवस्था 
विश्व क्षयरोग दिवस: नेपालको अवस्था 
स्ट्रेट अफ होरमुजमा इरानको नियन्त्रण, विश्व बजारमा तेल संकट
स्ट्रेट अफ होरमुजमा इरानको नियन्त्रण, विश्व बजारमा तेल संकट
विभागमा पुनः श्रम स्वीकृति लिनेको चाप, नयाँ न्यून 
विभागमा पुनः श्रम स्वीकृति लिनेको चाप, नयाँ न्यून 
रास्वपाको वाचा पूरा गर्ने जिम्मेवारीमा श्रममन्त्री साह, यी हुन् चुनौती
रास्वपाको वाचा पूरा गर्ने जिम्मेवारीमा श्रममन्त्री साह, यी हुन् चुनौती
नवनियुक्त प्रधानमन्त्री साहबाट शपथ ग्रहण सम्पन्न
नवनियुक्त प्रधानमन्त्री साहबाट शपथ ग्रहण सम्पन्न
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP