Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #भारत–पाकिस्तान
  • #विश्वकप एसिया छनोट
  • #आइसिसी महिला टी–ट्वान्टी
  • #रामनाथ_अधिकारी
  • #कृषि तथा पशुपन्छी विकासमन्त्री
  • #बर्ड फ्लु
Search Here
प्रवास
  • Home
  • प्रवास
  • ‘हुर्काउनै मुस्किल चार अमूल्य उपहार’
‘हुर्काउनै मुस्किल चार अमूल्य उपहार’
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, माघ ५, २०७६
चिप्लेढुंगा–गौरव प्रधानलाई एक सन्तानको चाहान थियो । यसअघि नै पाँच वर्षको छोरा भएकाले सकेसम्म एक छोरी भइदिए छोराछोरी दुवैको रहर पूरा हुने चाहाना स्वाभाविक पनि हो । सधैँ सोचे जस्तो कहाँ हुन्छ र ! श्रीमतीको रजस्वला रोकिएको ३७ दिनमा नै थाहा भयो गर्भमा तीन सन्तान छन् भन्ने कुरा । विगत पाँच वर्षदेखि दुबइमा रहेका प्रधानलाई सन्तानको माया त हुने नै भयो । वैदेशिक रोजगार रहर नभइ बाध्यता थियो । पुतलीबजार नगरपालिका–१ का प्रधानले बुबाआमाको साथ श्रीमतीलाई छोडेर वैदेशिक रोजगारीमा फर्के । प्रत्येक महिनाको भिडियो एक्स रे को रिपोर्टमार्फत श्रीमतीको बारेमा जानकारी लिइरहेका प्रधान २० दिनअघि मात्र नेपाल आए । प्रधानले पुस २७ गते आइतबार श्रीमतीलाई पोखराको मणिपाल अस्पतालमा लिएर आए । ३४ हप्ता चार दिनमा शुक्रबार बिहान ९ बजे डा महेन्द्रराज पाण्डेको नेतृत्वको टोलीले शल्यक्रिया गरेर २६ वर्षीय सुनिता प्रधानको गर्भबाट चार सन्तान निकाल्यो । जन्माएका सन्तानमा पहिलो छोरी १.६ किलो तौल, दोस्रो छोरा १.३ किलो तौल, तेस्रो छोरी १.३ किलो तौल र चौथो छोरी १.४ किलो तौलका रहेका छन् । वैदेशिक रोजगारको सीमित आम्दानीबाट परिवारको पालनपोषण गर्दै आएका प्रधान दम्पत्तीलाई एकैचोटी जन्मिएका चार सन्तानको पालनपोषण थप समस्या हुने हो कि भन्ने चिन्ता पनि उत्तिकै लागेको छ । तर, आशावादी छन् दम्पत्ती ‘यो भगवानको अमूल्य उपहार हो, हामी निकै खुशी छौं । तर, हुर्काउनै मुस्किल छ ।’ ‘कम तौलका कारण बच्चाको स्वास्थ्यमा केही समस्या आउने होकी भन्ने चिन्ता त छ, तर कामना गरेको छांै, पक्कै सबै राम्रो नै हुनेछ ।’ जम्मा ५३ दिनको बिदामा आएका प्रधान बिदा थप्न नमिल्ने समस्याले पनि पिरोलिएका छन् । ‘भिसा रिन्यू गर्नुपर्छ । अहिले बिदा थप्न पनि मिलेन ।’ उनले भने, ‘सन्तानको माया उस्तै छ । कम तौल भएकाले विशेष स्याहार गर्नुपछर्, तर आफू श्रीमतीसँगै हुनुपर्ने बेला विदेश जान बाध्य छु । नजाउ कसरी पाल्नु ? जाऊ मेरो जरुरत छ यतिबेला उनलाई ।’ अहिले बच्चालाई सघन कक्षमा राखिएको छ । अस्पतालको खर्चको बारेमा पनि प्रधानले केही नसोचेको बताए । ‘कति दिनसम्म राख्नुपर्ने हो खै ? कति खर्च लाग्ने हो केही थाहा छैन । अहिलेसम्म अस्पताल र डाक्टरहरूबाट उपचार सहुलियतको बारेमा केही जानकारी गराउनु भएको छैन ।’ चार सन्तानबारे डाक्टरको भनाइ भिडियो एक्सरेमा तीन वटा देखिएको तर गर्भमा चारवटा सन्तानको बारेमा डा महेन्द्रराज पाण्डे भन्छन्, ‘कतिपय अवस्थामा बच्चा खप्टेको हुन्छ, अंग नदेखिन सक्छ, देखिँदा तीन वटा मात्रै देखियो पछाडिपट्टी भएकाले नदेखिएको हुनसक्छ ।’ उनले आठ लाख मानिसमध्ये एक महिलाले चार सन्तान जन्माउने गरेकोे बताए । कृत्रिम गर्भाधानमा जुम्ल्याह, तिम्ल्याहा, चम्ल्यामा जन्मने देखिए पनि प्राकृतिक गर्भाधानमा भने यो दुर्लभ भएको उनको भनाइ छ । उनले भने, ‘गर्भाधानमा सामान्यतया एक शुक्रकिटको मिलन एउटासँग भएर त्यसपछि हुने विभाजनले गर्दा पनि हुनसक्छ अथवा एउटाभन्दा बढी शुक्रकिटको धेरै वटा अण्डासँग मेल भएर पनि जन्मने गदर्छ ।’ उनले चम्ल्याहा शिशुको तौल कम हुने भएकाले विभिन्न समस्या देखिनसक्ने बताए । उनी भन्छन्, ‘कम तौलका कारण श्वासप्रश्वासमा समस्या देखिन सक्छ, त्यसैगरी रोग प्रतिरोधात्मक क्षमता पनि कम हुने भएकाले संक्रमण हुने सम्भावना बढी हुन्छ । अहिले सामान्य देखिए पनि कति बेला समस्या आउँछ भन्ने थाहा हुँदैन, शिशुलाई सीमित व्यक्तिको मात्रै निगरानीमा राख्नुपर्छ र धेरैले छुने गर्दा संक्रमण हुनसक्छ ।’ उनले अहिले बच्चालाई सघन कक्षमा सलाइन पानी दिएर राखिएको बताए । बच्चालाई स्तनपान गराउनसक्ने नभएसम्म बच्चालाई लान नमिल्ने उनको भनाइ छ । रासस
प्रकाशित मिति: आइतबार, माघ ५, २०७६  ०६:२९
प्रतिक्रिया दिनुहोस्
Adv Space Adv Space
थप प्रवास
गैरआवासीय नेपालीलाई लगानीमैत्री वातावरण तयार गर्न आग्रह
गैरआवासीय नेपालीलाई लगानीमैत्री वातावरण तयार गर्न आग्रह बुधबार, वैशाख ३१, २०८२
गैरआवासीय नेपाली सङ्घलाई एकताबद्ध, मर्यादित र उद्देश्यकेन्द्रित बनाउन प्रधानमन्त्रीको आग्रह
गैरआवासीय नेपाली सङ्घलाई एकताबद्ध, मर्यादित र उद्देश्यकेन्द्रित बनाउन प्रधानमन्त्रीको आग्रह बुधबार, वैशाख ३१, २०८२
एनआरएनएको  प्रवक्तामा गंगाधर गौतम मनोनित
एनआरएनएको  प्रवक्तामा गंगाधर गौतम मनोनित सोमबार, वैशाख २२, २०८२
एनआरएनएको नयाँ कार्यसमिति निर्वाचित
एनआरएनएको नयाँ कार्यसमिति निर्वाचित आइतबार, वैशाख २१, २०८२
एनआरएनए निर्वाचन समितिले गर्‍यो प्रथम मतदाता नामावली प्रकाशन
एनआरएनए निर्वाचन समितिले गर्‍यो प्रथम मतदाता नामावली प्रकाशन मंगलबार, वैशाख १६, २०८२
एनआरएनएको सदस्यता लिने अन्तिम दिन आज 
एनआरएनएको सदस्यता लिने अन्तिम दिन आज  सोमबार, चैत २५, २०८१
वेबसाइटबाट सदस्य बन्न एनआरएनए बेल्जियमको आह्वान
वेबसाइटबाट सदस्य बन्न एनआरएनए बेल्जियमको आह्वान बिहीबार, चैत २१, २०८१
लोकप्रिय
  • Week
  • Month
चन्द्रागिरिका ४८० विद्यार्थीलाई पोसाक र शैक्षिक सामग्री वितरण 
चन्द्रागिरिका ४८० विद्यार्थीलाई पोसाक र शैक्षिक सामग्री वितरण 
तामाङ संस्कार - संस्कृति निर्देशिका पुन प्रकाशन
तामाङ संस्कार - संस्कृति निर्देशिका पुन प्रकाशन
भारत–पाकिस्तान तनाव : नेपालमा चिन्ता
भारत–पाकिस्तान तनाव : नेपालमा चिन्ता
लुम्बिनी प्रदेशसभाको छैटौँ अधिवेशन आजबाट सुरु
लुम्बिनी प्रदेशसभाको छैटौँ अधिवेशन आजबाट सुरु
छ महिनाभित्र नयाँ रोजगारदाता छान्न पाउने
छ महिनाभित्र नयाँ रोजगारदाता छान्न पाउने
छापा माध्यमको वर्तमान अवस्था, समस्या र समाधान
छापा माध्यमको वर्तमान अवस्था, समस्या र समाधान
चन्द्रागिरिका ४८० विद्यार्थीलाई पोसाक र शैक्षिक सामग्री वितरण 
चन्द्रागिरिका ४८० विद्यार्थीलाई पोसाक र शैक्षिक सामग्री वितरण 
भव्यता साथ २५६९ औं बुद्ध जयन्ती मनाइने
भव्यता साथ २५६९ औं बुद्ध जयन्ती मनाइने
बुढानिलकण्ठको भंगालमा पुस्तान्तरणको स्वास्थ्य शिविर सम्पन्न
बुढानिलकण्ठको भंगालमा पुस्तान्तरणको स्वास्थ्य शिविर सम्पन्न
तामाङ संस्कार - संस्कृति निर्देशिका पुन प्रकाशन
तामाङ संस्कार - संस्कृति निर्देशिका पुन प्रकाशन
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - आशुतोष कार्की
- श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- गंगा फुयाल
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter Prabhab Online
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP