काठमाडाैं - प्रधानसेनापतिले तीन जर्नेललाई दज्यार्नी चिह्न प्रदान गरेका छन् । सैनिक मुख्यालय जङ्गी अड्डामा आज आयोजित समारोहमा प्रधानसेनापति प्रभुराम शर्माले सहायक रथीबाट उपरथीमा बढुवा भएकाललाई प्रदान गरेका हुन् ।

प्रधानसेनापति शर्माले उपरथीबाट रथीमा बढुवा भएका सीताराम खड्का, विजय थापा र आशबहादुर तामाङलाई लाई दज्र्यानी चिह्न प्रदान गरिएको छ ।

मन्त्रिपरिषद्को यही कात्तिक १६ गतेको बैठकले उनीहरूलाई बढुवा गर्ने निर्णय गरेको थियो । सरकारले रथी खड्कालाई बलाध्यक्षको जिम्मेवारी प्रदान गरेको छ ।
सैनिक मुख्यालयले उपरथी थापालाई सुदुरपश्चिम पृतनापति र उपरथी तामाङ्गलाई नेपाली सैनिक वार कलेजका शिक्षाध्यक्षको जिम्मेवारी दिइएको छ ।