Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #काठमाडौं निर्वाचन क्षेत्र नम्बर-२
  • #डा.विश्वास बस्नेत
  • #पुतली_नाच
  • #टाइगर कप
  • #मनोनयन_दर्ता
  • #तामाङ_घेदुङ
  • #सोनाम_ल्होछार
  • #शेरबहादुर देउवा
  • #सोनाम_ल्होच्छार
Search Here
विश्व
  • Home
  • विश्व
  • रूसले गर्‍याे खाद्यान्नसम्बन्धी सम्झौता स्थगन
रूसले गर्‍याे खाद्यान्नसम्बन्धी सम्झौता स्थगन
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, कात्तिक १३, २०७९
Hardik health
मस्काे - संयुक्त राष्ट्रसङ्घको मध्यस्थतामा युक्रेनसँग भइरहेको खाद्यान्न सम्झौतामा रूसले आफ्नो सहभागितालाई स्थगन गरेको रूसी रक्षा मन्त्रालयको भनाइ उद्धृत गर्दै सीएनएनले जनाएको छ ।रूस र युक्रेनबीच युद्ध चर्किरहेका बेला शनिबार क्रिमियामा युक्रेनी ड्रोन आक्रमण भएपछि रूसले उक्त सम्झौता अनिश्चितकालका लागि स्थगन गरेको हो । संयुक्त राष्ट्रसङ्घका लागि रूसी प्रतिनिधि दिमित्री पोल्यान्स्कीले एक ट्वीटमा भने“रूसी सैन्य जहाजमाथि युक्रेनी ड्रोन आक्रमणको प्रयासपछि खाद्यान्न सम्झौता सुरक्षित रूपमा सञ्चालन गर्नुपर्ने सुनिश्चितता गरिएको छ ।” उनले भने, “संयुक्त राष्ट्रसङ्घका प्रमुख एन्टोनियो गुटेर्रेसलाई यसबारे चाँडै नै आधिकारिक रूपमा सूचित गरिनेछ ।” संयुक्त राष्ट्रसङ्घ र टर्कीसँग रूस र युक्रेनबीच भएको खाद्यान्न सम्झौताले ‘ब्ल्याक सी’का तीन वटा बन्दरगाहमा अड्किएका दुई करोड २० लाख युक्रेनी खाद्यान्न निर्यातका लागि मार्ग प्रशस्त गरेको छ । भोकमरीको आसन्न खतराको सामना गरिरहेका विश्वका गरिब राष्ट्रका लाखौं मानिसहरूले यो अति आवश्यक मात्रामा खाद्यान्न बजारमा पुग्ने र खाद्यान्नको मूल्य फेरि एकपटक किफायती हुन सक्ने समाचार सुनेर राहतको सास फेरेका समय रूसको यो निर्णय आएको हो । यद्यपि, दुई देश (रूस र युक्रेन) बीचको तनाव बढेकाले रूसको यो निर्णयले विश्वको दुःखलाई अझ बढाउनेछ । युक्रेनविरूद्धको रूसी आक्रमणपछि मस्कोले ‘ब्ल्याक सी’मा रहेका बन्दरगाहहरूमा नाकाबन्दी गरेको थियो भने युक्रेनले पनि रुसी आक्रमण रोक्न ब्ल्याक सी क्षेत्रमा आक्रमण गरेको थियो । रूसी आक्रमणसँगै युक्रेनी अनाज निर्यात गर्न प्रयोग गरिने बन्दरगाहहरू व्यावसायिक ढुवानीको लागि अवरुद्ध गरिएको थियो र युक्रेन एक प्रमुख अनाज निर्यातकर्ता भएकोले विश्वभर आवश्यक वस्तुको मूल्य वृद्धि भएको थियो । तीव्र भोकमरीको सामना गरिरहेका लाखौं गरीब मानिसहरूका लागि ब्ल्याक सी क्षेत्रमा खाद्यान्न निर्यातमा गरिएको अवरोधले खाद्यान्न अभाव भएको छ । युक्रेन र रूस दुवै विश्वमा खाद्यान्नको सबैभन्दा ठूलो निर्यातकर्ता हुन् । नाकाबन्दीका कारण विश्वभर खाद्यान्नको मूल्य बढेको छ । रूस र युक्रेनबीच खाद्यान्नलाई निर्यात गर्ने सम्बनधमा भएको यो सम्झौता अर्को महिनादेखि सकिँदै छ । यसैबीच शनिबार युक्रेन र रूसबीच भएको युद्धबन्दी आदानप्रदान अन्तर्गत १०० भन्दा बढी युद्धबन्दीलाई रिहा गरिएको छ । युक्रेनको राजधानीमा रूसी आक्रमणका कारण उत्पन्न विद्युत् कटौती यस सप्ताह अन्तमा पनि जारी रहेको सीएनएनले जनाएको छ । - एएफपी
प्रकाशित मिति: आइतबार, कात्तिक १३, २०७९  १८:२२
प्रतिक्रिया दिनुहोस्
थप विश्व
सानो हमिङबर्डको अन्तिम आश्रय
सानो हमिङबर्डको अन्तिम आश्रय शुक्रबार, माघ ९, २०८२
टी-२० विवादले भारतको ओलम्पिक सपना प्रभावित
टी-२० विवादले भारतको ओलम्पिक सपना प्रभावित शुक्रबार, माघ ९, २०८२
जापानको उपभोक्ता मूल्य २०२५ मा उच्च, ऊर्जा र खाद्य मूल्यमा उतार–चढाव
जापानको उपभोक्ता मूल्य २०२५ मा उच्च, ऊर्जा र खाद्य मूल्यमा उतार–चढाव शुक्रबार, माघ ९, २०८२
रुस, युक्रेन र अमेरिका अबुधाबीमा वार्ता गर्ने
रुस, युक्रेन र अमेरिका अबुधाबीमा वार्ता गर्ने शुक्रबार, माघ ९, २०८२
इरान प्रदर्शनमा मृत्यु हुनेको सङ्ख्या पाँच हजार नाघ्यो, अमेरिकी ‘आर्मडा’ नजिकिँदै
इरान प्रदर्शनमा मृत्यु हुनेको सङ्ख्या पाँच हजार नाघ्यो, अमेरिकी ‘आर्मडा’ नजिकिँदै शुक्रबार, माघ ९, २०८२
शान्ति बोर्डको प्रस्तावले ईयू-अमेरिका सम्बन्धमा तनाव
शान्ति बोर्डको प्रस्तावले ईयू-अमेरिका सम्बन्धमा तनाव शुक्रबार, माघ ९, २०८२
डब्लुएचओबाट अमेरिका बाहिरियाे, विश्व स्वास्थ्यमा अनिश्चितता
डब्लुएचओबाट अमेरिका बाहिरियाे, विश्व स्वास्थ्यमा अनिश्चितता शुक्रबार, माघ ९, २०८२
लोकप्रिय
  • Week
  • Month
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
उच्च पहाडी तथा हिमाली भेगका हिमपातको सम्भावना
उच्च पहाडी तथा हिमाली भेगका हिमपातको सम्भावना
ल्होछारलाई सधैं एउटै मितिमा पर्ने गरी तय गर्नुपर्ने :  दिलमान पाख्रिन
ल्होछारलाई सधैं एउटै मितिमा पर्ने गरी तय गर्नुपर्ने : दिलमान पाख्रिन
आजदेखि  निर्वाचन आचारसंहिता लागू
आजदेखि निर्वाचन आचारसंहिता लागू
बालेनले दिए राजीनामा
बालेनले दिए राजीनामा
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP