काठमाडौं - सुगम,मेलिना र सुनिलले जापानका दर्शक श्रोतालाई नयाँ वर्षमा नचाउने भएका छन् । नयाँ वर्षको अवसर पारेर जापानमा हुन लागेको 'नयाँ वर्ष धमाका' सांगीतिक कार्यक्रम लिएर सुगम,मेलिना र सुनिलले जापानका दर्शक श्रोतालाई नयाँ वर्षमा नचाउने भएका हुन् ।
दुई वर्ष कोभिडका कारण सांगीतिक कार्यक्रमहरु नहुँदा कलाकारहरु फुर्सदमा थिए। अहिले कोभिडको जोखिम कमभएसँगै गायक तथा कलाकारहरु देश तथा विदेशमा हुने विभिन्न कार्यक्रमहरुमा व्यस्त हुने क्रम बढेको छ।
नयाँ वर्षको अवसर पारेर जापानमा हुन लागेको 'नयाँ वर्ष धमाका' सांगीतिक कार्यक्रममा सुगम पोखरेल,मेलिना राई र सुनिल सिंह ठकुरीले दर्शकलाई मनोरंजन दिने छन्। कर्णालीमा निशुल्क स्वास्थ्य शिविर गर्ने उदेश्यका साथ संचालन हुन लागेको सांगीतिक कार्यक्रम जापानका विभिन्न ६ वटा शहरमा हुनेछन्।
लाइफ फर फ्रेन्ड्स नामक संस्थाले आयोजना गर्न लागेको कार्यक्रम डिसेम्बर २५ का दिन जापानको टोकियो शहरमा हुनेछ। कार्यक्रम जापानका ठुला शहरहरु टोकियो,ओशाका, नागोया,फुकोउका, ओकिनवा, सिजोउका,सेन्दाई लगाएतका शहरमा हुदैछ। टोकियोमा डिसेम्बर २५ तारिख आइतवारको दिन रोपंगी जेस नाइट क्लबमा हुनेछ।
कार्यक्रमका आयोजक खिम राज शाहका अनुसार कार्यक्रमबाट संकलित रकम कर्णालीका जनताको स्वास्थ्यमा खर्च गरिने छ। लामो समय देखि जापान बस्दै आएका शाहको समुहले जापानमा थुप्रै कार्यक्रमको आयोजना गरि सकेको छ।