Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #कोजाग्रत_पूर्णिमा
  • #सराय
  • #गाईपालन
  • #काठेपिङ
  • #नोबेल_पुरस्कार
  • #विश्व दृष्टि दिवस
  • #छिमली र पट्टा नाच
  • #कोशी प्रदेश
  • #पुर्ख्याैली_सीप
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • कतार सरकारको वाचाअनुसार श्रम सुधारमा प्रगति देखिएन
कतार सरकारको वाचाअनुसार श्रम सुधारमा प्रगति देखिएन
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, कात्तिक ७, २०७९
Hardik health
काठमाडौं- कतारले आप्रवासी श्रमिकको पक्षमा श्रम सुधारका कार्यहरु भइरहेको जनाए पनि यसको प्रभावकारी कार्यान्वयन हुन नसकेको अन्तर्राष्ट्रिय संस्थाहरुले बताएका छन् । मानवअधिकारवादी संस्था एम्नेस्टी इन्टरनेसनल, ह्युमन राइट्स वाच र फेयर स्क्वायरले कतारमा आप्रवासी कामदारको हितमा हुनेगरी अझै श्रम सुधार कार्यान्वयन हुन नसकेको बताएका हुन् । केही समयअघि ह्युमन राइट्स वाच र फेयर स्क्वायरले कतारमा आप्रवासी श्रमिकहरुमाथिको दुव्र्यवहार नरोकिएको र उनीहरुले पाउनुपर्ने क्षतिपूर्तिलगायतका रकम पाउन नसकेको भन्दै विज्ञप्ति नै जारी गरेको थियो । यस्तै पछिल्लोपटक एम्नेस्टी इन्टरनेसनलले पनि एक विज्ञप्ति जारी गर्दै कतार सरकारले वाचा गरेअनुसार श्रम सुधारमा खासै प्रगति हुन नसकेको जनाएको छ । एम्नेस्टीले विश्वकप फुटबल प्रतियोगिता अगावै श्रम सुधारका वाचाहरू पूर्णरूपमा लागू गर्न नसके पनि यसपछि पुनः प्रतिबद्ध हुनुपर्ने उल्लेख गरेको छ । विश्वकप सुरू हुन एक महिनामात्रै बाँकी रहँदा रहेको अवस्थामा एम्नेस्टीले फिफा र कतारलाई दुव्र्यवहारमा परेका आप्रवासी श्रमिकहरूको लागि क्षतिपूर्ति कोष स्थापना गर्नसमेत आह्वान गरेको छ । कतारले आफ्नो श्रम प्रणालीमा सन् २०१७ देखि ल्याएको परिमार्जनले झण्डै २० लाख आप्रवासी श्रमिकहरूका लागि उल्लेख्य सुधारका नियमहरू ल्याए पनि प्रभावकारी कार्यान्वयनको अभावले समस्या कायमै रहेको एम्नेस्टीको भनाइ छ । विश्वकप प्रतियोगिताका लागि कार्यरत विभिन्न परियोजनाका हजारौं श्रमिकहरूले अझै पनि तलब नपाउने वा ढिलागरी पाउने, आरामका लागि छुट्टी नपाउने, असुरक्षित अवस्थामा काम गर्नुपर्ने, काम परिवर्तन गर्नमा अवरोधहरू तथा न्यायमा सीमित पहु“चको सामना गरिरहेको दाबी एम्नेस्टीको छ । ‘विश्वकप नजिकिँदै गर्दा, आप्रवासी श्रमिकहरूलाई शोषणबाट जोगाउने कार्य आधा मात्र पूरा भएको छ भने दुव्र्यवहार भोगेकाहरूलाई क्षतिपूर्ति दिने कार्यको केवल सुरूआत मात्र भएको छ । दीर्घकालमा यस अवस्थाको सुधारका लागि कतार प्रतिबद्ध हुनुपर्ने आवश्यकता छ । विश्वकपको प्रचारप्रसार र प्रसारण दोहाबाट सकिएपछि पनि त्यहा“ सुरू गरिएका प्रगतिहरू रोकिनु हु“दैन,’ विज्ञप्तिमा भनिएको छ । एम्नेस्टीलगायतका मानवअधिकार संस्थाहरूको एक सञ्जाल, प्रशंसक समूहहरू र ट्रेड युनियनहरूले सन् २०२२ को मे महिनामा सुरू गरेको ‘पेअप फिफा’ अभियानलाई समर्थन गर्ने भन्दै फिफा र कतारी अधिकारीहरूलाई आप्रवासी श्रमिकहरुलाई क्षतिपूर्ति दिन र भविष्यमा हुने दुव्र्यवहारहरू रोक्नका लागि एक विस्तृत क्षतिपूर्ति कार्यक्रम स्थापना गर्न एम्नेस्टीले आग्रह गरेको छ । कतारले मानवअधिकारका दुईवटा प्रमुख अन्तर्राष्ट्रिय महासन्धिहरूलाई अनुमोदन गरे पनि आप्रवासी श्रमिकहरूको ट्रेड युनियनमा सामेल हुन पाउने अधिकारलाई भने मान्यता दिएको छैन । जसका कारण अन्तर्राष्ट्रिय कानुनअन्तर्गत मौलिक अधिकारको रूपमा प्रत्याभूत गरिएको कतारमा ट्रेड युनियनहरूमा आप्रवासी श्रमिकहरू संगठित हुन बन्देज गरिएको छ । यसले गर्दा घरेलु र सुरक्षा क्षेत्रहरूमा धेरै श्रमिकहरू अझै पनि जबरजस्ती श्रमकै अवस्थामा पर्ने खालको श्रम अवस्थाबाट गुज्रिरहेको एम्नेस्टीले जनाएको छ । त्यस्तै कतारमा विगतको दशक र त्यसपछि विश्वकपस“ग सम्बन्धित परियोजनाहरू वा अन्य सन्दर्भमा भएका हजारौं आप्रवासी श्रमिकहरूको मृत्युका कारणहरू अझै अस्पष्ट रहेको बताइएको छ । अधिक तापक्रमले स्वास्थ्यमा ठूलो जोखिम निम्त्याउने स्पष्ट प्रमाण भएता पनि कतारी अधिकारीहरूले अनुसन्धान गर्न, आप्रवासी श्रमिकहरूको मृत्यु प्रमाणित गर्न वा क्षतिपूर्ति प्रदान गर्न अन्तर्राष्ट्रिय अभ्यासअनुरुप थोरै मात्र पनि आवश्यक कार्य नगरेको एम्नेस्टीले उल्लेख गरेको छ । ‘श्रम सुधार नीति ल्याएको यस अवधि (पा“च वर्ष)मा कतारले श्रम अधिकारमा महŒवपूर्ण फड्को मारेको देखिए पनि अझै सुधारको दूरी धेरै लामो छ । कानुनमा भएका छिद्रहरू तथा कानुनको अपर्याप्त कार्यान्वयनका कारण हजारौं श्रमिकहरू अझै शोषण र दुव्र्यवहारको चक्रमा फसिरहेका छन्,’ एम्नेस्टीका आर्थिक र सामाजिक न्याय प्रमुख स्टिभ ककबर्नले भनेका छन् । उनले आप्रवासी श्रमिकहरूलाई क्षतिपूर्ति प्रदान गर्ने सवालमा प्रशंसक, फुटबल संगठन र प्रायोजकहरूका बीच ठूलो र बढ्दो समर्थन भए पनि कतार सरकार र फिफा भने यस सवालमा मौन रहेको आरोप लगाए ।
प्रकाशित मिति: सोमबार, कात्तिक ७, २०७९  ११:३९
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
वैदेशिक रोजगारीमा जाने महिलाको संख्या बर्सेनि बढ्दै
वैदेशिक रोजगारीमा जाने महिलाको संख्या बर्सेनि बढ्दै शुक्रबार, असोज २४, २०८२
कतारको कानुनविपरीत हुने कुनै पनि गतिविधिमा संलग्न नहुन दूतावासको आग्रह 
कतारको कानुनविपरीत हुने कुनै पनि गतिविधिमा संलग्न नहुन दूतावासको आग्रह  बिहीबार, असोज २३, २०८२
मलेसियाको पुँजी र सीपको सदुपयोग- कृषि फार्मबाट आम्दानीसँगै रोजगारी दिँदै देउकुमार
मलेसियाको पुँजी र सीपको सदुपयोग- कृषि फार्मबाट आम्दानीसँगै रोजगारी दिँदै देउकुमार बुधबार, असोज २२, २०८२
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार शुक्रबार, असोज १०, २०८२
भिजिट भिसा प्रयोगमा देखिएका चुनौतिबारे छलफल
भिजिट भिसा प्रयोगमा देखिएका चुनौतिबारे छलफल शुक्रबार, असोज १०, २०८२
युएईबाहेक अन्य मुलुकमा भिसा रोकिएको छैन
युएईबाहेक अन्य मुलुकमा भिसा रोकिएको छैन बिहीबार, असोज ९, २०८२
युएईको कानुनविपरीत गतिविधिमा नलाग्न दूतावासको आग्रह
युएईको कानुनविपरीत गतिविधिमा नलाग्न दूतावासको आग्रह बुधबार, असोज ८, २०८२
लोकप्रिय
  • Week
  • Month
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
वर्षाका कारण दुई दिन बिदा घोषणा
वर्षाका कारण दुई दिन बिदा घोषणा
बढी भाडा असुल्नेलाई कारबाही
बढी भाडा असुल्नेलाई कारबाही
धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरियो, राति जाग्राम बसिँदै
धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरियो, राति जाग्राम बसिँदै
निर्वाचनसम्बन्धी छलफलका लागि राजनीतिक दललाई आयोगद्वारा पत्राचार
निर्वाचनसम्बन्धी छलफलका लागि राजनीतिक दललाई आयोगद्वारा पत्राचार
घरसँगै जल्यो इतिहास
घरसँगै जल्यो इतिहास
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
शिक्षाका सात आयाम
शिक्षाका सात आयाम
उपराष्ट्रपति झाकाे घरमा आगजनी
उपराष्ट्रपति झाकाे घरमा आगजनी
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP