Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #कोजाग्रत_पूर्णिमा
  • #सराय
  • #गाईपालन
  • #काठेपिङ
  • #नोबेल_पुरस्कार
  • #विश्व दृष्टि दिवस
  • #छिमली र पट्टा नाच
  • #कोशी प्रदेश
  • #पुर्ख्याैली_सीप
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • बेलायतमा नर्स पठाउने ‘प्रोटोकल’ तयार
बेलायतमा नर्स पठाउने ‘प्रोटोकल’ तयार
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, कात्तिक १, २०७९
nursebides
Hardik health
काठमाडौं– श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारीका लागि बेलायतमा नेपाली नर्स पठाउने विषयमा आवश्यक प्रोटोकल (मापदण्ड)को मस्यौदा तयार पारेको छ । मन्त्रालयले गत भदौ ६ गते नेपाल र बेलायतबीच भएको जिटुजी सम्झौता कार्यान्वयनका लागि द्विपक्षीय सहमतिका आधारमा प्रोटोकलको मस्यौदा तयार पारेको हो । प्रोटोकलमा नेपाली नर्सको छनोट, पदस्थापन, सेवा सुविधालगायतका विषय समावेश गरिएको मन्त्रालय स्रोतले जानकारी दिएको छ । मन्त्रालयले तयार पारेको प्रोटोकलमा बेलायतले पनि सहमति जनाएपछि यसको कार्यान्वयनका लागि मन्त्रिपरिषद्बाट स्वीकृति लिने चरणमा रहेको मन्त्रालयका एक उच्च अधिकारीले बताए । सम्भवतः यही महिनाभित्रै प्रोटोकल स्वीकृत हुने उनको भनाइ छ । मन्त्रिपरिषद्बाट प्रोटोकल स्वीकृत भएपछि कार्यान्वयनका लागि वैदेशिक रोजगार विभागमा बेलायत एकाइ नै स्थापना भइसकेको ती अधिकारीले बताए । उनका अनुसार उपसचिवको नेतृत्वमा मन्त्रालयले आवश्यक कर्मचारी खटाएर वेबसाइट बनाउनेदेखि आन्तरिक कार्य भइरहेको छ । प्रोटोकलमा समेटिएका बुँरदाहरु
  • नियुक्ति प्रक्रियाका लागि कुनै शुल्क नलाग्ने
  •  छनोट भएका स्वास्थ्यकर्मीको लागतको शोधभर्ना हुने
  • आइइएलटिएसमा ७ अंक प्राप्त गर्नुपर्ने
  • पाँच वर्षसम्म रोजगारीमा रहन पाइने
  • पाँच वर्षपछि अनिवार्य स्वदेश फर्किनुपर्ने
  •  नेपालमै दुई वर्षे नर्सिङ अनुभव प्राप्त भएको हुनुपर्ने
  •  उमेर ४५ वर्ष ननाघेको हुनुपर्ने
मन्त्रालयले प्रोटोकलमा व्यवस्था भएअनुसार विभागअन्तर्गत रहेको एकाइमार्फत बेलायत पठाइने नर्सका लागि आवेदन माग गर्ने जनाएको छ । प्राप्त भएका आवेदनबाट योग्य ठहरिएका नर्सहरुको छनोट गरी रोजगारीका लागि बेलायत पठाइनेछ । प्रोटोकलमा विशेष गरी ६–७ वटा बुँदालाई प्राथमिकता दिएर समेटिएको ती अधिकारीले जानकारी दिए । जसमा नर्सहरुको नियुक्ति प्रक्रियाका लागि कुनै शुल्क नलाग्ने तथा छनोट भएका स्वास्थ्यकर्मीको लागतको शोधभर्ना हुने, इन्टरनेसनल इंग्लिस ल्यांग्वेज टेस्टिङ सिस्टम (आइइएलटिएस) मा ७ अंक प्राप्त गर्नुपर्ने, पाँच वर्षसम्म रोजगारीमा रहन पाइने र त्यसपछि अनिवार्य स्वदेश फर्किनुपर्ने, नेपालमै दुई वर्षे नर्सिङ अनुभव प्राप्त भएको हुनुपर्ने, उमेर ४५ वर्ष ननाघेको हुनुपर्ने उल्लेख गरिएको छ । विश्व स्वास्थ्य संगठनको हेल्थ वर्कर सपोर्ट एण्ड सेफगार्ड लिस्ट २००० मा नेपाल समावेश रहेको अवस्थालाई मध्यनजर गरी स्वास्थ्यकर्मीको संख्या र प्रकारका सम्बन्धमा अझै टुंगो लाग्न नसकेको बताइएको छ । साथै, पारिश्रमिकका विषयमा पनि प्रोटोकलमा अहिले केही उल्लेख नगरिएको मन्त्रालय स्रोतले जानकारी दिएको छ । नर्सहरुको छनोट तथा पदस्थापना पूर्णरुपमा सरकारी तवरबाट मात्रै हुने र यसमा एजेन्सी वा निजी क्षेत्रसँग कुनै समन्वय नहुने मन्त्रालयले जनाएको छ । नेपाली नर्र्सलाई बेलायतको स्वास्थ्य सेवा (एनएचएस) मा सुरक्षित, मर्यादित र व्यवस्थित तवरले रोजगारीमा संलग्न हुने व्यवस्था मिलाउने दुई देशबीच सहमति भएको छ । बेलायतस“ग भएको श्रम सम्झौताले नेपालबाट ठूलो संख्यामा नर्सहरुलाई रोजगारीका लागि अवसर खुलेको सरोकारवालाहरुले बताएका छन् । प्रोटोकल कार्यान्वयनमा आएपश्चात् पहिलो वर्ष बेलायतमा दुई हजार नर्सिङ जनशक्तिलाई रोजगारीमा लगिने बुझिएको छ । तर, नेपाल सरकारले भने पहिलो चरणमा २०० देखि ३०० को हाराहारीमा मात्रै नर्स पठाउन सकिने औंल्याएको छ । यद्यपि, यो संख्यामा तलमाथि हुनसक्ने मन्त्रालयका अधिकारीहरुको भनाइ छ । नेपालबाट एएनएम, स्टाफ नर्स, बिएन, बिएस्सी नर्सिङ र मास्र्टस् गरेका नर्सहरुले बेलायतमा रोजगारीका लागि अवसर पाउने छन् । बेलायत जाने नर्सहरुले त्यहाँको नागरिकले पाएसरहको सेवा सुविधा पाउने बताइए पनि उनीहरुको पारिश्रमिक कति हुने भन्ने विषयमा अझै यकीन भएको छैन । तर, विभिन्न सेवा सुविधासहित एक जना नर्सले सरदरमा मासिक नेपाली पाँच लाख रुपैयाँभन्दा बढी पारिश्रमिक पाउने बुझिएको छ । नर्सहरुलाई बेलायत पठाउने परीक्षण चरणको अन्त्यमा समग्र नियुक्ति प्रक्रियाको मूल्यांकन गरिने र थप नियुक्ति तथा विस्तारका सम्बन्धमा आवश्यक निर्णय लिन दुवै देश सहमत भएका छन् । यसले आगामी वर्षहरुमा नर्सहरुलाई बेलायत पठाउने प्रक्रियाको ढोका खुला रहेको र पा“च वर्षमा योग्य ठहरिएका १० हजारभन्दा बढी नर्सलगायतका स्वास्थ्यकर्मीले रोजगारीको अवसर पाउने मन्त्रालयका एक अधिकारीले बताए ।  
प्रकाशित मिति: मंगलबार, कात्तिक १, २०७९  १२:४८
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
वैदेशिक रोजगारीमा जाने महिलाको संख्या बर्सेनि बढ्दै
वैदेशिक रोजगारीमा जाने महिलाको संख्या बर्सेनि बढ्दै शुक्रबार, असोज २४, २०८२
कतारको कानुनविपरीत हुने कुनै पनि गतिविधिमा संलग्न नहुन दूतावासको आग्रह 
कतारको कानुनविपरीत हुने कुनै पनि गतिविधिमा संलग्न नहुन दूतावासको आग्रह  बिहीबार, असोज २३, २०८२
मलेसियाको पुँजी र सीपको सदुपयोग- कृषि फार्मबाट आम्दानीसँगै रोजगारी दिँदै देउकुमार
मलेसियाको पुँजी र सीपको सदुपयोग- कृषि फार्मबाट आम्दानीसँगै रोजगारी दिँदै देउकुमार बुधबार, असोज २२, २०८२
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार शुक्रबार, असोज १०, २०८२
भिजिट भिसा प्रयोगमा देखिएका चुनौतिबारे छलफल
भिजिट भिसा प्रयोगमा देखिएका चुनौतिबारे छलफल शुक्रबार, असोज १०, २०८२
युएईबाहेक अन्य मुलुकमा भिसा रोकिएको छैन
युएईबाहेक अन्य मुलुकमा भिसा रोकिएको छैन बिहीबार, असोज ९, २०८२
युएईको कानुनविपरीत गतिविधिमा नलाग्न दूतावासको आग्रह
युएईको कानुनविपरीत गतिविधिमा नलाग्न दूतावासको आग्रह बुधबार, असोज ८, २०८२
लोकप्रिय
  • Week
  • Month
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
वर्षाका कारण दुई दिन बिदा घोषणा
वर्षाका कारण दुई दिन बिदा घोषणा
बढी भाडा असुल्नेलाई कारबाही
बढी भाडा असुल्नेलाई कारबाही
धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरियो, राति जाग्राम बसिँदै
धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरियो, राति जाग्राम बसिँदै
निर्वाचनसम्बन्धी छलफलका लागि राजनीतिक दललाई आयोगद्वारा पत्राचार
निर्वाचनसम्बन्धी छलफलका लागि राजनीतिक दललाई आयोगद्वारा पत्राचार
घरसँगै जल्यो इतिहास
घरसँगै जल्यो इतिहास
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
शिक्षाका सात आयाम
शिक्षाका सात आयाम
उपराष्ट्रपति झाकाे घरमा आगजनी
उपराष्ट्रपति झाकाे घरमा आगजनी
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP