Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #संघीय गणतान्त्रिक गठबन्धन
  • #नेपाल बौद्ध धर्म संरक्षण संघ
  • #हायात_प्लेस
  • #एमालेको महाधिवेशन
  • #एचआइभी एड्स दिवस
  • #आगाेलागी_घटना
  • #नेपाल कम्युनिष्ट पार्टी
  • #नेपाल उद्योग वाणिज्य महासंघ
  • #विप्रेषण
Search Here
विश्व
  • Home
  • विश्व
  • इन्धनको मूल्य घटाइयो
इन्धनको मूल्य घटाइयो
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, कात्तिक १, २०७९
Hardik health
एजेन्सी -  विश्व बैंकले यस वर्ष अर्थतन्त्र ९.२ प्रतिशतले खुम्चिने चेतावनी दिएपछि सङ्कटग्रस्त श्रीलङ्काले सोमबार इन्धनको मूल्य घटाएको छ । ऊर्जा मन्त्रालयले पेट्रोलको मूल्य सोमबार रातिदेखि प्रतिलिटर ४० रुपैयाँले घटाएर ३ सय ७० रुपैयाँ ( करिब १.०२ अमेरिकी डलर) कायम गरिएको जनाएको हाे  । नियमित पेट्रोलको मूल्य गत वर्ष सङ्कट सुरु हुनुअघिको तुलनामा अझै दोब्बर छ भने डिजेलको मूल्य सन् २०२१ को डिसेम्बरको तुलनामा साढे तीन गुणा बढी  रहेकाे छ । श्रीलङ्कामा वैदेशिक मुद्राको अभावसँगै इन्धन खरिदका लागि यस वर्षको सुरुमा सवारी चालकहरूले इन्धन प्राप्त गर्न हप्तौं बिताउनु परेको थियो । इन्धन अभावसँगै देखिएको आर्थिक सङ्कट र खाद्यान्न लगायतका सामानमा अत्यधिक मूल्यवृद्धिले हप्तौंसम्म चलेको प्रदर्शनमा योगदान पुर्‍याएको थियो । आन्दोलनले उचाई लिँदा तत्कालिन राष्ट्रपति गोटबाया राजापाक्षलाई जुलाईमा पद त्याग गरी देश छोड्न बाध्य बनाएको थियो । हालैका हप्ताहरूमा पम्पहरूमा इन्धनको लागि पर्खनेहरूको लाइन केही कम भएको छ, तर आवश्यक आयातको लागि भुक्तानी गर्न आवश्यक डलरको स्थायी अभावको कारण ईन्धन अझै पनि कडाईका साथ वितरण गरिएको छ । डिजेलको अभावका कारण सार्वजनिक यातायात पनि ठप्प भएको थियो तर अहिले सेवाहरू लगभग सामान्य अवस्थामा फर्केका छन्, यद्यपि यातायात भाडा, अन्य सेवा र सामानहरूको बढ्दो मूल्यजस्तै दोब्बर भएको छ।आधिकारिक वार्षिक मुद्रास्फीति दर ७० प्रतिशतको हाराहारीमा चलिरहेको छ । विश्व बैंकले श्रीलङ्काको केन्द्रीय बैंकले प्रक्षेपण गरेको ८.७ प्रतिशतको प्रक्षेपणभन्दा आर्थिक सङ्कुचन भयावह हुने चेतावनी दिएपछि पेट्रोल र डिजेलमा पछिल्लो पटक कमी आएको हो ।विश्व बैंकले गत साता सार्वजनिक गरेको पछिल्लो विवरणमा आगामी वर्ष पनि अर्थतन्त्र खुम्चिँदै जाने उल्लेख छ । आगामी वर्ष ४.२ प्रतिशतले सङ्कुचन आउने अनुमान गरिएको छ ।कोभिड–१९ महामारी र युक्रेन युद्धका अतिरिक्त श्रीलङ्काको स्वतन्त्रतापछिको सबैभन्दा खराब सङ्कटको आंशिक कारण राजापाक्षले नोभेम्बर २०१९ मा सत्तामा आएपछि घोषणा गरेको कर कटौती पनि हो । यो सङ्कटले सरकारलाई अप्रिलमा ५१ अर्ब अमेरिकी डलर को विदेशी ऋण तिर्न बाधा परेको थियो ।राजापाक्षका उत्तराधिकारी रनिल विक्रमासिङ्घेले केही कर कटौतीलाई उल्ट्याउनुभएको छ र बढी राजस्व सङ्कलनका लागि नयाँ योजनाहरू सार्वजनिक गरेका छन्  । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले चार वर्षका लागि दुई अर्ब ९० करोड अमेरिकी डलर बराबरको आर्थिक सहायता स्वीकृत गरेको छ । तर मुद्रास्फीति नियन्त्रण गर्न र भ्रष्टाचार नियन्त्रण गर्न एउटा सहयोग स्वीकृत भएपनि यो प्याकेज श्रीलङ्काको प्रमुख ऋणदाता चीनलगायतका अन्य ऋणदाताहरूसँग सम्झौताको अधीनमा छ ।
प्रकाशित मिति: मंगलबार, कात्तिक १, २०७९  १२:०४
प्रतिक्रिया दिनुहोस्
थप विश्व
एआईले धनी–गरिबको अन्तर अझ बढाउन सक्ने चेतावनी
एआईले धनी–गरिबको अन्तर अझ बढाउन सक्ने चेतावनी बुधबार, मंसिर १७, २०८२
दक्षिण कोरियामा लगातार मूल्यवृद्धि
दक्षिण कोरियामा लगातार मूल्यवृद्धि बुधबार, मंसिर १७, २०८२
अष्ट्रेलियाली सरकारद्वारा राष्ट्रिय ‘एआई योजना’ सार्वजनिक
अष्ट्रेलियाली सरकारद्वारा राष्ट्रिय ‘एआई योजना’ सार्वजनिक बुधबार, मंसिर १७, २०८२
सरकारी एप प्रीलोड आदेशले भारतमा बढायो गोपनीयता चिन्ता
सरकारी एप प्रीलोड आदेशले भारतमा बढायो गोपनीयता चिन्ता मंगलबार, मंसिर १६, २०८२
पुटिनको भारत भ्रमणले रणनीतिक साझेदारीलाई नयाँ गति दिने
पुटिनको भारत भ्रमणले रणनीतिक साझेदारीलाई नयाँ गति दिने मंगलबार, मंसिर १६, २०८२
चीनद्वारा  जापानी जहाजलाई निष्कासन
चीनद्वारा  जापानी जहाजलाई निष्कासन मंगलबार, मंसिर १६, २०८२
हङकङ आगलागी छानबिनमा ‘स्वतन्त्र समिति’ गठन
हङकङ आगलागी छानबिनमा ‘स्वतन्त्र समिति’ गठन मंगलबार, मंसिर १६, २०८२
लोकप्रिय
  • Week
  • Month
 गुणस्तरीय शिक्षाको उत्कृष्ट मोडल बन्दै न्यू क्यासल स्कुल
 गुणस्तरीय शिक्षाको उत्कृष्ट मोडल बन्दै न्यू क्यासल स्कुल
नेसंसपा, बएपा र नेजपाको साझा चुनाव चिन्ह ‘बस’
नेसंसपा, बएपा र नेजपाको साझा चुनाव चिन्ह ‘बस’
नेपाल बौद्ध धर्म संरक्षण संघको ९ औँ अधिवेशन सम्पन्न,  नयाँ कार्यसमिति चयन
नेपाल बौद्ध धर्म संरक्षण संघको ९ औँ अधिवेशन सम्पन्न,  नयाँ कार्यसमिति चयन
हराएकाे माेबाइल धनीले पाए
हराएकाे माेबाइल धनीले पाए
पर्यटन प्रबर्द्धनका लागि  पर्यटन बोर्ड र नेपाल एयरलाइन्सबीच समझदारी
पर्यटन प्रबर्द्धनका लागि पर्यटन बोर्ड र नेपाल एयरलाइन्सबीच समझदारी
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
हिमपहिरोमा परेका पर्यटकको चाँडो उद्धार गर्न कांग्रेसको माग
हिमपहिरोमा परेका पर्यटकको चाँडो उद्धार गर्न कांग्रेसको माग
नेपाली उत्पादन अमेरिकि बजारमा पुर्याउन पहल गर्नेछु :  भट्टराई
नेपाली उत्पादन अमेरिकि बजारमा पुर्याउन पहल गर्नेछु : भट्टराई
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
 गुणस्तरीय शिक्षाको उत्कृष्ट मोडल बन्दै न्यू क्यासल स्कुल
 गुणस्तरीय शिक्षाको उत्कृष्ट मोडल बन्दै न्यू क्यासल स्कुल
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP