Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #‘रिमै’ चलचित्र
  • #किम_जु
  • #किम_जोङ_उन
  • #न्वांगी_पर्व
  • #इजरायल_रोजगार
  • #त्रिभुवन_अन्तर्राष्ट्रिय_विमानस्थल
  • #सामाजिक सञ्जाल
  • #तामाखानी
  • #महालक्ष्मी _बैंक
Search Here
कला-मनोरञ्‍जन
  • Home
  • कला-मनोरञ्‍जन
  • चलचित्र ‘मीलन’को ट्रेलर सार्वजनिक
चलचित्र ‘मीलन’को ट्रेलर सार्वजनिक
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, असोज ३१, २०७९
milan
Hardik health
काठमाडाैं- चलचित्र ‘मीलन’को ट्रेलर सार्वजनिक गरिएको छ । आउँदै गरेको तिहार सकिए लगतै कात्तिक १८ गतेबाट देशब्यापी प्रदर्शनमा आउने तयारीमा रहेको ‘मीलन’को सोमबार काठमाडौंमा एक कार्यक्रमका बिच प्रेम र बिछोडले भरिएको ट्रेलर सार्वजनिक गरिएको हो । टेक पौरखी राईको लेखन तथा निर्देशन रहेको यो चलचित्रको सार्वजनिक तीन मिनेट लामो ट्रेलर अभिनेता सलोन बस्नेत र कुशल शाह ठकुरीको अभिनेत्री शिल्पा थापासँगको प्रेम र बिछोडमा केन्द्रित छ । त्रिकोणात्मक प्रेम कथामा निर्माण गरिएको ‘मीलन’मा सलोन, कुशल र शिल्पासँगै सुमिन गुरुङ, शिशिर बाङ्ग्देल र बिशोल पहाडीको मुख्य भूमिका रहेको छ । यसै चलचित्रबाट अभिनेता कुशल र अभिनेत्री शिल्पाले डेब्यु गर्दैछन् । कार्यक्रममा अभिनेता सलोनले आफूले काम गरेका राम्रा र आफूलाई निकै मन परेको चलचित्रहरु मध्ये ‘मीलन’ पनि पर्ने बताए । उनले नेपालमा कोभिड १९ को महामारी कम हुन थालेपछि डरका बिच नै काम थालनी गरेको भन्दै अनुभव साटे । साथै अन्य चलचित्र जसरी नै यस चलचित्रलाई पनि सबैले माया गरिदिन आग्रह गरे । नव अभिनेता कुशल शाह ठकुरीले आफूलाई विश्वास गरेर चलचित्रमा काम गर्ने अवसर प्रदान गरेकोमा निर्माता प्रविन थापालाई धन्यवाद दिए । उनले आफूले ठुलो पर्दाका लागी पहिलो अनुभव भएको र धेरै कुरा सिक्ने मौका पाएको बताए । साथै नवअभिनेत्री शिल्पा थापाले पनि चलचित्र ‘मीलन’बाट धेरै कुरा सिक्ने मौका पाएको बताइन् । अर्का मुख्य कलाकार शिशिर बाङ्ग्देलले चलचित्रको अनुभव साटे । चलचित्रमा धेरै नयाँ कलाकार भएपनि चलचित्र निकै राम्रो बनेको उनले बताए । चलचित्रका निर्देशक टेक पौरखी राईले निर्देशन गरेको यो तेस्रो चलचित्र हो । यसअघि उनले ‘मट्टी माला’ र ‘माया पिरिम’ निर्देशन गरिसकेका छन् । निर्देशक राईले यसअघिका चलचित्र जस्तै ‘मीलन’लाई पनि सबैले माया गरिदिने विश्वास ब्यक्त गरे । साथै केहि समय अघि केहि बिशेष ब्यक्तिहरुलाई चलचित्र देखाएको र राम्रो प्रतिक्रिया आएको भन्दै उत्साह बढेको बताए । चलचित्रका निर्माता प्रविन थापाले विशेष गरी युवापुस्ताका लागी मन पर्ने चलचित्र निर्माण गरेको जानकारी दिए । उनले चलचित्र निर्माणमा आगामी दिनमा पनि निरन्तरता दिने बताएका छन् । कार्यक्रममा अतिथिको रुपमा उपस्थित निर्देशक तथा कलाकार शोभित बस्नेतले आफूले चलचित्र हेर्ने मौका पाइसकेको र निकै राम्रो बनेको भन्दै तारिफ गरे । साथै कलाकार जय किशन बस्नेत र राजनितिज्ञ पुन्य गौतमले पनि चलचित्रको ट्रेलर हेरिसकेपछि खुलेरै प्रशंसा गरे । चलचित्रको ट्रेलर ‘टाकुरा फिल्मस्’को युट्युव मार्फत सार्वजनिक गरिएको छ । चलचित्रको निर्माण टिमले यसअघि पोष्टर र गीत सार्वजनिक गरिसकेको छ । चलचित्रमा जानुका पौडेल, रेजिना एक्चै मगर, डेनियल खड्का, करन थापा मगर लगायतका कलाकारको पनि अभिनय रहेको छ । काठमाडौं र कालिन्चोकमा छायांकन गरिएको यो चलचित्र राहुल राईको छायांकन रहेको छ भने तारा किम्बे थापाको सम्पादन रहेको छ । चलचित्रमा भिएफएक्स टंक बहादुर राईको रहेको छ । Trailer: https://youtu.be/zPWF8Ad_SQ4
प्रकाशित मिति: सोमबार, असोज ३१, २०७९  १७:२६
प्रतिक्रिया दिनुहोस्
थप कला-मनोरञ्‍जन
गुरुङ संस्कृतिमा ‘रिमै’ चलचित्र  प्रदर्शन 
गुरुङ संस्कृतिमा ‘रिमै’ चलचित्र  प्रदर्शन  सोमबार, भदौ २३, २०८२
 ‘बिगुल’ फिल्मको छायांकन सम्पन्न
 ‘बिगुल’ फिल्मको छायांकन सम्पन्न आइतबार, भदौ २२, २०८२
चलचित्र भवनको सङ्ख्या बढाउन पहल भइरहेको छः अध्यक्ष डिसी
चलचित्र भवनको सङ्ख्या बढाउन पहल भइरहेको छः अध्यक्ष डिसी शुक्रबार, भदौ २०, २०८२
नेपाली संस्कृति र सम्पदा हाम्रो शान, पहिचान र वैभव हुन्:  राष्ट्रपति पौडेल
नेपाली संस्कृति र सम्पदा हाम्रो शान, पहिचान र वैभव हुन्:  राष्ट्रपति पौडेल शुक्रबार, भदौ २०, २०८२
भक्तपुरमा इन्द्रजात्रा सुरु
भक्तपुरमा इन्द्रजात्रा सुरु बिहीबार, भदौ १९, २०८२
नेपाल कला तथा संस्कृति महोत्सव शुक्रबारबाट सुरु
नेपाल कला तथा संस्कृति महोत्सव शुक्रबारबाट सुरु बिहीबार, भदौ १९, २०८२
पाँच हजारभन्दा बढी गीत गाएर अस्ताइन् गायिका गोले, अन्तिम संस्कारमा राज्यको बेवास्ता
पाँच हजारभन्दा बढी गीत गाएर अस्ताइन् गायिका गोले, अन्तिम संस्कारमा राज्यको बेवास्ता बिहीबार, भदौ १९, २०८२
लोकप्रिय
  • Week
  • Month
बन्द गरेका २६ सामाजिक सञ्जालमध्ये ८ वटा सम्पर्क
बन्द गरेका २६ सामाजिक सञ्जालमध्ये ८ वटा सम्पर्क
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
फरार कैदीवन्दीलाई आत्मसमर्पणको आग्रह
फरार कैदीवन्दीलाई आत्मसमर्पणको आग्रह
सिटिजन्स बैंकको लिडरसिप कार्यक्रम  लुम्बिनीमा सम्पन्न
सिटिजन्स बैंकको लिडरसिप कार्यक्रम लुम्बिनीमा सम्पन्न
सर्वोच्च, विशेष र काठमाडौँ अदालतमा आगजनी
सर्वोच्च, विशेष र काठमाडौँ अदालतमा आगजनी
राप्रपाले प्राइमरी इलेक्सनबाट उम्मेदवार छनौट गर्दै , छ जनाकाे नाम सिफारिस
राप्रपाले प्राइमरी इलेक्सनबाट उम्मेदवार छनौट गर्दै , छ जनाकाे नाम सिफारिस
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
राष्ट्रिय समृद्धिका लागि युवा
राष्ट्रिय समृद्धिका लागि युवा
 अन्नपूर्ण, मालिका र मङ्गलाका प्रशासकीय भवन बन्न सकेनन्
 अन्नपूर्ण, मालिका र मङ्गलाका प्रशासकीय भवन बन्न सकेनन्
युवालाई देशमै अड्याउने कहिले ?  
युवालाई देशमै अड्याउने कहिले ?  
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP