Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #लोचाखोला
  • #रावाबेँसी
  • #हौँचुर
  • #सीता वादी
  • #सोविता गौतम
  • #गीता_चौधरी
Search Here
प्रवास
  • Home
  • प्रवास
  • थपिएको म्याद गुज्रिँदासमेत बनेन सडक
थपिएको म्याद गुज्रिँदासमेत बनेन सडक
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, माघ २, २०७६
Hardik health
भद्रपुर–सरकारले निर्धारित समयमा विकास निर्माणका परियोजना सम्पन्न गर्नुपर्ने कडा निर्देशन जारी गर्दै आए पनि निर्माण व्यवसायीले त्यसको ठाडै अवज्ञा गर्न छाडेका छैनन् । झापाको प्रमुख व्यापारिक केन्द्र बिर्तामोडलाई भद्रपुरसँग जोड्ने महत्वपूर्ण सडक कालोपत्र गर्ने कार्यको ठेक्का लिएको आशिष÷प्रेरा जेभी ललितपुरले तोकिएको अवधिमा निर्माणकार्य गर्न सकेको छैन । आशिष÷प्रेरा जेभीले बिर्तामोडदेखि गरामनीसम्मको चार किलोमिटर कालोपत्र सडक निर्माण गर्ने भनी विसं २०७५ असार २४ गते ठेक्का सम्झौता गरेको थियो । डिभिजन सडक कार्यालय दमकका अनुसार सो आयोजना सम्पन्न हुनुपर्ने अन्तिम मिति २०७६ असोज २३ गते थियो । तोकिएको अवधिमा निर्माणकार्य आधा पनि नभएपछि आशिष÷प्रेरा जेभीका सञ्चालक राजकिशोर गुप्ताले पुस मसान्तभित्र निर्माण सक्ने गरी तीन महिना म्याद थपेका थिए । तर थपिएको म्यादभित्र समेत सो सडकको निर्माणकार्य सम्पन्न हुन सकेन । डिभिजन सडक कार्यालयका प्रवक्ता इञ्जिनीयर चन्द्रेश्वर साहले सो सडकको ठेक्का नं डिआरओडीएमके÷३३७३६६–४÷२०७४÷७५÷१० रहेको जानकारी दिए । नेपाल सरकारको प्राथमिकतामा रहेको सो सडक २७ करोड नौ लाख ७० हजार ९६ मा ठेक्कामा लागेको थियो । सो सडक निर्माण समयमै गर्नुपर्ने भन्दै सामाजिक सञ्जालमा हरेक दिन खबरदारी गर्दै आएका नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य गणेश पोखरेल सो सडकको ठेक्का लिएका निर्माण व्यवसायीले पप्पु कन्स्ट्रक्शनकै जस्तो व्यवहार देखाएको बताउँछन् । उनले माथिल्लो निकायसम्म पहुँच भएको भन्दै अटेर गर्ने आशिष÷प्रेरा जेभीमाथि कडा कारवाही हुनुपर्ने माग गरे । मुख्य बजार क्षेत्रको सडक लामो अवधिदेखि धुलाम्य र भताभुङ्ग पारेर निर्माणकार्य अलपत्र पारेको भन्दै बिर्तामोडका व्यवसायी आक्रोशित बनेका छन् । तोकिएको अवधिमा सडक निर्माण नगर्ने र भताभुङ्ग पारेर छाड्ने प्रवृत्तिले उपभोक्ता मात्र नभइ मेचीकै व्यापार व्यवसायमा असर परेको छ । सो सडकले चन्द्रगढी विमानस्थललाई समेत जोड्छ । प्रवक्ता साहका अनुसार आशिष÷प्रेरा जेभीका सञ्चालक गुप्ताले सो सडक निर्माणका लागि फेरि म्याद थप गरिदिन भन्दै कार्यालयमा निवेदन दर्ता गराएका छन् । उनले असार मसान्तसम्म काम सक्ने गरी छ महिना म्याद थपिदिन निर्माण व्यवसायीका तर्फबाट माग गर्दै निवेदन आएको बताए । विद्युत् र टेलिकमका पोल हटाउन ढिलाइ भएका कारण आयोजना तोकिएको अवधिमा सम्पन्न नभएको निर्माण व्यवसायीले म्याद थपको निवेदनमा उल्लेख छ । बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष कुमार भट्टराईले हालै पेटी ठेक्का लिएका केदार गिरीले तीव्रगतिमा काम अघि गरिरहेको पाइएको धारणा व्यक्त गर्दै तोकिएको अवधिमा काम नसकिनुमा मुख्य ठेकेदार कम्पनीले यसअघि काममा गरेको ढिलासुस्ती जिम्मेवार रहेको बताए । रासस
प्रकाशित मिति: बिहीबार, माघ २, २०७६  ०८:०७
प्रतिक्रिया दिनुहोस्
थप प्रवास
थाइल्याण्डमा एएनओको समिति गठन
थाइल्याण्डमा एएनओको समिति गठन सोमबार, चैत १६, २०८२
एनआरएनए फ्रान्सको विवाद मिल्यो, अध्यक्ष डा. शर्मा पेरिसमा
एनआरएनए फ्रान्सको विवाद मिल्यो, अध्यक्ष डा. शर्मा पेरिसमा सोमबार, चैत ९, २०८२
नेपालको समृद्धिमा योगदान गर्न गैरआवासीय नेपालीलाई परराष्ट्रमन्त्री शर्माको आह्वान
नेपालको समृद्धिमा योगदान गर्न गैरआवासीय नेपालीलाई परराष्ट्रमन्त्री शर्माको आह्वान मंगलबार, चैत ३, २०८२
एनआरएनए नागरिकता कार्यान्वयन हुनेगरी कानुन संशोधन गर्न माग
एनआरएनए नागरिकता कार्यान्वयन हुनेगरी कानुन संशोधन गर्न माग आइतबार, चैत १, २०८२
एनआरएनएकाे उम्मेदवारहरूको पहिलो नामावली सार्वजनिक
एनआरएनएकाे उम्मेदवारहरूको पहिलो नामावली सार्वजनिक बिहीबार, फागुन २८, २०८२
एनआरएनएकाे १२ औं बृहत एकताको अन्तर्राष्ट्रिय महाधिवेशन हुँदै
एनआरएनएकाे १२ औं बृहत एकताको अन्तर्राष्ट्रिय महाधिवेशन हुँदै मंगलबार, फागुन १२, २०८२
एनआरएनए अध्यक्षका उम्मेदवार रोविन शेरचन विश्व दौडाहामा
एनआरएनए अध्यक्षका उम्मेदवार रोविन शेरचन विश्व दौडाहामा बिहीबार, फागुन ७, २०८२
लोकप्रिय
  • Week
  • Month
बालेन्द्र सरकारसँग जनताको आशा
बालेन्द्र सरकारसँग जनताको आशा
स्ट्रेट अफ होरमुजमा इरानको नियन्त्रण, विश्व बजारमा तेल संकट
स्ट्रेट अफ होरमुजमा इरानको नियन्त्रण, विश्व बजारमा तेल संकट
रास्वपाको वाचा पूरा गर्ने जिम्मेवारीमा श्रममन्त्री साह, यी हुन् चुनौती
रास्वपाको वाचा पूरा गर्ने जिम्मेवारीमा श्रममन्त्री साह, यी हुन् चुनौती
नवनियुक्त प्रधानमन्त्री साहबाट शपथ ग्रहण सम्पन्न
नवनियुक्त प्रधानमन्त्री साहबाट शपथ ग्रहण सम्पन्न
महालक्ष्मी क्यालेन्डर २०८३ को डिजिटल संस्करण सार्वजानिक
महालक्ष्मी क्यालेन्डर २०८३ को डिजिटल संस्करण सार्वजानिक
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP