Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मलेसियान_सिण्डिकेट
  • #The Fun२sss Show
  • #कमेडी शो
  • #एनसेल
  • #नेपाल स्टक एक्सचेञ्‍ज
  • #अन्तरराष्ट्रिय_दिवस
  • #मेटलाइफ
  • #फ्रेन्च_फ्राइज
  • #नेपाली_फ्रोजन_फ्रेन्च_फ्राइज
Search Here
प्रवास
  • Home
  • प्रवास
  • थपिएको म्याद गुज्रिँदासमेत बनेन सडक
थपिएको म्याद गुज्रिँदासमेत बनेन सडक
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, माघ २, २०७६
Hardik health
भद्रपुर–सरकारले निर्धारित समयमा विकास निर्माणका परियोजना सम्पन्न गर्नुपर्ने कडा निर्देशन जारी गर्दै आए पनि निर्माण व्यवसायीले त्यसको ठाडै अवज्ञा गर्न छाडेका छैनन् । झापाको प्रमुख व्यापारिक केन्द्र बिर्तामोडलाई भद्रपुरसँग जोड्ने महत्वपूर्ण सडक कालोपत्र गर्ने कार्यको ठेक्का लिएको आशिष÷प्रेरा जेभी ललितपुरले तोकिएको अवधिमा निर्माणकार्य गर्न सकेको छैन । आशिष÷प्रेरा जेभीले बिर्तामोडदेखि गरामनीसम्मको चार किलोमिटर कालोपत्र सडक निर्माण गर्ने भनी विसं २०७५ असार २४ गते ठेक्का सम्झौता गरेको थियो । डिभिजन सडक कार्यालय दमकका अनुसार सो आयोजना सम्पन्न हुनुपर्ने अन्तिम मिति २०७६ असोज २३ गते थियो । तोकिएको अवधिमा निर्माणकार्य आधा पनि नभएपछि आशिष÷प्रेरा जेभीका सञ्चालक राजकिशोर गुप्ताले पुस मसान्तभित्र निर्माण सक्ने गरी तीन महिना म्याद थपेका थिए । तर थपिएको म्यादभित्र समेत सो सडकको निर्माणकार्य सम्पन्न हुन सकेन । डिभिजन सडक कार्यालयका प्रवक्ता इञ्जिनीयर चन्द्रेश्वर साहले सो सडकको ठेक्का नं डिआरओडीएमके÷३३७३६६–४÷२०७४÷७५÷१० रहेको जानकारी दिए । नेपाल सरकारको प्राथमिकतामा रहेको सो सडक २७ करोड नौ लाख ७० हजार ९६ मा ठेक्कामा लागेको थियो । सो सडक निर्माण समयमै गर्नुपर्ने भन्दै सामाजिक सञ्जालमा हरेक दिन खबरदारी गर्दै आएका नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य गणेश पोखरेल सो सडकको ठेक्का लिएका निर्माण व्यवसायीले पप्पु कन्स्ट्रक्शनकै जस्तो व्यवहार देखाएको बताउँछन् । उनले माथिल्लो निकायसम्म पहुँच भएको भन्दै अटेर गर्ने आशिष÷प्रेरा जेभीमाथि कडा कारवाही हुनुपर्ने माग गरे । मुख्य बजार क्षेत्रको सडक लामो अवधिदेखि धुलाम्य र भताभुङ्ग पारेर निर्माणकार्य अलपत्र पारेको भन्दै बिर्तामोडका व्यवसायी आक्रोशित बनेका छन् । तोकिएको अवधिमा सडक निर्माण नगर्ने र भताभुङ्ग पारेर छाड्ने प्रवृत्तिले उपभोक्ता मात्र नभइ मेचीकै व्यापार व्यवसायमा असर परेको छ । सो सडकले चन्द्रगढी विमानस्थललाई समेत जोड्छ । प्रवक्ता साहका अनुसार आशिष÷प्रेरा जेभीका सञ्चालक गुप्ताले सो सडक निर्माणका लागि फेरि म्याद थप गरिदिन भन्दै कार्यालयमा निवेदन दर्ता गराएका छन् । उनले असार मसान्तसम्म काम सक्ने गरी छ महिना म्याद थपिदिन निर्माण व्यवसायीका तर्फबाट माग गर्दै निवेदन आएको बताए । विद्युत् र टेलिकमका पोल हटाउन ढिलाइ भएका कारण आयोजना तोकिएको अवधिमा सम्पन्न नभएको निर्माण व्यवसायीले म्याद थपको निवेदनमा उल्लेख छ । बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष कुमार भट्टराईले हालै पेटी ठेक्का लिएका केदार गिरीले तीव्रगतिमा काम अघि गरिरहेको पाइएको धारणा व्यक्त गर्दै तोकिएको अवधिमा काम नसकिनुमा मुख्य ठेकेदार कम्पनीले यसअघि काममा गरेको ढिलासुस्ती जिम्मेवार रहेको बताए । रासस
प्रकाशित मिति: बिहीबार, माघ २, २०७६  ०८:०७
प्रतिक्रिया दिनुहोस्
थप प्रवास
एनआरएनएको एकताकाे रोडम्याप प्रस्ताव पारित
एनआरएनएको एकताकाे रोडम्याप प्रस्ताव पारित सोमबार, कात्तिक १७, २०८२
आदिवासी जनजाति महासंघ क्यालिफोर्नियाको अध्यक्षमा दोङ 
आदिवासी जनजाति महासंघ क्यालिफोर्नियाको अध्यक्षमा दोङ  मंगलबार, कात्तिक ११, २०८२
उपत्यका ट्राफिक प्रहरी ‘कन्ट्रोल रुम’ पुनः निर्माण सम्पन्न
उपत्यका ट्राफिक प्रहरी ‘कन्ट्रोल रुम’ पुनः निर्माण सम्पन्न मंगलबार, कात्तिक ११, २०८२
आयुसिएनको क्षेत्रीय परिषद् सदस्यमा अधिकारी निर्वाचित
आयुसिएनको क्षेत्रीय परिषद् सदस्यमा अधिकारी निर्वाचित बिहीबार, असोज ३०, २०८२
बाढी–पहिरो प्रभावित इलाममा  एनआरएनएकाे राहत
बाढी–पहिरो प्रभावित इलाममा एनआरएनएकाे राहत आइतबार, असोज २६, २०८२
गैरआवासीय नेपाली संघले मनायो २२ औं स्थापना दिवस
गैरआवासीय नेपाली संघले मनायो २२ औं स्थापना दिवस आइतबार, असोज २६, २०८२
एनआरएनएको टोलीको जनाए प्रधानमन्त्री तथा वरिष्ठ मन्त्रहरूसँग पुनर्निर्माणमा सघाउने प्रतिबद्धता
एनआरएनएको टोलीको जनाए प्रधानमन्त्री तथा वरिष्ठ मन्त्रहरूसँग पुनर्निर्माणमा सघाउने प्रतिबद्धता शुक्रबार, असोज १०, २०८२
लोकप्रिय
  • Week
  • Month
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
जेन–जी आन्दोलनः सुधार र पुनर्जागरणको संकेत
जेन–जी आन्दोलनः सुधार र पुनर्जागरणको संकेत
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध  ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
सिण्डिकेडविरुद्ध संघको खबरदारी
सिण्डिकेडविरुद्ध संघको खबरदारी
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP