कपिलवस्तु- कपिलवस्तु जिल्लामा मुस्लिम समुदायहरुले मुहम्मद जयन्ती हार्सौउल्लास का साथ मनाइएकाे छ । इस्लामधर्मका प्रवर्तक हजरत मुहम्मद सल्ललाहुताला वए वसल्लमको १४९७ औँ जन्मउत्सवमा देशभरिका मुस्लिमहरु हर्ष-उल्लासकासाथ र्याली निकाली धुमधामका साथ मनाइएकाे छ ।
त्यस्तै गरि कपिलवस्तु जिल्लामा लाखौ भन्दा बढि मुस्लिम समुदायहरुले रयालि निकाली हार्सौउल्लास का साथ हजरत मुहम्मद सल्ललाहुताला वए वसल्लमको १४९७ औँ जन्म उत्सव मनाएका छन् । नेपालको राष्ट्रिय झण्डा र इस्लामको झण्डा सहित निकालिएको रयालि कपिलवस्तु जिल्लाको कृष्णनगर , चन्द्रौटा, पकडी , तौलिहवा लगायातका बिभिन्न ठाँउ ठाँउमा आज परिक्रमा गरेका छन ।
जिल्लाको सदरमुकाम तौलिहवामा लाखौ भन्दा बढि मुस्लिमहरुले रयालि निकाली तौलिहवा बजार भरि परिक्रमा गरि कपिलवस्तु जिल्ला तौलिहवाको खेल मैदानमा आएर कोणसभामा परिणत भएको थियाे । स्थानीय युवाहरु तथा अग्रज व्यक्तित्व, बालबालिकाहरुको सहभागितामा वृहत रयालि निकालीएको थियाे ।
इस्लामिक क्यालेण्डरको तेस्रो महिना रवि - उल्ल - अव्वलको १२ तारिखको दिन नेपाली मुस्लिम सहित विश्वभरिका मुस्लिम धर्मावलम्बीहरुले विभिन्न धार्मिक कार्यक्रमको आयोजना गरि हजरत मुहम्मद सल्ललाहुताला वए वसल्लमको १४९७ औँ जन्मउत्सव शदियौ देखि मनाउँदै आईरहेका छन धर्मगुरु हजरत मौलाना अलि हसन निजामिले बताए ।
नेपालमा लोकतन्त्रको स्थापना भयो देश धर्मनिरपेक्ष भयो तब देखि नै नेपाल संबिधान मै रहेका ( मोहम्मद डे ) मुस्लिमधर्मालम्बीहरुको १२ रवि - उल्ल - अव्वलको अवसरमा सार्वजनिक विदा दिँदै आएकोमा अहिलेको सरकारले विधान विपरित यो बिदा कटौती गरेरा मुस्लिम समुदायहरुलाई अवहेलना गरेका छन् ।
नेपाल सरकारले असोज २३ गते (मोहम्मद डे) मुस्लिमधर्मालम्बीको १२ रवि - उल्ल - अव्वलको अवसरमा सार्वजनिक विदा काटिएकोमा कपिलवस्तुका मुस्लिम धर्मावलम्बीहरुले नेपाल सरकार प्रति अक्रोशित भएका छन ।
यस सरकारले मुस्लिम समुदायहरुको महान चाड पर्बहरु ईद—उल—फित्र (ईद), ईद—उल—अजह (बकरा ईद), पैगम्बर मोहम्मद हजरत मुहम्मद सल्ललाहुताला वए वसल्लमको जन्मजयन्ती ( १२ रबि—उल—अव्वल ), सब—ए—बरात, मोर्हरम समेतको चाड पर्ब सार्बजनिक बिदा नगरी मुस्लिम समुदायको हरेक निकायमा पहिचान सहितको समानुपातिक समाबेशी संबैधानिक हक अधिकार कुन्ठित हुने गरी भेदभाव प्रष्ट देखिएको हुदा संबिधानको र्मम मनसाय अनुरुप मुस्लिमहरुको छुट्टै पहिचान सहितको आरक्षणको ब्यवस्था गरी नेपाल सरकारले उक्त बिदाहरु संघिय सरकार र प्रादेशिक सरकार द्धारा सार्वजनिक सुचिमा राखी समाबेश गरी माग समेत नेपाल सरकार सँग गरेकाे जमा मस्जिद आहले सुन्नत, तौलिहवाका अध्यक्ष एवं मुस्लिम अगुवा अधिवक्ता राउफ अहमद खाँले बताए ।
सम्पूर्ण मुस्लिमधर्मावलम्बीहरुले नेपाल सरकार सँग मुस्लिम समुदायहरुको छुट्टै पहिचान सहितको आरक्षणको जोडदार माग गरेका छन् ।
प्रकाशित मिति: मंगलबार, असोज २५, २०७९ ०९:१८