मुगु - अविरल वर्षाले मुगुमा दर्जनौ घर पहिरोको जोखिममा परेका छन् ।
छायानाथ रारा नगरपालिकाको वडा नम्बर ८ मा गए राति गएको पहिरोमा परि एक जनाको मृत्यु भएको छ भने ११ जना बेपत्ता भएका छन् ।
मृतकको हालसम्म पहिचान नखुलेको बताइएकाे छ ।मुगुमा बिगत ५ दिनदेखि परिरहेको अबिरल वर्षाका कारण जिल्लाका विभिन्न स्थानमा पहिरो गएको स्थानीय धर्मराज शाहीले जानकारी दिए ।
सदरमुकाम गमगढी बजारमा रहेको कालिका मालिका मन्दिर अगाडी नजिक रहेका पहिरो जाँदा आसपासका २० घर जोखिममा रहेको शाहीले बताए । पहिरोको जोखिमले ती घरहरु खाली गरिएको छ ।
गमगाढ जलविद्युत्को पावरहाउस पहिरोले बगाउँदा मुगुमा विद्युत् आपूर्ति ठप्प भएको छ, जसको कारणले नेपाल टेलिकम मुगुले पनि काम गर्न सकिरहेको छैन ।
file photo
प्रकाशित मिति: सोमबार, असोज २४, २०७९ १२:४१