काठमाडौं- काठमाडौंको महाराजगञ्जमा स्कुटर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।
महाराजगञ्ज नारायणगोपाल चोकमा स्कुटर दुर्घटना हुँदा २० वर्षीय चालक आनन्द गुरुङको उपचारका क्रममा शिक्षण अस्पताल महाराजगञ्जमा मृत्यु भएको प्रहरीले जनाएको हो ।
नारायणगोपाल चोकबाट शितल निवासतर्फ आउँदै गरेको बा ४२ प ३३१४ नम्बरको स्कुटर ट्राफिक आइल्याण्डमा ठोक्किएर दुर्घटना हुँदा नुवाकोटको शिवपुरी गाउँपालिका–४ का गम्भीर घाइते भएका उनको उपचारका क्रममा शिक्षण अस्पताल महाराजगञ्जमा प्रहरीले जनाएको हो ।
स्कुटरको पछाडि सवार दोलखा घर भएका २० वर्षकै सचिन तामाङ घाइते भएका छन् । उनको शिक्षण अस्पताल महाराजगञ्जमा उपचार भइरहेको छ ।
प्रकाशित मिति: बिहीबार, असोज २०, २०७९ १२:३४