काठमाडौं – पहिरोका कारण नागढुंगा नौबिसे र मुग्लिन नारायणगढ सडकखण्ड ठप्प भएको छ ।
बिहान ८ बजे पछि नागढुंगा नौबिसे सडकखण्ड अन्तरगतको सुरुङमार्गमा पहिरो खस्दा दुईतर्फी नै सडक ठप्प भएको प्रहरीले जनाएको हो ।
मुग्लिन नारायणगढ सडकखण्ड अन्तरगत चितवनको १८ किलोमा पहिरो खसेको छ । यसले यो सडकखण्ड पनि दुईतर्फी नै ठप्प भएको छ ।
अस्तिदेखि परेको वर्षाका कारण यो सडकखण्डमा पहिरो गएको हो । पाल्पाको जोर्तेमा पहिरो खस्दा पाल्पा–गुल्मी सडकखण्ड बन्द भएको छ ।
लगातार पानी परिरहेकाले यात्रामा निकस्नु अघि मौसम र सडकको अवस्था बारे जानकारी लिन प्रहरीले गरेको आग्रह छ ।
file photo
प्रकाशित मिति: बिहीबार, असोज २०, २०७९ १०:११