ताप्लेजुङ - मनि ट्रान्सफरबाट नगद तथा गरगहना चोरी भएको प्रहरीले जनाएको छ ।
फुङलिङ नगरपालिका-४ वीरेन्द्र चोकस्थित अम्मर श्रेष्ठको कन्चन मनि ट्रान्सफरबाट नगद ११ लाख ५५ हजार ८ सय रूपैयाँ र सुनका विभिन्न गरगहना सोमबार चोरी जनाएको हो ।
उक्त मनि ट्रान्सफरबाट नगद र गरगहना चोरी भएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय ताप्लेजुङबाट खटिएको प्रहरीले चोरीमा संलग्न व्यक्तिहरूको खोजी गर्नुका साथै आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।
प्रकाशित मिति: मंगलबार, असोज १८, २०७९ ०७:२७