सिरहा।सिरहाबाट नक्कली नोटसहित प्रहरीले पक्राउ गरेको छ ।
नरहा गाउँपालिका-४ स्थितबाट १ हजार दरको ३१ थान नक्कली नेपाली नोटसहित भारत सितामरही भारसर चोक बस्ने २१ वर्षीय मो। रेजाउल्लाहलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
ईलाका प्रहरी कार्यालय नरहाबाट खटिएको प्रहरीले उनलाई उक्त नक्कली नोटसहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
प्रकाशित मिति: सोमबार, असोज १७, २०७९ ०९:२५