काठमाडाैं - सुनको मूल्य बढेको छ । शुक्रबार सुन तोलामा २०० रुपैयाँले वृद्धि भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९३ हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला ९२ हजार ५०० रुपैयाँ पुगेको छ । सुनको मूल्य निरन्तर तेश्रो दिन महंगिएको हो ।
बिहीबार सुन तोलामा एक हजार २०० रुपैयाँले बढेर प्रतितोला ९२ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।
साताको अन्तिम दिन चाँदीको मूल्य भने स्थिर रहेको महासंघले जनाएकाे छ । यस दिन चाँदी एक हजार १७० रुपैयाँ कायम रहेको छ । अघिल्लो कारोबार दिन भने चाँदीको भाउ महंगिएको थियो ।