Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #कोजाग्रत_पूर्णिमा
  • #सराय
  • #गाईपालन
  • #काठेपिङ
  • #नोबेल_पुरस्कार
  • #विश्व दृष्टि दिवस
  • #छिमली र पट्टा नाच
  • #कोशी प्रदेश
  • #पुर्ख्याैली_सीप
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • बेलायती श्रमविज्ञको चेतावनी ‘नेपाली नर्स बेलायत पठाउने क्रममा आर्थिक शोषण हुनसक्छ’
बेलायती श्रमविज्ञको चेतावनी ‘नेपाली नर्स बेलायत पठाउने क्रममा आर्थिक शोषण हुनसक्छ’
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, असोज ११, २०७९
nursebides
Hardik health
काठमाडौं- नेपालबाट बेलायतमा नेपाली नर्स पठाउने क्रममा नर्सहरुमाथि आर्थिक शोषण हुनसक्नेतर्फ बेलायती श्रमविज्ञहरूले सचेत गराएका छन् । सुरक्षाका उपायहरु पूरा नभएसम्म कामदार लिने योजना स्थगित गर्नुपर्ने चेतावनीसमेत उनीहरुले बेलायती सरकारलाई दिएका छन् । बेलायतको एक प्रतिष्ठित सञ्चारमाध्यम गार्जियनले एक रिपोर्ट प्रकाशित गर्दै नेपालमा रहेका भर्ती एजेन्सीहरुले आकर्षक रोजगारीको प्रलोभनमा पारेर नर्सहरुबाट गैरकानुनीरुपमा मोटो रकम असुल्नसक्ने जोखिम रहेको औंल्याएको छ । जसकारण नर्सहरुलाई ऋणमा डुबाउने र गैरकानुनी शुःल्क लिन बेलायतले बढावा दिएको आरोप लाग्नेसमेत बताइएको छ । बेलायतले नेपालबाट आवश्यक स्वास्थ्य जनशक्ति लैजान नेपाल सरकारस“ग (जिटुजी) समझदारी गरिसकेको छ । उक्त समझदारीपत्रमा हस्ताक्षर गरेको एक महिना पछाडि गार्जियनले यस्तो रिपोर्ट सार्वजनिक गरेको हो । नेपाल–बेलायत सरकारबीच भएको सम्झौता अनुसार पहिलो वर्ष दुई हजार नर्स पठाउन सकिने भए पनि प्रारम्भिक चरणमा दुईदेखि ३०० सम्म नेपाली नर्सहरुले बेलायत जाने अवसर पाउने छन् । जसअन्तर्गत आगामी पा“च वर्षमा १० हजारभन्दा बढी नर्स रोजगारीका लागि बेलायत जानसक्ने सरकारको प्रक्षेपण रहेको छ । दुई मुलुकबीच भएको सम्झौतामा बेलायतमा हजारौं नेपाली नर्सले रोजगारी प्राप्त गर्नसक्ने उल्लेख गर्दै उनीहरुबाट कुनै शुःल्क नलिने प्रस्ट गरिएको छ । यस्तो अवस्थामा पनि अवैधरुपमा रोजगारीको प्रलोभन देखाई कामदार ठग्नने समूह सक्रिय रहेको गार्जियनको रिपोर्टमा उल्लेख छ । रिपोर्टमा नेपालबाट विदेश जाने श्रमिकहरुको अत्यधिक शोषण गर्ने अभ्यास रहेको भन्दै वैदेशिक रोजगारीमा जान चाहने ४० प्रतिशत नेपालीले अवैध एजेण्टको सहयोग लिने गरेको बताइएको छ । जसमा वैदेशिक रोजगारसम्बन्धी खोज गर्ने संस्था सोसल साइन्स बहाको अध्ययनलाई आधार मानेर बेलायतमा फल टिप्न जाने मौसमी नेपाली कामदारबाट पाँच हजार पाउण्ड (झण्डै सात लाख नेपाली रुपैया“) सम्म अवैध शुःल्क असुली हुने गरेको ब्युरो अफ इन्भेस्टिगेटिभ जर्नालिज्मको खुलासालाई पनि उल्लेख गरिएको छ । रिपोर्टमा यतिबेला काठमाडौंमा सञ्चालित एजेन्सीहरुले बेलायत जान चाहने नर्सहरुलाई काम खोजिदिने र त्यसका लागि पूर्वतयारी गर्न प्रस्ताव राख्न थालेको जनाइएको छ । त्यस्ता एजेन्सीहरुले उनीहरुका लागि आवेदनपत्रसहितका परामर्श सेवाका लागि विभिन्न अफरसहित फेसबुकमार्फत विज्ञापन गर्न थालेको बताइएको छ । त्यस्तै अवैधरुपमा हुने आर्थिक शोषणका अलावा बेलायतमा नेपाली स्वास्थ्यकर्मी लैजा“दा नेपालमा जनशक्ति अभाव हुने भन्दै अवाज उठिसकेको रिपोर्टमा जनाइएको छ । जनसंख्याको हिसावले नेपालमा प्रति १० हजार जनसंख्या बराबर २१ नर्सले सेवा दिइरहेका छन् भने बेलायतमा प्रति १० हजार जनसंख्याको लागि ८४ जना नर्स खटिएको उल्लेख गरिएको छ । नेपाल हेर्ने आप्रवासनविज्ञ एण्डी हलले नेपालमा ‘प्रणालीगत भ्रष्टाचार’ रहेको बताउ“दै यहा“ आप्रवासनका हरेक पाइलामा गैरकानुनी एजेण्टहरू संलग्न रहेको बताएका छन् । उनका अनुसार अवैध शुल्क असुल्ने त्यस्ता एजेण्टमध्ये धेरैको बेलायतमा आधारित कम्पनीहरूस“ग सम्बन्ध रहेको छ । बेलायत–नेपाल फ्रेण्डसिप सोसाइटी, हल र अन्य आलोचकहरूले कामदारको शोषण नहोस् भनी सुनिश्चित गर्न तेस्रो पक्ष निरीक्षण र मानवअधिकार विशेषज्ञहरूको संलग्नता हुनुपर्ने बताइरहेका छन् । हलले भनेका छन्, ‘स्वास्थ्य विभागले ‘सबै ठीक छ’ भन्ने मात्रै स्वीकार्य छैन ।’ गत हप्ता विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ)ले समेत हस्तक्षेप गरेर नर्सहरुलाई रोजगारी दिने सवालमा सुरक्षाका उपाय अपनाउन बेलायत र नेपाल सरकारलाई सुझाव दिएको थियो । डब्ल्युएचओका स्वास्थ्य कार्यदलका निर्देशक जिम क्याम्पबेलले बेलायत र नेपाललाई केही टिप्पणीहरू लिन र कामदारहरूको अधिकारको सुरक्षा, शुल्कबाट सुरक्षा सुनिश्चित गर्नका लागि सबै न्यूनीकरणका उपायहरू लिन प्रोत्साहित गर्ने बताए । यसका लागि निगरानी गर्ने तेस्रो पक्ष सामेल भए अझ राम्रो हुने उनको भनाइ छ । तर, बेलायतको स्वास्थ्य विभागले भने द्विपक्षीय छलफलहरुमा तेस्रो पक्षको उपस्थिति उचित नहुने बताएको छ ।बेलायतले आफ्नो राष्ट्रिय स्वास्थ्य सेवामा ५० हजार नर्स तथा मिडवाइभ्सको अभाव भएपछि त्यसको पूर्तिका लागि आफ्नो रेड लिस्टमा रहेको नेपालबाट स्वास्थ्य जनशक्ति लैजाने पहिलो सम्झौता गरेको डब्ल्युएचओले जनाएको छ ।
प्रकाशित मिति: मंगलबार, असोज ११, २०७९  ११:५६
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
वैदेशिक रोजगारीमा जाने महिलाको संख्या बर्सेनि बढ्दै
वैदेशिक रोजगारीमा जाने महिलाको संख्या बर्सेनि बढ्दै शुक्रबार, असोज २४, २०८२
कतारको कानुनविपरीत हुने कुनै पनि गतिविधिमा संलग्न नहुन दूतावासको आग्रह 
कतारको कानुनविपरीत हुने कुनै पनि गतिविधिमा संलग्न नहुन दूतावासको आग्रह  बिहीबार, असोज २३, २०८२
मलेसियाको पुँजी र सीपको सदुपयोग- कृषि फार्मबाट आम्दानीसँगै रोजगारी दिँदै देउकुमार
मलेसियाको पुँजी र सीपको सदुपयोग- कृषि फार्मबाट आम्दानीसँगै रोजगारी दिँदै देउकुमार बुधबार, असोज २२, २०८२
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार शुक्रबार, असोज १०, २०८२
भिजिट भिसा प्रयोगमा देखिएका चुनौतिबारे छलफल
भिजिट भिसा प्रयोगमा देखिएका चुनौतिबारे छलफल शुक्रबार, असोज १०, २०८२
युएईबाहेक अन्य मुलुकमा भिसा रोकिएको छैन
युएईबाहेक अन्य मुलुकमा भिसा रोकिएको छैन बिहीबार, असोज ९, २०८२
युएईको कानुनविपरीत गतिविधिमा नलाग्न दूतावासको आग्रह
युएईको कानुनविपरीत गतिविधिमा नलाग्न दूतावासको आग्रह बुधबार, असोज ८, २०८२
लोकप्रिय
  • Week
  • Month
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
वर्षाका कारण दुई दिन बिदा घोषणा
वर्षाका कारण दुई दिन बिदा घोषणा
बढी भाडा असुल्नेलाई कारबाही
बढी भाडा असुल्नेलाई कारबाही
धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरियो, राति जाग्राम बसिँदै
धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरियो, राति जाग्राम बसिँदै
निर्वाचनसम्बन्धी छलफलका लागि राजनीतिक दललाई आयोगद्वारा पत्राचार
निर्वाचनसम्बन्धी छलफलका लागि राजनीतिक दललाई आयोगद्वारा पत्राचार
घरसँगै जल्यो इतिहास
घरसँगै जल्यो इतिहास
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
शिक्षाका सात आयाम
शिक्षाका सात आयाम
उपराष्ट्रपति झाकाे घरमा आगजनी
उपराष्ट्रपति झाकाे घरमा आगजनी
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP