Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मलेसियान_सिण्डिकेट
  • #कमेडी शो
  • #The Fun२sss Show
  • #राष्ट्रियसभा _ बैठक
  • #नेशनल लाईफ इन्स्योरेन्सक
  • #नेपाल स्टक एक्सचेञ्‍ज
  • #सुनचाँदी
  • #विश्व_सहरीकरण_दिवस
  • #लायन्सकाे_एन्थम
Search Here
कला-मनोरञ्‍जन
  • Home
  • कला-मनोरञ्‍जन
  • प्रदर्शनमा रहेको फिल्म ‘ऐना झ्यालको पुतली’ ओष्कारका लागि छनौट
प्रदर्शनमा रहेको फिल्म ‘ऐना झ्यालको पुतली’ ओष्कारका लागि छनौट
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, असोज ४, २०७९
AJKP Oscar poster
Hardik health
काठमाडौं - नेपाली कथानक चलचित्र ‘ऐना झ्यालको पुतली’ ओस्कर अवार्डको लागि नेपालबाट छनौट भएको छ । अहिले निकै चर्चा र प्रशंसाका साथ प्रदर्शन भइरहेको यस चलचित्रले नेपालको तर्फबाट ओस्करमा प्रतिनिधित्व गर्ने भएको हो । सुजित बिडारी लिखित /निर्देशित ‘ऐना झ्यालको पुतली’लाई नेपाल अन्तर्राष्ट्रिय फिचर फिल्म छनौट समितिले सन् २०२३ को मार्चमा हुने ९५ औं ओस्कर अवार्डका लागि सिफारिस गर्ने निर्णय गरेको हो । समितिले निर्धारित मितिसम्म आवेदन परेका तीन फिल्मबाट ‘ऐना झ्यालको पुतली’लाई सफिारिस गर्ने निर्णय गरेको विज्ञप्तीमा जनाएको छ । तीन फिल्ममध्ये सिनेमाको प्राविधिक पक्ष, कथ्यको प्रस्तुति, चरित्रहरुको भावनात्मक विश्लेषण तथा प्रस्तुतिको कलात्मकता आदि पक्षलाई ख्याल गरी निर्णय गरेको समितिले जनाइएको छ । अर्को दुई फिल्म ‘प्रकाश’ र ‘राधा’को पनि आवेदन परेको थियो । विमल पौडेलको अध्यक्षतामा लक्ष्मीनाथ शर्मा, प्रदीपकुमार उपाध्याय, राजेन्द्र शलभ, राजुविक्रम थापा, सामीप्यराज तिमल्सेना, लोकेन्द्र पराजुली ‘कपील’, चिरञ्जीवी गुरागाईं इन्टरनेसनल फिचर फिल्म छनोट समिति रहेको छ । ‘ऐना झ्यालको पुतली’ चलचित्रबारे नेपालको ग्रामिण परिवेशको कथामा तयार भएको ‘ऐना झ्यालको पुतली’ एउटा भाइको रहको कथा, एउटी दिदीको सपनाको कथा, एउटी आमाको संघर्षको कथा हो । दिग्गज व्यक्तित्व तथा चलचित्रप्रेमीले यस चलचित्रलाई ‘आफ्नै परिवेश र माटोको कथा बोकेको तथा शैलीगत रुपमा पनि उत्कृष्ट नेपाली चलचित्रको रुपमा प्रशंसा गरिरहेका छन् । चलचित्रमा देखिएका कञ्चन चिमरिया (लक्ष्मी), दिनेश खत्री, सिरु विष्ट, उमेश श्रेष्ठ, क्षितिज लिम्बु, बिषा राई, मल्लिका श्रेष्ठ, राज थापा, मदन गुप्ता लगायतका कलाकारले अभिनय गरेका छन् । रङ्गकर्मी तथा चलचित्रकर्मी केदार श्रेष्ठ र आकाश मगर कास्टिङ निर्देशक हुन् । भाद्र २४ देखि देशैभरको हलहरुमा चलिरहेको ‘ऐना झ्यालको पुतली’ लोकल सिनेमाको ब्यानरमा आइसफल प्रोडक्सन र अर्को फिल्मको सहकार्यमा निर्माण भएको हो । यसका निर्माता प्रवीण स्याङ्बो, आकाश पोडेल, सुजित बिडारी र रामकृष्ण पोखरेल हुन् । साथै यसमा अमर महर्जनको छायाँकन, कला संग्रौलाको निर्माण परिकल्पना, किशोर आचार्यको ध्वनि परिकल्पना, पुष्प संगीतको पाश्र्व संगीत, जानकी कडायतको भेषभुषा परिकल्पना रहेको छ ।
प्रकाशित मिति: मंगलबार, असोज ४, २०७९  ०९:३६
प्रतिक्रिया दिनुहोस्
थप कला-मनोरञ्‍जन
चलचित्र ‘पाँच पाण्डव’को शुभमुहूर्त
चलचित्र ‘पाँच पाण्डव’को शुभमुहूर्त मंगलबार, कात्तिक १८, २०८२
अवैध लागुऔषध सेवन र राखेको आरोपमा  मलेसियाली र्यापर नेमवीमाथि मुद्दा
अवैध लागुऔषध सेवन र राखेको आरोपमा  मलेसियाली र्यापर नेमवीमाथि मुद्दा मंगलबार, कात्तिक १८, २०८२
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै आइतबार, कात्तिक १६, २०८२
नेपालकै पहिलो इम्प्रभ कमेडी शो  प्रसारण शुरु
नेपालकै पहिलो इम्प्रभ कमेडी शो प्रसारण शुरु आइतबार, कात्तिक १६, २०८२
‘परान’ आजदेखि प्रदर्शनमा
‘परान’ आजदेखि प्रदर्शनमा शुक्रबार, कात्तिक १४, २०८२
बालगायक अशोक दर्जीको जीवनीमा बन्यो चलचित्र ‘मन बिनाको धन’
बालगायक अशोक दर्जीको जीवनीमा बन्यो चलचित्र ‘मन बिनाको धन’ बिहीबार, कात्तिक १३, २०८२
चलचित्र ‘होस्टेल-३’ भारतमा पनि लोकप्रिय
चलचित्र ‘होस्टेल-३’ भारतमा पनि लोकप्रिय बुधबार, कात्तिक १२, २०८२
लोकप्रिय
  • Week
  • Month
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
सुनचाँदीको भाउ निरन्तर घट्ँदै
सुनचाँदीको भाउ निरन्तर घट्ँदै
पहिलो नेपाली मुक्तक एल्बम सार्वजनिक
पहिलो नेपाली मुक्तक एल्बम सार्वजनिक
हात्ती आयो हात्ती आयो फुस्सा
हात्ती आयो हात्ती आयो फुस्सा
सीमित म्यानपावर कम्पनीले मात्रै कामदार पठाउन पाउने गरी तोकियो मापदण्ड 
सीमित म्यानपावर कम्पनीले मात्रै कामदार पठाउन पाउने गरी तोकियो मापदण्ड 
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP